• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, असोज ०८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

किन झुल्केनन् फेरि घामका किरणहरू?

युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

युगदर्शनलाई आठौँ वर्षको शुभकामना

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ७. हार्दिक शुभकामना

  • ८. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ९. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • १०. आदर्शको पहाड

यमनको पूर्वी क्षेत्रमा अस्थिरता बढ्दै, संयुक्त राष्ट्रसंघद्वारा शान्तिपूर्ण समाधानमा जोड


  •   आइतबार, पुष १३, २०८२ मा प्रकाशित
  • एडेन, (यमन । यमनका लागि संयुक्त राष्ट्रसङ्घका विशेष दूत हान्स ग्रुन्डबर्गले शनिबार यमनका पूर्वी प्रान्तहरू हद्रामौत र अल–मह्राहमा बढ्दो तनावप्रति गम्भीर चासो व्यक्त गर्दै सबै पक्षलाई संयमता अपनाउन र थप तनाव नबढाउन आग्रह गर्नुभएको छ ।

    Advertisement

    सामाजिक सञ्जालमार्फत जारी वक्तव्यमा उहाँले संयुक्त राष्ट्रसङ्घका महासचिवको ‘संयम, तनाव न्यूनीकरण र संवाद’ सम्बन्धी आह्वान दोहोर्‍याउँदै परिस्थितिलाई अझ जटिल बनाउने कुनै पनि गतिविधि नगर्न सबैलाई अनुरोध गर्नुभयो ।

    ग्रुन्डबर्गले क्षेत्रीय स्तरमा भइरहेका मध्यस्थता प्रयासहरूको महत्त्वमा जोड दिँदै यमनका पक्षहरू तथा क्षेत्रीय सरोकारवालासँग निरन्तर सम्पर्कमा रहेको र देशमा ‘समग्र तथा समावेशी राजनीतिक समाधान’ तर्फ अघि बढ्न सहयोग गरिरहेको बताउनुभयो ।

    उहाँका यी अभिव्यक्तिहरू साउदी अरबले शुक्रबार दक्षिणी सङ्क्रमणकालीन परिषद्सँग सम्बन्धित स्थानहरूमा हवाई आक्रमण गरेपछि आएका हुन् । ती आक्रमणहरू हद्रामौत प्रान्तको प्रमुख तेल क्षेत्र नजिक रहेको घैल बिन यामिन क्षेत्रमा भएका बताइन्छ । ती घटनामा मानवीय क्षति वा सैन्य उपकरणमा क्षति पुगेको विवरण प्राप्त भएको छैन ।

    यसअघि डिसेम्बर ३ मा दक्षिणी सङ्क्रमणकालीन परिषद्का बलहरूले सरकार समर्थक समूहसँगको झडपपछि हद्रामौतमा नियन्त्रण कायम गरेका थिए । त्यसपछि उनीहरूले कुनै ठूलो प्रतिरोधबिना अल–मह्राह प्रान्तसम्म आफ्नो उपस्थिति विस्तार गरेका छन् । यमन सरकार र साउदी अरबले पटक–पटक तनाव कम गर्न आग्रह गरे तापनि परिषद्ले दुवै प्रान्तमा स्थानीय बलहरू भर्ती गर्न जारी राखेको जनाइएको छ ।

    यसै दिन साउदी नेतृत्वको गठबन्धनका प्रवक्ता तुर्की अल–मालिकीले नागरिक सुरक्षाका लागि तनाव न्यूनीकरण प्रयासलाई कमजोर बनाउने कुनै पनि सैन्य गतिविधिलाई सम्बोधन गरिने बताउनुभएको थियो ।

    यमनको राष्ट्रपति नेतृत्व परिषद्का अध्यक्ष रशाद अल–अलिमीले पनि शनिबार ती कदमहरूको स्वागत गर्दै दक्षिणी सङ्क्रमणकालीन परिषद्का गतिविधिलाई अस्थिरता सिर्जना गर्ने कार्यको रूपमा वर्णन गर्नुभयो ।

    सन् २०१७ मा गठन भएको दक्षिणी सङ्क्रमणकालीन परिषद्ले दक्षिण यमनको आत्मनिर्णय र अन्तत: स्वतन्त्रताको माग गर्दै आएको छ ।

    सन् २०२२ मा अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमन सरकारमा समावेश भए पनि परिषद्ले दक्षिणी पृथकतावादी एजेन्डालाई निरन्तर अघि बढाइरहेको छ ।

    आइतबार, पुष १३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित
    ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख
    अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच
    मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक
    सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी
    प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    भर्खरै

    • १.
      एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

    • २.
      ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

    • ३.
      अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

    • ४.
      मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

    • ५.
      सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

    • ६.
      प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    • ७.
      किन झुल्केनन् फेरि घामका किरणहरू?

    • ८.
      युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.