• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, असोज ०८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

किन झुल्केनन् फेरि घामका किरणहरू?

युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

युगदर्शनलाई आठौँ वर्षको शुभकामना

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ७. हार्दिक शुभकामना

  • ८. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ९. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • १०. आदर्शको पहाड

बागलुङको मेला महोत्सवमा आकर्षण बन्दै ‘झाँक्री नाच’


  •   आइतबार, पुष १३, २०८२ मा प्रकाशित
  • ढोरपाटन (बागलुङ) । एकदशक अगाडिसम्म बागलुङका ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको सहज पहुँच थिएन । गाउँमा कोही बिरामी परे उपचारका लागि झाँक्रीकहाँ लैजाने चलन थियो ।

    Advertisement

    अहिले धेरै ठाउँमा स्वास्थ्य संस्था स्थापना भएर सेवा प्रदान गर्न थालेका छन् । जसका कारण बिरामी झाँक्रीकहाँभन्दा अस्पतालमै जान थालेका छन् । बिरामी अस्पतालमा गए पनि झाँक्रीहरुलाई कामको खाँचो छैन । हिजोआज जिल्लामा लाग्ने मेला महोत्सवमा उनीलाई झाँक्री नाच प्रदर्शन गर्न भ्याइनभ्याइ छ ।

    झाँक्री नाचले आन्तरिक तथा बाह्य पर्यटकको ध्यान खिच्न थालेको छ । धेरैको रोजाइमा पर्न थालेपछि हरेक मेला महोत्सवमा झाँक्री नाच प्रदर्शन गराउन थालिएको हो ।

    बागलुङमा सुरु भएको आठौँ बागलुङ महोत्सवमा पनि ढोरपाटनको झाँक्री नाच आकर्षणको केन्द्र बनेको छ । करिब १२० किलोमिटर पश्चिमबाट आएका झाँक्रीले बागलुङ बजारमा नाच प्रदर्शन गर्दा हेर्नेको भीड नै लागेको थियो । शरीरमा पहिरिएको विभिन्नथरिका पहिरनले धेरैलाई आकर्षित गर्ने गरेको छ ।

    झाँक्रीले थरिथरिका वन्यजन्तुका छाला, चराचुरुङ्गीका प्वाँखलगायत पुराना मौलिकता बोकेका वस्तुहरु शरीरमा भिरेर काम्दा धेरैलाई आश्चर्य लाग्छ । झाँक्री नाच खासगरी जिल्लाको ढोरपाटन क्षेत्रमा बढी प्रचलित छ । जनजाति तथा दलित समुदायमा परम्परादेखि चल्दै आएको झाँक्री नाचले यसरी चर्चा पाउला भन्ने स्वयं झाँक्रीहरुलाई नै लागेको थिएन । पछिल्लो समय मेला महोत्सवमा नाच्न बोलाउने गरेको ढोरपाटन नगरपालिका–६ का बलबहादुर विकले बताउनुभयो ।

    आफ्नो चारपुस्ता झाँक्री पेसा रहेको उहाँको भनाइ छ । विकले आफ्नो जिजुबाजे, बुबा र आफू झाँक्री बनेको उहाँले बताउनुभयो । आफ्नो बुबाका पालासम्म मेला महोत्सवमा नाच्ने चलन नभएको भन्दै पछिल्लो सात वर्षदेखि झाँक्री नाचको चर्चा हुन थालेको विकले सुनाउनुभयो ।

    आफू चार दशकदेखि झाँक्री काम गर्दै आएको भन्दै पहिले बिरामीलाई झारफुक मात्रै गर्ने गरेको उहाँले बताउनुभयो ।

    विकले भन्नुभयो, “झाँक्री नाचको अहिले धेरैतिर चर्चा हुन थालेको छ, पहिले कोही बिरामी पर्‍यो भने उसैको घरमा गएर झारफुक गर्ने, झाँक्री बस्ने गरिन्थ्यो, तर अहिले त मेलातिर पनि गएर नाच्न थालेका छौँ, यसले हाम्रो पुरानो कला, संस्कृतिको प्रचारप्रसार भएको छ, जो पायो त्यही झाँक्री हुन सक्दैन, झाँक्री भन्ने सामान्य कुरा होइन, झाँक्री हुनलाई त दैविक शक्ति आउनुपर्छ ।”

