• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

जेनजी आन्दोलनले सिकाएको पाठ


  •   सोमबार, मङि्सर २९, २०८२ मा प्रकाशित
  • लेखसार :

    Advertisement

    सामाजिक सञ्जालमा लगाईएको प्रतिबन्धको फुकुवा र भ्रष्टाचार तथा कुशासनको बिरोधमा भएको आन्दोलनलाई सरकारले अत्याधिक वल प्रयोग गरेर निहत्था जनतामाथि नरसंहार मच्चायो । लामो समयदेखि निराश युवाहरूले सिद्धान्त राजनीति, विचार संगठन र सचेत नेतृत्व बिना शुरु गरेको स्वतस्फूर्त आन्दोदनले सही निकास दिने सम्भावना थिएन । जसका कारण मौकाको पर्खाइमा रहेका देशी तथा विदेशी स्वार्थी तत्वहरूले आन्दोलनलाई गलत तरिकाले बिध्वंशात्मक रुप दिन सफल भए ।

    आन्दोलनमा खरबौंको भौतिक सम्पत्ति नष्ट हुनुका साथै ठुलो मानवीय क्षति हुन पुग्यो । आन्दोलनमा भएको भौतिक तथा मानवीय क्षतिको नैतिक जिम्मेवारी नलिएर तात्कालिन सरकारले संवेदनहिन तरिक प्रर्दशन गर्‍यो । आन्दोलन पश्चात सरकार निर्माणमा असंवैधानिक प्रक्रिया अपनाइयो । सरकारले पहिलो काम पनि असैवैधानिक तरिकाले प्रतिनिधि सभाको विघटन गरेर शुरु गर्‍यो । पटक पटक गलत राजनीतिक दललाई मतदान गरि जिताएर संसदमा पठाएका कारण यो परिस्थिति निर्माण भएको कुरा जग जाहेर भएको हुँदा अबको निर्वाचनमा मतदाताहरू पनि जागरुक हुन आवस्यक छ । कतिपय पक्षले स्थिरता, पारदर्शिता, भ्रष्टाचारको न्युनिकरण, सुशासनको प्रत्याभूति, विकास र समृद्धिका लागि कार्यकारी प्रमुखको निर्वाचनको माग गरिरहेका छन् ।

    तर नेपालको सामाजिक संरचना, भौगोलिक अवस्थिति, नेपाली नागरिकहरूको चेतना, शक्ति सन्तुलन आदि विविध पक्षलाई विचार गर्दा प्रत्यक्ष कार्यकारी प्रमुखको अवधारणा अनुपयुक्त मात्र होइन घातक पनि छ । लोकप्रियतावादले नेपालको आन्दोलनमा जर्बजस्त प्रभाव पार्दै आएको छ । जसका कारण लोकतन्त्रका लागि लोकप्रियतावाद बलायो चुनौति बन्दै गएको छ ।

    पृष्ठभूमि :

    नेपालमा २०८२ भाद्र २३–२४ गते एउटा उमेर समूहका नाममा आन्दोलन भयो । त्यो आन्दोलनलाई जेनजी आन्दोलन नामाकरण गरियो । सामाजिक सञ्जालमाथिको प्रतिबन्धको विरोध र भ्रष्टाचार नियन्त्रण गरि सुशासन कायम गर्ने माग सहित शुरु भएको आन्दोलन थियो त्यो । मागहरू अत्यान्तै जायज थिए । सरकारको लामो समयदेखिको गलत क्रियाकलाप, बेथिति बिसङ्गति र कुशासनले निरास भएका युवा तथा आमजनता समाजिक सञ्जालमाथिको प्रतिबन्धले थप आक्रोसित भए । जसका कारण जेनजी आन्दोलन शुरु भयो ।

    जेन जी आन्दोलन स्वतफूर्त वा योजनाबद्ध :

    जेनजी आन्दोलन स्तर्स्फूत आन्दोलन थियो । सिद्धान्त, राजनीति, विचार कार्यक्रम, सङ्गठन र सचेत नेतृत्व जस्ता महत्वपुर्ण कम्पोनेन्ट पनि यो आन्दोलनमा थिएनन् । लामो समयदेखि मौकाको ताकमा रहेका कैयौँ गलत तत्वहरूले यो आन्दोलनलाई अवसरको रुपमा उपयोग गरे ।

    ४८ घण्टा भित्रमा यो आन्दोलनले उथलपुथलकारी रुप लियो । देश व्यापी तोडफोड, आगजनी र ध्वंसात्मक कार्यहरू भए । देशका महत्वपूर्ण राष्ट्रिय धरोहरहरू ध्वस्त भए । खरबौंको क्षति भयो । देशका होनाहार युवाहरूको नरसंहार भयो । अत्याधिक वल प्रयोग गरेर पनि आन्दोलनलाई नियन्त्रण गर्न नसकेपछि प्रधानमन्त्रीबाट केपी ओलीले राजिनामा दिनुपर्‍यो । राज्यका महत्वपूर्ण अंगहरू कार्यपालिका, न्यायपालिका र राज्यका तहगत अंगहरू खरानी भएपछि देश केही दिन राज्य विहिनताको अवस्थामा रह्यो ।

