काठमाडौँ । वरिष्ठ पत्रकार हाेमनाथ दाहालप्रति श्रद्धाञ्जलीसँगै नेपाल पत्रकार महासङ्घ काठमाडौँँकाे पिकनिक कार्यक्रम सम्पन्न भएको छ ।
Advertisement
२०८२ पुस २६ गते शनिबार गाेकर्णेश्वरमा साे कार्यक्रम सम्पन्न भएको हो ।
गाेकर्णेश्वर नगरपालिकाका मेयर दीपककुमार रिसालकाे प्रमुख आतिथ्यमा अघि बढेको उक्त कार्यक्रममा वरिष्ठ पत्रकार किशोर नेपाल, महासङ्घका केन्द्रीय सदस्य सूर्य सुवेदी, उपत्यका समितिका अध्यक्ष टेनिस राेका, प्रेस काउन्सिलका सन्तराम बिडारी र नहकुल अर्याललगायतले पनि मन्तव्य राख्नुभएको थियो ।
महासङ्घ काठमाडौंँकी अध्यक्ष शाेभा अर्यालकाे अध्यक्षता तथा सचिव रमेश बाेहराकाे सञ्चालनमा अघि बढेको साे कार्यक्रममा स्वागत मन्तव्य हाेमबहादुर रानाले गर्नुभएको थियोे ।