    धामीझाँक्री गरेको आम्दानीबाट धेरैले जीविकोपार्जन गर्ने गर्थे । बिरामी अस्पतालमा जान थालेपछि झाँक्री पेसा पनि सङ्कटमा पर्ने जोखिम बढेको छ । अहिले पनि मानिस बिरामी हुँदा झाँक्रीकहाँ नआउने होइन तर त्यो पहिलेको तुलनामा धेरै कम भएको छ । बिरामी कम भए पनि मेला महोत्सव नाच्दा जाँदा पारिश्रमिक पाइने झाँक्री बोमबहादुर विकले बताउनुभयो । बिरामीलाई सामान्य रोग लागेमा झारफुक गर्ने र अस्पतालमै जान सुझाव दिने गरेको उहाँको भनाइ छ ।

    विकले लोपोन्मुख बन्दै गएको झाँक्री नाचलाई जोगाउन र आम्दानीसमेत गर्ने उद्देश्यले यहाँका विभिन्न चाडपर्व, मेला–महोत्सव तथा पर्यटकको स्वागतमा प्रदर्शन गर्ने गरेको बताउनुभयो । पुर्खाले प्रयोग गरेको घण्टा, गरगहना, पशुपक्षीका छाला ओढेर डम्फु बजाउँदै नाच्ने उहाँको भनाइ छ । झाँक्रीले आयुर्वेदिक उपचारसमेत गर्ने विकले सुनाउनुभयो । बान्ता हुने, शरीरमा घाउखटिरा आउने, डुलुवा लाग्नेलगायत बिरामीलाई तन्त्रमन्त्रले निको पार्ने उहाँले दाबी गर्नुभयो ।

    “हामीहरुले बिरामीलाई अस्पताल नजाउ भन्दैनौँ, जडीबुटीको केही ज्ञान हुनेहुँदा वनबाट लिएको ओखती दिएर बिरामीलाई सञ्चो बनाउने गर्छौं, ठूलोठूलो रोग लागेको बिरामीलाई अस्पतालमै जान भन्छौँ”, विकले भन्नुभयो, “पहिलेपहिले बिरामी धेरै आउँथे, अचेल कम भएका छन्, तर झाँक्री बस्नका लागि अहिले पनि बोलाउँछन्, मेला महोत्सवमा जाँदा आम्दानी पनि राम्रै हुने गरेको छ ।”

    झाँक्री नाच ढोरपाटनसहित निसीखोला, तमानखोललगायत स्थानमा प्रचलित छ । सञ्चारमाध्यमबाट प्रचारप्रसार हुन थालेपछि झाँक्री नाच प्रदर्शनका लागि धेरै ठाउँबाट माग आउने गरेको छ । यो नाचलाई संरक्षणका लागि ढोरपाटन नगरपालिका प्रचारप्रसारमा जोड दिएको उपप्रमुख धनबहादुर कायतले बताउनुभयो । पालिकाले झाँक्रीको पोसाक तथा अन्य व्यवस्थापनका लागि बजेट विनियोजन गर्दै आएको उहाँको भनाइ छ । पहिले बिरामीलाई सान्त्वना दिने झाँक्री अहिले पर्यटक आकर्षण गर्ने माध्यम बनेको उपप्रमुख कायत बताउनुहुन्छ ।

    उहाँले भन्नुभयो, “हामीहरु गाउँमा जन्मियौँ, गाउँले परिवेशमा हुर्कियौँ, बिरामी पर्दा पनि झाँक्रीकहाँ जानुपर्छ भन्ने सुनियो, देखियो र भोगियो तर अहिले बिरामी परे अस्पतालमै जानुपर्छ, तर झाँक्रीको परम्परालाई पनि संरक्षण गर्नुपर्छ, त्यसले गर्दा हामीहरुले झाँक्रीलाई पनि बिरामीलाई अस्पताल पठाउनुपर्छ भनेर सुझाउँछौँ र मेला, महोत्सव तथा कार्यक्रममा प्रदर्शनका लागि पालिकाले नै अगुवाइ गर्छ ।”
    डम्मर बुढामगर/रासस

    आइतबार, पुष १३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित
    ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख
    अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच
    मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक
    सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी
    प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    भर्खरै

    • १.
      एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

    • २.
      ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

    • ३.
      अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

    • ४.
      मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

    • ५.
      सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

    • ६.
      प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    • ७.
      किन झुल्केनन् फेरि घामका किरणहरू?

    • ८.
      युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.