• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, असोज ०८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

किन झुल्केनन् फेरि घामका किरणहरू?

युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

युगदर्शनलाई आठौँ वर्षको शुभकामना

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ७. हार्दिक शुभकामना

  • ८. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ९. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • १०. आदर्शको पहाड

ट्रम्पको धम्कीविरुद्ध ग्रिनल्यान्डमा विशाल प्रदर्शन


  •   आइतबार, माघ ०४, २०८२ मा प्रकाशित
  • नुक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्कीपूर्ण अभिव्यक्तिको विरोध गर्दै शनिबार ग्रिनल्यान्डमा हजारौँ नागरिक सडकमा उत्रिएका छन् । कठ्याङ्ग्रिने हिउँ र बरफबीच राजधानी नुकका बासिन्दाहरूले विरोधका प्लेकार्ड बोकी, राष्ट्रिय झण्डा फहराउँदै र ‘ग्रिनल्यान्ड बिक्रीका लागि होइन’ भन्ने नारा लगाउँदै आफ्नै स्वशासन र सार्वभौमिकताको समर्थन जनाए ।

    Advertisement

    प्रदर्शनकारीहरू नुकको सानो डाउनटाउन क्षेत्र हुँदै अमेरिकी वाणिज्य दूतावाससम्म पदयात्रा गर्दा त्यही दिन फ्लोरिडाबाट राष्ट्रपति ट्रम्पले फेब्रुअरीदेखि आठ युरोपेली देशका सामानमा १० प्रतिशत आयात कर लगाउने घोषणा गर्नुभएको खबर सार्वजनिक भएको थियो । यस घोषणाले प्रदर्शनकारीहरूमा थप आक्रोश पैदा गरेको बताइएको छ ।

    “मलाई लागेको थियो आजको दिन यसभन्दा खराब हुन सक्दैन, तर झन् भयो”, स्थानीय युवा मलिक डोलेरुप–शेबेलले भन्नुभयो । उहाँले राष्ट्रपति ट्रम्पको पछिल्लो कदमले अरू राष्ट्र र जनताप्रति कुनै संवेदनशीलता नदेखाएको स्पष्ट भएको बताउनुभयो ।

    राष्ट्रपति ट्रम्पले विगतदेखि नै रणनीतिक रूपमा महत्त्वपूर्ण र खनिज स्रोतले धनी ग्रिनल्यान्डलाई संयुक्त राज्य अमेरिकाले आफ्नो स्वामित्वमा लिनुपर्ने धारणा सार्वजनिक गर्दै आउनुभएको छ । ग्रिनल्यान्ड डेनमार्कको अधीनमा रहेको स्वशासित क्षेत्र हो । यस महिनाको सुरुमा भेनेजुएलाका पूर्वराष्ट्रपति निकोलस मदुरोलाई हटाउने सैन्य कारबाहीपछिका अभिव्यक्तिले उहाँको अडान अझ कडा बनेको स्थानीय नेताहरूको भनाइ छ ।

    एक्काइस वर्षीय डोलेरुप–शेबेल र प्रधानमन्त्री जेन्स–फ्रेडरिक निल्सनका अनुसार यो प्रदर्शन नुकको जनसङ्ख्याको करिब एक चौथाइ सहभागी भएको इतिहासकै सबैभन्दा ठूलो प्रदर्शन हो । यस्तै समर्थन स्वरूप डेनमार्कका विभिन्न सहरहरू, कोपनहेगन तथा क्यानाडाको इनुइट–शासित क्षेत्र नुनाभुटको राजधानीमा समेत ऐक्यबद्धता र्‍यालीहरू आयोजना गरिएका थिए ।

    कोपनहेगनमा सहभागी एलिस रिचीमहिलाले ‘यो केवल ग्रिनल्यान्डको होइन, सम्पूर्ण विश्वको विषय हो’ भन्दै कुनै पनि सानो राष्ट्र बिक्रीका लागि नहुने स्पष्ट सन्देश दिनुभयो ।

    नुकमा आयोजित प्रदर्शनमा सबै उमेर समूहका नागरिक सहभागी थिए । परम्परागत गीतसङ्गीतसहितको पदयात्रामा ४७ वर्षीया मेरी पेडरसन आफ्ना सन्तानसहित सहभागी हुनुभयो । “हामी हाम्रो देश, संस्कृति र परिवार सुरक्षित राख्न चाहन्छौँ”, उहाँले भन्नुभयो । उहाँकी नौ वर्षीया छोरी अलास्काले आफैँले बनाएको ‘ग्रिनल्यान्ड बिक्रीका लागि होइन’ लेखिएको प्लेकार्ड बोकेकी थिइन् ।

    नुकका प्रहरी अधिकारी टम ओल्सेनले शनिबारको प्रदर्शन आफूले देखेको सबैभन्दा ठूलो भएको जानकारी दिनुभयो । “यसले युरोप एकताबद्ध छ भन्ने सन्देश दिन सकोस् भन्ने हाम्रो चाहना हो”, उहाँले भन्नुभयो ।

    ग्रिनल्याण्डको संसद्की पूर्वसदस्य टिली मार्टिनसनले ट्रम्प प्रशासनले ग्रिनल्यान्ड अधिग्रहणको ‘अविवेकी विचार’ त्याग्ने आशा व्यक्त गर्नुभयो । उहाँले मित्रता र सहयोगको नाममा सुरु भएका अभिव्यक्तिहरू अहिले खुला धम्कीमा परिणत भएको टिप्पणी गर्नुभयो । उहाँका अनुसार सम्भावित आर्थिक दबाबभन्दा नाटो र ग्रिनल्यान्डको स्वायत्तता संरक्षण बढी महत्त्वपूर्ण छ ।

    चालिस वर्षीया नर्स लुइस लेनर्ट ओल्सेनले राष्ट्रपति ट्रम्पभन्दा पनि अमेरिकी जनतालाई सन्देश दिन चाहेको बताउनुभयो । “हामी अहिले जस्तो ग्रिनल्यान्ड रहन चाहन्छौँ भन्ने हाम्रो इच्छालाई उनीहरूले समर्थन गरून्”, उहाँले भन्नुभयो, “मलाई आशा छ, उनीहरू आफ्नै राष्ट्रपतिको गलत कदमविरुद्ध उभिनेछन् ।”

    आइतबार, माघ ०४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित
    ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख
    अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच
    मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक
    सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी
    प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    भर्खरै

    • १.
      एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

    • २.
      ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

    • ३.
      अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

    • ४.
      मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

    • ५.
      सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

    • ६.
      प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    • ७.
      किन झुल्केनन् फेरि घामका किरणहरू?

    • ८.
      युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.