• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

मसालका पार्टीसदस्य पूर्णबहादुर केसीको हैदरावाद निधन, महामन्त्री सिंहद्वारा श्रद्धाञ्जली

गुल्मीका कृष्णबहादुर थापाको हैदरावादमा निधन, मूल प्रवाहले शव नेपाल पठायो

अफगानिस्तानबाट सीमा–पार घुसपैठको प्रयास विफल पारेको पाकिस्तानको दाबी

नोभेम्बरमा ट्रम्पको एजेन्डा रोकिने न्युजमको दाबी

धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

नियमित पानी परेसँगै उपत्यकाको फोहर व्यवस्थापनमा समस्या

आगलागीबाट १४ करोडको क्षति

अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर

इमरानका छोराद्वारा ‘प्रतिआक्रमण’को चेतावनी

लोकप्रिय समाचार

  • १. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • २. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ३. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ४. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ५. हार्दिक शुभकामना

  • ६. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ७. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • ८. आदर्शको पहाड

  • ९. मध्य र दक्षिण दिल्ली एरिया समितिको संयुक्त भेला तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

  • १०. २१औँ वार्षिक एरिया सम्मेलन सम्पन्न

‘बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु’


  •   आइतबार, पुष ०६, २०८२ मा प्रकाशित
  • काठमाडौँ । बेलायतमा तपाई के गर्नुहुन्छ ? धेरैको बुझाई हुनसक्छ, काम गर्ने अनि कमाउने । तर, दुई दशकदेखि बेलायत ९युके० मा बस्दै आउनुभएकी पुनम गुरुङका सन्दर्भमा यो बुझाइ विपरीत छ । उहाँ, यो प्रश्नमा सधैँ एउटै उत्तर दिनुहुन्छ, ‘बेलायतमा अरुले कमाउँछन्, म समाज सेवा गर्छु । अरुलाई सहयोग गर्छु, त्यो पनि नि:स्वार्थ ।

    Advertisement

    काठमाडौँमा जन्मे हुर्किनुभएकी उहाँ बिहेलगत्तै २३ वर्ष पहिले श्रीमान्सँग बेलायत पुग्दा राम्रोसँग उभिएर बोल्नसक्ने आत्मबल थिएन । सुरुका केही वर्ष परिवारको हेरचार गर्ने र कोठामा बस्दै बेलायतको जीवन बित्यो । बेलायतको जीवनशैलीसँग सुरुमा भिज्न निकै कठिन थियो ।

    ‘न भाषा मिल्छ, न खानपान र जीवनशैली । आप्रवासन बस्दाको सुरुका दिनमा मानसिक समस्या झेल्नुपर्‍यो । यद्यपि श्रीमान्को साथ र सहयोगले बेलायतको सामाजिक परिवेशसँग भिजेर सामाजिक गतिविधिमा घुलमिल हुन थालेँ । न घुम्न सक्थे न बोल्न’, गुरुङले २३ वर्षअघि बेलायत जाँदाको क्षण सम्झँदै भन्नुभयो, ‘अहिले समाज सेवामा सक्रिय छु । आप्रवासनमा समस्या भोग्नुभएका जो कोही हुनुहुन्छ, मलाई सहयोगको आश गर्दै सम्झिनुहुन्छ । म सहयोग गर्न पाउँदा खुसी हुन्छ ।’

    पुनमको नि:स्वार्थ सहयोग गर्ने औपचारिक यात्रा क्यान्सर पीडितलाई आर्थिक सहयोग जुटाउने कामबाट सुरु भयो । सन्, २०१३ मा क्यान्सर रिर्सच युकेमा उहाँले क्यासरपीडितलाई आर्थिक सहयोग जुटाउने दौडमा भाग लिनुभयो । मोटो ज्यान दौडिन सजिलो थिएन तर, आफ्नो थोरै पहलले कसैको स्वास्थ्यमा योगदान मिल्छ भने प्रयास किन नगर्ने ? भन्ने मनसायमा उहाँले पाँच किलोमिटर दौडेर उठेको जतिपनि रकम थियो, त्यो क्यान्सर रिर्सच युकेलाई दिनुभयो ।

