• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, असोज ०८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

किन झुल्केनन् फेरि घामका किरणहरू?

युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

युगदर्शनलाई आठौँ वर्षको शुभकामना

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ७. हार्दिक शुभकामना

  • ८. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ९. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • १०. आदर्शको पहाड

कृषिलाई जीवनशैली बनाउने सपना


  •   शुक्रबार, पुष ११, २०८२ मा प्रकाशित
  • विराटनगर । टाई–सुट लगाएर गाडी चढ्ने, सररर खेतबारी पुग्ने, त्यहीँ टाई–सुट फुकालेर काम गर्दा लगाउने पोशाक लगाउने, माटोसँग खेल्ने, पसिना बगाउने, अनि काम सकेर फेरि टाई–सुटमै फर्किएर होटलमा बसेर खाजा खाना खाने ।

    Advertisement

    यो दृश्यको परिकल्पना धेरैका लागि अझै पनि अस्वाभाविक लाग्न सक्छ । कारण, हाम्रो समाजमा किसान भन्नासाथ झुत्रेझाम्रे, हातमुख जोर्न धौधौ पर्ने झलक अझै बलियो छ । कृषि पेशा पढे–लेखेका युवाको अन्तिम विकल्प हो भन्ने सोच पनि गहिरोसँग जरा गाडेर बसेको छ तर विराटनगर महानगरपालिका–१ का सहकारीकर्मी, कृषि उद्यमी तथा सामाजिक अभियन्ता लोकेन्द्र थापाका लागि यो कुनै चलचित्रको दृश्य होइन, कृषिको सम्मानजनक, आधुनिक र सम्भावनायुक्त भविष्यको स्पष्ट परिकल्पना हो ।

    सचेतता कृषि सहकारी संस्थाका संस्थापक रहनुभएका थापा लामो समयदेखि किसानलाई हेर्ने परम्परागत दृष्टिकोणमाथि निरन्तर प्रश्न उठाइरहनुभएको छ । उहाँको दृढ विश्वास छ, किसानको जीवनशैली पनि कुनै अफिसर वा मन्त्रीको भन्दा कम हुनुहुँदैन । उहाँ भन्नुहुन्छ, “कृषि पेसा बाध्यता होइन, गर्वको पेसा बन्नुपर्छ । माटोसँग जोडिनु कमजोरी होइन, बरु आत्मनिर्भरता, स्वाभिमान र सम्मानको प्रतीक हो ।”

    यही सोच बोकेर उहाँ कृषिको व्यवसायीकरण र प्रविधिकरणको यात्रामा अघि बढिरहनुभएको छ, जसको एउटा सशक्त माध्यम बनेको छ सचेतता कृषि सहकारी ।

    युवालाई कृषिमा आकर्षित गर्ने र कृषिलाई आधुनिक प्रविधिसँग जोड्ने उद्देश्यसहित उहाँको नेतृत्वमा २०७७ चैतमा सचेतता कृषि सहकारी संस्था दर्ता भएको हो । मुलुकमा सङ्घीयता लागू भइसकेपछि विराटनगर महानगरपालिकामा दर्ता भएको पहिलो कृषि सहकारी भएको उहाँको दाबी छ । सहकारीलाई सहकारीकै मर्म, मूल्य र सिद्धान्तअनुसार अघि बढाउनुपर्छ भन्ने विषयमा उहाँ अडिग देखिनुहुन्छ । कृषि सहकारी भनेर दर्ता भए पनि धेरै संस्थाले बचत तथा ऋणको कारोबारमै आफूलाई सीमित राखेको देख्दा उहाँ असन्तुष्टि जनाउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “सहकारीको मूल आत्मा उत्पादन, सीप, साझा श्रम र सामूहिक लाभमा हुनुपर्छ, नकि केबल ब्याजदर र ऋण असुलीमा ।”

    लोकेन्द्र थापासँग नेपालको सुगम मात्र होइन, दुर्गम जिल्लासम्म पुगेर किसान, कृषि प्रणाली र कृषि प्रविधिसँग काम गरेको झण्डै दुई दशक लामो अनुभव छ । हिमाल, पहाड र तराईका फरकफरक भूगोलमा किसानका समस्या, सम्भावना र सीमा नजिकबाट देखेको यो अनुभवले उहाँलाई एउटै प्रश्नले निरन्तर पछ्याइरह्यो, किन कृषिमा यत्रो सम्भावना हुँदाहुँदै पनि युवा पुस्ता यसबाट टाढिदै गयो ? किन कृषकलाई सम्मानित जीवनशैलीसँग जोड्न सकिएन ? किन कृषि अझै पनि ‘अन्तिम विकल्प’ जस्तो बनिरह्यो रु यही प्रश्नको उत्तर खोज्ने क्रममा उहाँले परम्परागत खेतीभन्दा फरक, नयाँ सोच र नयाँ प्रविधिसहितको कृषि अवधारणाको कल्पना गर्न थाल्नुभयो ।

    त्यो सोच व्यवहारमा उतार्ने निर्णायक क्षण भने कोभिड–१९ को बन्दाबन्दीसँगै आयो । २०७६ चैत ११ गतेदेखि देशभर बन्दाबन्दी सुरु भएपछि सहरका भान्सामा हरियो तरकारीको अभाव देखिन थाल्यो । अन्य खाद्यान्नजस्तो लामो समय भण्डारण गर्न नमिल्ने भएकाले तरकारी सङ्कट आउनु स्वाभाविक थियो । बजार सुनसान थिए, यातायात ठप्प थियो, तरकारीको मूल्य आकासिँदै थियो । त्यहीबेला चैत १५ गते एक बिहान घरको कौशीमा हावा खान निस्कँदा लोकेन्द्रको मनमा एक्कासी एउटा विचार आयो अब यो कौशी खाली राख्ने होइन, यहीँ खेती गर्नुपर्छ ।

