• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

अपाङ्गतामैत्री संरचनाले अपाङ्गता भएका विद्यार्थीलाई पठनपाठनमा सहज


  •   शुक्रबार, पुष ११, २०८२ मा प्रकाशित
  • भेरीगङ्गा (सुर्खेत) । सुर्खेतको गुर्भाकोट नगरपालिका–१३ का हेमराज परियार शारीरिक रुपमा अपाङ्गता भएका व्यक्ति हुनुहुन्छ । उहाँलाई ह्विलचियरमा हिँडडुल गराउनुपर्छ । बाह्र वर्षीया परियार सानैदेखि पढाइमा रुचि राख्नुहुन्थ्यो । उहाँको अमाले उहाँलाई विद्यालयसम्म छोड्नुहुन्छ । तर विद्यालयमा अपाङ्गतामैत्री शौचालय नहुँदा उहाँलाई समस्या थियो । “स्कुलमा चर्पी धेरै टाढा थियो, ह्विलचियर लिन मिल्ने खालको पनि थिएन । हेमराजका आमा कौशिला परियारले भन्नुभयो”, “छोरो स्कुल गएर पढ्न रहर गर्ने, उसलाई ह्विलचियरमै हिँडडुल गराउनुपर्ने हुन्छ, तर विद्यालयमा अपाङ्गतामैत्री शौचालय नहुँदा समस्या भयो । अनि हामीले विद्यालय पठाउन छोड्यौँ । केही समयपछि विद्यालयमा अपाङ्गतामैत्री शौचालय बनेपछि अहिले सहज भएको छ, फेरि विद्यालय पढ्न पठाउछौँ ।”

    Advertisement

    हेमराज अहिले कक्षा ४ मा पढ्नुहुन्छ । परिलक्षित संस्थाले रु सात लाख लागतमा अपाङ्गतामैत्री शौचालय बनाइदिएपछि हेमराजजस्तै शारीरिक अपाङ्गता भएका विद्यार्थीका लागि शौचालय जान सहज भएको छ ।

    अहिले उक्त विद्यालयमा २४३ जना विद्यार्थी अध्ययन गरिरहेका छन् भने १६ जना अपाङ्गता भएका बालबालिका रहेको प्रधानाध्यापक हर्कबहादुर बुढा बताउनुहुन्छ । “हाम्रो विद्यालय २०५३ सालमा स्थापना भएको हो । हामीले अपाङ्गता भएका बालबालिकाको लागि छुट्टै स्रोत कक्षा पनि सञ्चालनमा ल्यायौँ । आवासीय रुपमा बहिरा बालबालिकालाई पनि पढाइरहेका छौँ, तर विद्यालयमा अपाङ्गतामैत्री शौचालय र शुद्ध खानेपानीको समस्या भइरहेको थियो, धेरै ठाउँमा पहल गरेपनि सुनुवाइ भएको थिएन । परिलक्षित संस्थाले अहिले अपाङ्गतामैत्री शौचालय निर्माण र शुद्ध खानेपानी व्यवस्था गरिदिएपछि धेरै सहज भएको छ, उहाले भन्नुभयो ।”

    संस्थाले अपाङ्गता भएका बालबालिकाको लागि पोषणयुक्त खाना, कपडाको लागि पनि सहयोग गरेको भन्दै प्रधानाध्यापक बुढाले सरकारले दिने रकमले मात्रै अपुग भइरहेको अवस्थामा संस्थाले गरेको सहयोगले अहिले सहज भएको बताउनुभयो ।

    परिलक्षित संस्थाले २०२२ सेप्टेम्बरदेखि पोषणयुक्त खाजा एवं विभिन्न शैक्षिक सहयोग दिन थालेपछि स्रोत कक्षा सञ्चालन गरिरहेका सुर्खेतका विद्यालयमा सहज भएको छ ।

    फेल्म नेपालको सहयोगमा परिलक्षित संस्थाले सञ्चालन गरिरहेको शैक्षिक परियोजना कार्यक्रमअन्तर्गत विभिन्न विद्यालयमा अध्यनरत अपाङ्गता भएका विद्यार्थीलाई केन्द्रित गरेर शैक्षिक सहयोग गर्ने गरेको छ ।

    शिखर मावि रामघाट सुर्खेत, जनसेवा मावि घुर्सालगायतका विद्यालयमा विद्यालयले प्रस्ताव गरेअनुसारको अपाङ्गता भएका विद्यार्थीको लागि विभिन्न शैक्षिक सहयोगदेखि अन्य अपाङ्गतामैत्री भौतिक संरचना निर्माणमा सहयोग गरिरहेको परियोजनाका फिल्ड अधिकृत राजु लामिछानेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “स्थानीय सरकारहरुसँग मिलेर अपाङ्गताको क्षेत्रमा काम गर्दै आएका छौँ, विशेषगरी अपाङ्गता भएका बालबालिकाको पढाइ नरोकियोस्, भनेर हामीले विभिन्न स्रोत कक्षा सञ्चालन गरिरहेका विद्यालय तथा विपन्न घरपरिवारका अपाङ्गता भएका बालबालिकालाई सहयोग गर्ने गरेका छौँ ।”

    शुक्रबार, पुष ११, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन
    एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ
    नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?
    मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी
    एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए
    मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • २.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    • ३.
      नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    • ४.
      मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    • ५.
      एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

    • ६.
      मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

    • ७.
      यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

    • ८.
      राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.