    त्यसपछि निरन्तर नि:शुल्क सेवा प्रदान गर्दै आउनुभएकी पुनम अहिले क्यान्सर रिसर्च युकेको सद्भावनादूतका रूपमा जिम्मेवारी सम्हाल्दै क्यान्सरविरुद्ध जनचेतना अभियानमा सक्रिय हुनुहुन्छ ।

    दिनभरि घरमै बस्ने नेपाली समुदायका दिदीबहिनीलाई यस अभियानमा जोड्न थाल्नुभयो । ‘तमु धि’ संस्थामा आबद्ध भई त्यसैभित्रको आमा समूहको अध्यक्ष बनेर आफ्नो नेतृत्व क्षमता विकास गर्न थाल्नुभयो । ‘आप्रवासन भएपछि आफ्नो देशको झनै माया र सम्झना आउने रहेछ’, उहाँले भन्नुभयो, “हामी दिदिबहिनी जम्मा भएर, एक कप कफीको मूल्य बराबर रकम जम्मा गरी समूह बनायौँ । रकम सङ्कलन गर्न थाल्यौँ ।”

    यो आमा समूहले धेरै महिलालाई बोल्न र आफ्नो धारणा प्रष्टसँग राख्नसक्ने संस्कृतिको विकास गरेको गुरुङले बताउनुभयो । यसको उपजका रूपमा उहाँको लोकप्रियता यतिसम्म बढ्दै गयो कि उहाँ सन्, २०१९ मा गैरआप्रवासी नेपाली सङ्घ (एनआरएन) युकेको अध्यक्षमा निर्वाचत हुनुभयो । योसँगै उहाँ एनआरन युकेको प्रथम महिला अध्यक्ष हुने अवसरसमेत पाउनुभयो । “आमा समूहले नेतृत्वको महत्व बुझायो र समाज सेवाले लोकप्रियता बढाएको हुँदा आफू एनआरएनको अध्यक्षको पदसम्म पुग्नसक्ने भएको हुँ”, उहाँले भन्नुभयो ।

    महिलालाई नेतृत्व गर्नसक्ने उच्च पदमा पुग्न भने त्यति सजिलो नहुने गुरुङको अनुभव छ । निर्वाचित भइसकेपछि पनि कार्यशैली र कार्यसम्पादनमा थुप्रै चुनौतीको सामना गर्नुपर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘सामान्यतया जनुसुकै क्षेत्रको उच्च पदमा भिड्न पुरुषलाईभन्दा महिलालाई धेरै कठिनाइको सामना गर्नुपर्दो रहेछ ।’

    नेपालमा छ महिना बिदा बस्दा यहाँको क्यान्सर अस्पताल पुगेर क्यान्सरविरुद्धको जनचेतना अभियानमा सहभागी हुनुभएकी गुरुङ बुबा क्यान्सरकै कारण बित्नुभएको स्मरण गर्नुभयो । क्यान्सर लाग्नै नदिन पहिलो प्रयास गर्नुपर्नेमा जोड दिँदै उहाँले यदि लागिहाले सकारात्मक सोचेर आत्मबल बढाउनुपर्ने बताउनुभयो ।

    बिदामा नेपाल आउनुभएकी पुनमले क्यान्सरपीडित बुबालाई गुमाउनुपर्‍यो । उहाँले यो रोग लाग्नै नदिन सचेतना अतिआवश्यक रहेको बताउँदै आउनुभएको छ । नेपाल आएका बेला विभिन्न अस्पतालमा पुगी क्यान्सरविरुद्धको अभियानलाई सन्देशमूलक बनाउन खटिनुभयो । उहाँका अनुसार बेलायतमा प्राय: हरेक घरैपिच्छे एक जना क्यान्सरपीडित रोगी भेटिएकै हुन्छन् ।

