काठमाडौँ । साहित्यकार तिला लेकालीको गजलसङ्ग्रह ‘आगोको रङ’ लोकार्पण भएको छ ।
प्रगतिशील लेखक सङ्घले २०८२ पुस ५ गते शनिबार आयोजित एक कार्यक्रममाझ सो कृति लोकार्पण गरिएको हो ।
प्रमुख अतिथि प्रलेसका सल्लाहकार रघुजी पन्तलगायतका अतिथिले कार्यक्रममा सो कृतिको आवरण देखाएर कृति विमोचन गरेका थियो ।
सो अवसरमा प्रलेसको मुखपत्र ‘प्रलेस’ अङ्क–३१, कर्ण दयाल सोराडीको मुक्तकसङ्ग्रह ‘उथलपुथल’ र बिन्दु दाहालको ‘आमा’ स्मृतिकाव्य पनि लोकार्पण गरिएको थियो ।
साहित्यकार डा. हरि सिलवालले लोकार्पित कृति ‘आगोको रङ’ माथि समीक्षात्मक टिप्पणी गरेका थिए ।
प्रलेस अध्यक्ष डा. देवी क्षेत्री दुलालको अध्यक्षता र महासचिव झगिन्द्र ढकाल (पारस) को सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा प्रलेस श्यामप्रसाद स्मृति पुरस्कार ईश्वरचन्द्र ज्ञवालीलाई, प्रलेस प्रतिभा पुरस्कार अनिल शर्मा विरहीलाई, प्रलेस बालसाहित्य पुरस्कार सुशीला प्रधानाङलाई र प्रलेस युवा पुरस्कार रूपक अलङ्कारलाई प्रदान गरिएको थियो ।