    विचार सहज थियो तर व्यवहार जटिल । कौसीखेती भन्ने कुरा सुन्नेबित्तिकै धेरैले हाँसे, केहीले असम्भव ठाने । धेरैले उहाँले देखाएको कौशीखेतीको सम्भावनालाई नपत्याएपछि आफ्नै कौसीबाट सुरु गर्ने निर्णय गर्नुभयो । उहाँले कृषि विज्ञहरूसँग परामर्श लिनुभयो, कौशीखेतीसम्बन्धी पुस्तकहरू अध्ययन गर्नुभयो, माटोको मिश्रणदेखि पानीको व्यवस्थापनसम्मका विषयमा सानासाना प्रयोग सुरु गर्नुभयो ।

    सुरुका दिन सहज थिएनन् । उपयुक्त माटोको अभाव, मलको सन्तुलन, किराको प्रकोप, गर्मीका कारण बारम्बार पानी हाल्नुपर्ने बाध्यता र धेरै बिरुवा मर्ने अवस्थाले कहिलेकाहीँ मनोवैज्ञानिक रूपमा निराशा पनि थप्यो तर असफलतामै रोकिने उहाँको स्वभाव थिएन । बाँचिरहेका बिरुवाबाटै नयाँ बिरुवा तयार गर्ने, गल्तीबाट सिक्दै अघि बढ्ने प्रक्रियाले उहाँलाई थप ऊर्जा दियो । केही समयपछि कौशीमा हरियो तरकारी लहलहाउन थाल्यो ।

    आफ्नै कौशीबाट उत्पादन भएको तरकारी भान्सामा पुग्यो, त्यो केबल तरकारी मात्र थिएन त्यो आत्मनिर्भरता, आत्मसम्मान र आत्मविश्वासको स्वाद थियो । हरियो तरकारीको अभाव मात्र हटेन, अग्र्यानिक स्वादले स्वास्थ्यमा पनि सकारात्मक प्रभाव देखिन थाल्यो । यही अनुभवले उहाँलाई थप उत्साहित बनायो र कौशीखेतीलाई अझ विस्तार कसरी गर्न सकिन्छ भन्ने विषयमा गहिरो अध्ययन र प्रयोगको बाटो खोल्यो ।

    बन्दाबन्दीको दुई–तीन महिनापछि उहाँको कौशीमा उत्पादन भएका तरकारी बाहिरबाटै देखिन थाले । बिहान–बेलुका घरको बाटो भएर हिँड्ने मानिस, छिमेकीहरू रोकिएर जिज्ञासा राख्न थाले कसरी गर्नुभयो ? कति खर्च लाग्यो ? हामीले पनि गर्न सक्छौँ ? यही चासोले हिजो बाबुबाजेले गर्दै आएको परम्परागत खेती र आजको युवा पुस्ताले गर्नसक्ने आधुनिक, प्रविधियुक्त खेतीबारे छलफल र बहस सुरु गरायो ।

    लोकेन्द्रको घरको कौशी सहरभित्र कृषि सम्भावनाबारे संवाद हुने एउटा सानो केन्द्र जस्तै बन्न थाल्यो ।

    आफूले सुरु गरेको कौसीखेती तीन महिना पुग्दानपुग्दै परिवारलाई पुग्ने तरकारी उत्पादन हुन थालिसकेको उहा सुनाउनुहुन्छ । “त्यो बेलाको सबैभन्दा महत्वपूर्ण कुरा भनेको आफ्नै पसिनाले उब्जाएको तरकारी खाँदा पाइने सन्तुष्टि, आनन्द र मानसिक शान्ति थियो”, उहाँ भन्नुहुन्छ, “यो अनुभूति आफूमा मात्र सीमित राख्नु हुँदैन भन्ने सोच झन बलियो हुँदै गयो । यो अनुभव समुदायमा कसरी लैजान सकिन्छ ? भन्ने प्रश्नले उहाँलाई निरन्तर घच्घच्याइरह्यो । त्यही खोज, निरन्तर छलफल र विचारविमर्शको परिणामस्वरूप सचेतना कृषि सहकारीको अवधारणा जन्मिएको लोकेन्द्र बताउनुहुन्छ ।

    कोभिड महामारी सुरु हुनुअघि नै भूकम्पपछिको पुन:स्थापना अवधिमा गैरसरकारी संस्थामार्फत झुम्का कृषि तालिम केन्द्रमा कोशी प्रदेशका १४ जिल्लाका सहभागीहरूसँग सहजीकरण गर्ने क्रममा उहाँले वैदेशिक रोजगारीबाट फर्किएका करिब २५० भन्दाबढी युवासँग कृषिसम्बन्धी धारणा र सोचबारे संवाद गर्नुभएको थियो । त्यतिबेला युवाको सोच बुझ्दै जाँदा कृषिलाई कार्यालय संस्कृतिसँग र किसानलाई अधिकृतसरहको जीवनशैलीसँग जोड्नसके युवा पुस्तालाई देशमै त्यो पनि कृषि क्षेत्रमा रोक्न सकिन्छ भन्ने दृढ विश्वास उहाँभित्र विकास भयो । जुनु भट्टराई/रासस

    शुक्रबार, पुष ११, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित
    ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख
    अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच
    मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक
    सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी
    प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    भर्खरै

    • १.
      एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

    • २.
      ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

    • ३.
      अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

    • ४.
      मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

    • ५.
      सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

    • ६.
      प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    • ७.
      किन झुल्केनन् फेरि घामका किरणहरू?

    • ८.
      युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.