• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, असोज ०८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

किन झुल्केनन् फेरि घामका किरणहरू?

युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

युगदर्शनलाई आठौँ वर्षको शुभकामना

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ७. हार्दिक शुभकामना

  • ८. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ९. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • १०. आदर्शको पहाड

नाइजेरियामा आइएसविरुद्ध अमेरिकी हवाई आक्रमण


  •   शुक्रबार, पुष ११, २०८२ मा प्रकाशित
  • अमेरिका । राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तरपश्चिमी नाइजेरियामा इसाई समुदायमाथि भइरहेको कुनै पनि प्रणालीगत आक्रमणप्रति कडा चेतावनी दिनुभएको केही हप्तापछि अमेरिकी सेनाले क्रिसमसको दिन इस्लामिक स्टेट (आइएस) समूहका लडाकूहरूविरुद्ध ‘शक्तिशाली र घातक’ सैन्य आक्रमण सुरु गरेको बताइएको छ ।

    Advertisement

    नाइजेरियाको विदेश मन्त्रालयले शुक्रबार बिहान जारी गरेको विज्ञप्तिमा उक्त हवाई आक्रमणको पुष्टि गर्दै यसलाई देशभित्रका ‘आतङ्कवादी लक्ष्यहरूमा गरिएको सटीक आक्रमण’ भनेर वर्णन गरेको छ । मन्त्रालयका अनुसार यो कारबाही नाइजेरियाको अनुरोध र अन्तर्राष्ट्रिय साझेदारीको सन्दर्भमा सम्पन्न भएको हो ।

    अमेरिकी रक्षा मन्त्रालयअन्तर्गतको युएस अफ्रिका कमान्डले इस्लामिक स्टेट समूहको संक्षिप्त नाम प्रयोग गर्दै नाइजेरियाली अधिकारीहरूको अनुरोधमा सोकोटो राज्यमा गरिएको आक्रमणमा ‘धेरै आइएसआइएस आतङ्कवादी’ मारिएको जनाएको छ । तर कति जना मारिए भन्नेबारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन ।

    राष्ट्रपति ट्रम्पले यस आक्रमणबारे प्रतिक्रिया दिँदै आफूले यसअघि नै ती आतङ्ककारीहरूलाई इसाईहरूको हत्या रोक्न चेतावनी दिएको स्मरण गराउनुभएको छ । उहाँले भन्नुभएको छ, “यदि उनीहरूले इसाईहरूको हत्या रोकेनन् भने नरक देख्नेछन् भनेको थिएँ र आज राति त्यही भयो ।”

    उहाँले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसल’मा लेख्नुभएको छ, “मारिएका आतङ्ककारीहरूसहित सबैलाई मेरी क्रिसमस । यदि इसाईहरूको हत्या जारी रह्यो भने अझ धेरै कारबाही हुनेछन् ।”

    यसैबीच, अमेरिकी रक्षा अधिकारीहरूले पछि अमेरिकी झण्डा फहराइरहेको युद्धपोतको डेकबाट रातको समयमा क्षेप्यास्त्र प्रक्षेपण भएको जस्तो देखिने भिडियो सार्वजनिक गरेका छन् ।

    ट्रम्पको नेतृत्वमा नाइजेरियामा अमेरिकी सेनाले गरेको यो पहिलो प्रत्यक्ष सैन्य आक्रमण हो । यसअघि अक्टोबर र नोभेम्बर महिनामा रिपब्लिकन नेताका रूपमा उहाँले नाइजेरियामा इसाईहरूले ‘अस्तित्वको खतरा’ सामना गरिरहेको भन्दै त्यहाँका असङ्ख्य सशस्त्र द्वन्द्वलाई ‘नरसंहार’ का रूपमा व्याख्या गर्नुभएको थियो ।

    उक्त कूटनीतिक टिप्पणीलाई केहीले स्वागत गरे पनि अरूले भने अफ्रिकाको सबैभन्दा बढी जनसङ्ख्या भएको देशमा धार्मिक तनाव भड्काउन सक्ने भन्दै आलोचना गरेका थिए । नाइजेरियाले विगतमा साम्प्रदायिक हिंसाका गम्भीर घटनाहरू भोग्दै आएको छ ।

