घोराही । राष्ट्रिय जनमोर्चाकी साधारण सदस्य ८४ वर्षीया तुलसी नेपालीको निधन भएपछि दाहसंस्कार गरिएको छ ।
उहाँ राजमो दाङ जिल्ला समितिका सदसय चन्द्रबहादुर नेपाली, राजमो वडासदस्य कुमानन्द नेपालीसमेतकी आमा हुनुहुन्थ्यो ।
२०८२ पुस २६ गते शनिबार उहाँको पार्थिव शरीर घोराही–५ कटुकीघाटमा अन्त्येष्टि गरिएको थियो ।
उहाँको पार्थिव शरीरमा राजमो केन्द्रीय सदस्य तथा दाङ जिल्ला अध्यक्ष गणेश आचार्यले पार्टीको झन्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै आचार्यले मृतक आमा तुलसी नेपालीकै कारण सिङ्गो परिवार पार्टीमय भएर बसेको बताउनुभयो ।
शोक मन्तव्य राख्दै मृतककी छोरा नेपालीले गरिबी र अभावमा पनी कहिल्यै हतास नबनी सङ्घर्ष गर्न आमाबाट शिक्षा मिलेको बताउनुभयो ।
शोकसभाको सञ्चालन अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय सचिव रामबहादुर जिएमले गर्नुभएको थियो ।