    दैनिक काममा खटिनुपर्ने बाध्यता भएका परिवारले क्यान्सरपीडितको मनबोल बढाउने समय हुँदैन । त्यस्तोबेला पुनम सकेसम्म क्यानसरपीडितको घर पुगेर उहाँहरूलाई रोगसँग लड्नसक्ने क्षमता बढाउन हिम्मत दिने काम गर्दै आउनुभएको छ ।

    ‘म युकेमा काम गर्दिन, फुर्सद पाउनासाथ बुबाआमा वा बूढाबूढी र जो समस्यामा परेको छ उहाँहरूलाई समय दिन पुग्छु’, उहाँले भन्नुभयो, ‘उहाँहरू पनि समय पाएर खुसी हुनुहुन्छ, म उहाँहरूको खुसी देखेर झनै सेवा गर्न प्रेरित हुन्छु । सेवामै आनन्दित हुन्छु ।’

    पुनमको नेतृत्वदायी यात्रा ‘तमु धि’ आमा समूह, एनआरएन हुँदै विश्वप्रसिद्ध सुन्दरी प्रतियोगिता ‘मिस वल्र्ड–२०२३’ को एम्बास्डरमा पनि मनोनीत हुनुभयो । मिस वल्र्डमा एम्बास्डर हुनुभएपछि मिस वल्र्डको टिमले उहाँलाई सन्, २०२३ को ‘मिस वेल्स’ सुन्दरी प्रतियोगिताको निर्णायकको जिम्मेवारी दिएको थियो ।

    पुनमले नेपाली मुलबाट सुन्दर प्रतियोगिताको यति फराकिलो क्षेत्रमा निर्णायकको जिम्मेवारी पाउनु आफैँमा महत्त्वपूर्ण र उपलब्धिमूलक रहेको बताउनुभयो । उहाँका अनुसार आप्रवासनले चुनौतीसँगै अवसरका थुपै्र ढोकाहरू खुल्छन् । “त्यसका लागि सङ्घर्ष भने गरिरहनु पर्छ । म जहाँ पुगे पनि नेपाली र नेपालीपनसँगै लैजान्छु”, उहाँले भन्नुभयो । मधु शाही/रासस

    आइतबार, पुष ०६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मसालका पार्टीसदस्य पूर्णबहादुर केसीको हैदरावाद निधन, महामन्त्री सिंहद्वारा श्रद्धाञ्जली
    गुल्मीका कृष्णबहादुर थापाको हैदरावादमा निधन, मूल प्रवाहले शव नेपाल पठायो
    अफगानिस्तानबाट सीमा–पार घुसपैठको प्रयास विफल पारेको पाकिस्तानको दाबी
    नोभेम्बरमा ट्रम्पको एजेन्डा रोकिने न्युजमको दाबी
    धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
    नियमित पानी परेसँगै उपत्यकाको फोहर व्यवस्थापनमा समस्या

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • २.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ३.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ४.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    • ५.
      हार्दिक शुभकामना

    • ६.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    भर्खरै

    • १.
      मसालका पार्टीसदस्य पूर्णबहादुर केसीको हैदरावाद निधन, महामन्त्री सिंहद्वारा श्रद्धाञ्जली

    • २.
      गुल्मीका कृष्णबहादुर थापाको हैदरावादमा निधन, मूल प्रवाहले शव नेपाल पठायो

    • ३.
      अफगानिस्तानबाट सीमा–पार घुसपैठको प्रयास विफल पारेको पाकिस्तानको दाबी

    • ४.
      नोभेम्बरमा ट्रम्पको एजेन्डा रोकिने न्युजमको दाबी

    • ५.
      धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

    • ६.
      नियमित पानी परेसँगै उपत्यकाको फोहर व्यवस्थापनमा समस्या

    • ७.
      आगलागीबाट १४ करोडको क्षति

    • ८.
      अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.