    नाइजेरियाको सरकार र स्वतन्त्र विश्लेषकहरूले भने देशमा भइरहेको हिंसालाई केवल धार्मिक उत्पीडनको रूपमा चित्रण गर्न अस्वीकार गर्दै आएका छन् । उनीहरूका अनुसार यस्तो व्याख्या संयुक्त राज्य अमेरिका र युरोपका केही इसाई अधिकार समूहहरूले लामो समयदेखि अघि सारेको कथासँग मेल खान्छ ।

    यद्यपि, ट्रम्पको प्रशासनले विश्वव्यापी रूपमा इसाई समुदायमाथि उत्पीडन भइरहेको दाबी गर्दै गत महिना यस्ता हत्याको प्रतिकार गर्न नाइजेरियामा सैन्य कारबाही गर्न वासिङ्टन तयार रहेको स्पष्ट पारेको थियो ।

    नाइजेरियाको विदेश मन्त्रालयले देश अन्तर्राष्ट्रिय साझेदारहरूसँग सहकार्य गरिरहेको जानकारी दिएको छ । मन्त्रालयले भनेको छ, “नाइजेरियाका अधिकारीहरू आतङ्कवाद र हिंसात्मक चरमपन्थको निरन्तर खतरालाई सम्बोधन गर्न संयुक्त राज्य अमेरिकासहित अन्तर्राष्ट्रिय साझेदारहरूसँग संरचित सुरक्षा सहकार्यमा संलग्न छन् ।”

    पेन्टागन प्रमुख पिट हेग्सेथले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै ‘नाइजेरियाली सरकारको समर्थन र सहयोगका लागि आभारी’ भएको उल्लेख गर्नुभएको छ ।

    संयुक्त राज्य अमेरिकाले यस वर्ष नाइजेरियालाई धार्मिक स्वतन्त्रताका सन्दर्भमा ‘विशेष चिन्ता’ को देशहरूको सूचीमा पुन: राखेको छ र नाइजेरियाली नागरिकहरूलाई भिसा जारी गर्ने प्रक्रियामा प्रतिबन्धसमेत लगाएको छ । गत महिना ट्रम्पले अबुजालाई इसाईहरूको हत्या रोक्न असफल भए सबै सहयोग बन्द गरिने चेतावनी दिनुभएको थियो ।

    नाइजेरिया करिब समान रूपमा मुस्लिम बहुल उत्तर र मुख्यत: इसाई बहुल दक्षिण भागमा विभाजित छ । देशको उत्तरपूर्वी क्षेत्रमा इस्लामवादी बोको हराम समूहले १५ वर्षभन्दा बढी समयदेखि हिंसा फैलाउँदै आएको छ, जसका कारण ४० हजारभन्दा बढी मानिसको ज्यान गएको र करिब २० लाख मानिस विस्थापित भएका छन् ।

    त्यसैगरी, उत्तरपश्चिम, उत्तर र केन्द्रीय नाइजेरियाका ठूला भागहरूमा ‘डाकु’ भनेर चिनिने आपराधिक गिरोहहरू सक्रिय छन् । ती समूहहरूले गाउँहरूमा आक्रमण गर्ने, बासिन्दाहरूको हत्या गर्ने र अपहरण गर्ने गरेका छन् ।

    यसै सन्दर्भमा बुधबार उत्तरपूर्वी सहर मैदुगुरीस्थित एक मस्जिदमा भएको विस्फोटमा कम्तीमा सात जना उपासकको मृत्यु भएको थियो । उक्त घटनाको जिम्मेवारी भने कुनै पनि सशस्त्र समूहले तत्कालै लिएको छैन ।

    शुक्रबार, पुष ११, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित
    ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख
    अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच
    मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक
    सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी
    प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    भर्खरै

    • १.
      एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

    • २.
      ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

    • ३.
      अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

    • ४.
      मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

    • ५.
      सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

    • ६.
      प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    • ७.
      किन झुल्केनन् फेरि घामका किरणहरू?

    • ८.
      युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.