बागलुङ । बागलुङको पर्वत–बागलुङ जोड्ने गण्डकी गोल्डेन ब्रिजबाट कालीगण्डकी नदीमा हाम फालेर अन्दाजी ३० वर्षीया एक युवतीले आत्महत्या गरेकी छन् । मंगोलियन वर्णकी ती युवतीले पुलबाट नदीमा हाम फालेको स्थानीय प्रशासनले बताएको छ।
Advertisement
पुलबाट हामफाली मृत्यु भएकी युवती काठेकोला ७ रेशकी अन्दाजी १८ वर्षीया विपिसा कार्की रहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
घटनाको कारण खुल्न बाँकी रहेको छ भने यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।