काठमाडौँ । जिल्ला प्रहरी काठमाडौँले लागु पदार्थ बरामदपछि सोको अनुसन्धान गरेको छ ।
Advertisement
२०८२ पुस १३ गते साँझ साढे पाँच बजेतिर जिल्ला काठमाडौँ, टोखा नगरपालिका–९ गोङ्गबु मङ्गल टोलस्थित एक घरमा लागु औषधको कारोबार भइरहेको भन्ने सूचना प्रहरी प्रभाग गोङ्गबुमा पुगेको थियो ।
प्रभागबाट खटिएको प्रहरी टोलीले उक्त घरमा डेरा गरी बस्ने जिल्ला कालिकोट, नरहरीनाथ गाउँपालिका २ घर भएको वर्ष २४ को धनबहादुर विष्टलाई फेला पारी निजको कोठा खानतलासी गरेको थियो ।
सो क्रममा फेला परेको लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर) जस्तो देखिने पदार्थ तौल ४५.१८ ग्राम, विभिन्न कम्पनीका मोबाइल थान ७, नेपाली नगद ३५ हजार र डिजिटल तराजु थान १ सहित नियन्त्रणमा लिएको बताइएको छ ।
काठमाडौँ जिल्ला अदालतबाट चार दिनको म्याद थप लिइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
