• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, असोज ०८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

किन झुल्केनन् फेरि घामका किरणहरू?

युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

युगदर्शनलाई आठौँ वर्षको शुभकामना

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ७. हार्दिक शुभकामना

  • ८. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ९. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • १०. आदर्शको पहाड

उत्तर कोरियाली युद्धबन्दीको दक्षिणतर्फ आशा


  •   बुधबार, पुष ०९, २०८२ मा प्रकाशित
  • सियोल । युक्रेनमा बन्दी बनाइएका दुई जना उत्तर कोरियाली युद्धबन्दीले दक्षिण कोरियामा ‘नयाँ जीवन’ सुरु गर्ने आशा व्यक्त गरेका छन् ।

    Advertisement

    एएफपीले बुधबार प्राप्त गरेको पत्रमा उनीहरूले दक्षिण कोरियाली जनताको समर्थनप्रति आभार व्यक्त गर्दै आफ्नो भविष्यप्रति सकारात्मक दृष्टिकोण राखेको उल्लेख गरिएको छ ।

    यसअघि आएका प्रतिवेदनहरूले युद्धको मैदानमा घाइते भएपछि जनवरी महिनादेखि किएभद्वारा बन्दी बनाइएका ती दुई सैनिकले दक्षिण कोरियातर्फ जान इच्छुक रहेको सङ्केत गरेका थिए । तर उक्त पत्रमार्फत उनीहरूले आफ्नै शब्दमा पहिलो पटक आफ्नो चाहना सार्वजनिक गरेका हुन् ।

    अक्टोबरको अन्त्यतिर सियोलस्थित एक अधिकार समूहलाई लेखिएको पत्रमा उनीहरूले ‘दक्षिण कोरियाली जनताको समर्थनका लागि धन्यवाद । नयाँ सपना र आकांक्षाहरूले हाम्रो जीवनमा जरा गाड्न थालेका छन्’ भनी उल्लेख गरेका छन् । यो पत्र उक्त समूहले यसै हप्ता एएफपीसँग साझा गरेको हो ।

    दक्षिण कोरियाली तथा पश्चिमी गुप्तचर निकायका अनुसार उत्तर कोरियाले युक्रेनमा रुसले झण्डै चार वर्षदेखि गरिरहेको आक्रमणलाई सहयोग गर्न हजारौँ सैनिक पठाएको छ । दक्षिण कोरियाको अनुमानमा तीमध्ये कम्तीमा ६०० जनाको ज्यान गएको छ भने हजारौँ घाइते भएका छन् ।

    विश्लेषकहरूका अनुसार उत्तर कोरियाले यस सैन्य सहयोगको बदलामा रुसबाट आर्थिक सहायता, सैन्य प्रविधि साथै खाद्यान्न र ऊर्जा आपूर्ति प्राप्त गरिरहेको छ । दक्षिण कोरियाको गुप्तचर सेवाले उत्तर कोरियाली सैनिकहरूलाई बन्दी पर्नुभन्दा आत्महत्या गर्न निर्देशन दिइएको दाबीसमेत गरेको छ ।

    पत्रमा ती दुई युद्धबन्दीले आफूहरूको तर्फबाट पहल गरिदिने सबैप्रति धन्यवाद व्यक्त गर्दै ‘हाम्रो अवस्थालाई त्रासदीको रूपमा होइन, नयाँ जीवनको सुरुआतको रूपमा हेर्न प्रेरित गर्नुभएकोमा हामी आभारी छौँ’ भनी लेखेका छन् । उनीहरूले ‘हामी कहिल्यै एक्लै हुँदैनौँ भन्ने दृढ विश्वास छ । दक्षिण कोरियाका जनतालाई हामी आफ्ना आमाबुबा तथा दाजुभाइ–दिदीबहिनीसरह सम्झन्छौँ र उहाँहरूलाई अँगाल्ने निर्णय गरेका छौँ’ भनी भावुक शब्दमा उल्लेख गरेका छन् ।

    उक्त पत्रमा दुई जना सैनिकको हस्ताक्षर भए पनि उनीहरूको सुरक्षालाई ध्यानमा राख्दै नाम सार्वजनिक नगरिदिन एएफपीलाई अनुरोध गरिएको छ ।

    दक्षिण कोरियाको संविधानअनुसार उत्तर कोरियामा जन्मिएका सबै कोरियालीलाई नागरिक मानिने व्यवस्था छ । सियोलले युक्रेनमा बन्दी बनाइएका कुनै पनि उत्तर कोरियाली सैनिकमा यो व्यवस्था लागू हुने स्पष्ट पारेको छ ।

    उत्तर कोरियाली भगौडाहरूलाई सहयोग गर्दै आएको ग्योर–इओल नेशन युनाइटेड ९जिएनयु० नामक अधिकार समूहले समन्वय गरिरहेको एक वृत्तचित्र फिल्मका लागि गरिएको अन्तर्वार्ताका क्रममा यो पत्र पठाइएको हो । अन्तर्वार्ता किएभको एक गोप्य स्थानमा गरिएको थियो, जहाँ ती युद्धबन्दीलाई पक्राउपछि राखिएको छ ।

    सन् २००० को दशकमा उत्तर कोरियाबाट पलायन हुनुभएका जिएनयु प्रमुख जाङ से–युलका अनुसार अन्तर्वार्ताका क्रममा ती दुई जनाले आफूहरूलाई दक्षिण कोरियामा पठाइदिन अनुरोध पनि गरेका छन् । उक्त भिडियो अझै सार्वजनिक गरिएको छैन तर अर्को महिना सार्वजनिक हुने अपेक्षा गरिएको उहाँले जानकारी दिनुभएको छ ।

    फेब्रुअरी महिनामा युक्रेन भ्रमणका क्रममा ती युद्धबन्दीलाई भेट्नुभएका दक्षिण कोरियाली सांसद यु योङ–वोनले उहाँहरूले घाइते सहकर्मीहरूले ग्रेनेड प्रयोग गरी आत्महत्या गरेको दृश्य देखेको बताउनुभएको थियो । उहाँका अनुसार ती सैनिकलाई उत्तर कोरियामा फिर्ता पठाइनु भनेको ‘मृत्युदण्ड’ सरह हुनेछ ।

    यसैबीच, दक्षिण कोरियाको विदेश मन्त्रालयले युक्रेन सरकारलाई उत्तर कोरियाली युद्धबन्दीहरूलाई उनीहरूको इच्छा विपरीत जबरजस्ती स्वदेश फिर्ता नगर्न आग्रह गरेको छ । मन्त्रालयले दक्षिण कोरिया जान चाहने उनीहरूको चाहनालाई सम्मान गर्न विशेष अनुरोधसमेत गरेको छ ।

    बुधबार, पुष ०९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित
    ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख
    अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच
    मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक
    सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी
    प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    भर्खरै

    • १.
      एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

    • २.
      ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

    • ३.
      अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

    • ४.
      मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

    • ५.
      सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

    • ६.
      प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    • ७.
      किन झुल्केनन् फेरि घामका किरणहरू?

    • ८.
      युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.