    राज्यका सुरक्षा अंग मध्य सेना मुक दर्शक बन्यो, गुप्तचर विभाग निकम्मा सावित भयो भने प्रहरी प्रशासन माथि आन्दोलनकारीहरूले एक किसिमले नियन्त्रण गरे ।

    जेन जी आन्दोलनमा स्वार्थी समुहको घुसपैठ :

    माथि नै भनिएको छ कि आन्दोलनलाई गलत तत्वहरूले अवसरको रुपमा उपयोग गरे । स्वयं जेनजी आन्दोलनकारीले २३ गतेको इलेवेन्थ आवर पछि भनेका छन् कि आन्दोलनमा घुसपैठ भयो । जेनजी आन्दोलन हाइज्याक भयो । अब यो आन्दोलन हाम्रो कमाण्डबाट बाहिर गयो । सबै आन्दोलनकारीहरू घर फर्कौं भनेर आव्हान भयो तर आन्दोलन रोकिएन । त्यसले झन उग्ररुप लियो ।

    शान्तिपूर्ण भनिएको आन्दोलन हिंसात्मक गतिविधिमा परिणत भयो । आखिर आन्दोलनलाई हाइज्याक गर्ने र हिंसात्मक रुप दिने तत्व को थिए ? के कलिला युवाहरूबाट केहि घण्टा भित्र देशलाई नै खरानी बनाउने गरि खरबौंको क्षति हुने ध्वंसात्मक कार्य गर्न सम्भव थियो ? स्पस्टताका साथ भन्न सकिन्छ कि युवा जेनजीबाट भएको होइन । यी सम्पूर्ण ध्वंसात्मक कार्य तीनै आन्दोलन हाइज्याक गर्नेहरूले नै गरेका हुन् ।

    को थिए जेनजी आन्दोलनका हाइज्याक गर्नेहरू ?

    लामो समयदेखि योजनाबद्ध रुपमा काम गरेका तर मौकाको पर्खाइमा रहेका कैयौँ विदेशी तत्वहरू, नेपालका स्वार्थी समुहहरू र अपराधिक मनोवृति भएका मानिसहरू नै आन्दोलनलाई गलत दिशा दिने तत्वहरू हुन । प्रारम्भिक रुपमा बाहिर आएका तथ्यहरूले के देखाउछन भने जेनजी आन्दोलन भित्र घुसेर आतंक मच्चउने तत्वहरू अमेरिका तथा भारतीय साम्राज्यवादबाट पालित पोषित र यिनीहरूबाट निर्देशित तत्वहरू, रा.प्र.पा,रांस्वपा. तथा दुर्गाप्रसाई जस्ता अराजक र अवसरवादी सङ्गठनहरूको प्रत्यक्ष तथा अप्रत्यक्ष संलग्नता रहेको थियो ।

    जेनजी आन्दोलन पछि शुशिला कार्कीको नेतृत्वमा बनेको सरकारलाई दलाई लामाले दिएको शुभकामना सन्देश, स्वतन्त्र तिब्बत समूहको सकृयता (टिओबी) ग्रुपको संलग्नता र अमेरिकी दुतावासबाट फण्डिङ गरिएको युथ काउन्सिलको माध्यामबाट युवाहरूको परिचालन, विभिन्न राजनैतिक दलहरूका कार्यालय घर, विभिन्न औद्योगिक प्रतिष्ठान र व्यापारिक केन्द्रहरूमा आगजनी, तोडफोड र ध्वंस हुँदा राजावादी र रास्वपाका नेताहरूका घर कार्यालय र भौतिक सम्पत्तिमा कुनै पनि हानी नोक्सानी नहुनु यी केही उदाहरणबाट जेनजी आन्दोलनका हाइज्याक गर्नेहरू देशी तथा विदेशी प्रतिक्रियावादी तत्व रहेको नै प्रमाणित हुन्छ । तैपनि त्यस्ता कार्यहरूको वृस्तित रुपमा अनुसन्धान गरि सत्य तथ्य बाहिर ल्याउन आवस्यक छ ।

    सत्य तथ्य छानविनका लागि सर्वोच्व अदालतका पूर्वन्यायधिश गौरी बहादुर कार्कीको अध्यक्षतामा जाँचबुझ आयोग गठन भएको छ । त्यसले बिनाकुनै पूर्वाग्रह आन्दोलनमा विध्वंस मच्चाउने तत्वहरूलाई सत्य तथ्यका आधारमा कार्यवाहीको दायरामा ल्याउनु पर्दछ । आन्दोलनको दौरानमा गौरी बहादुर कार्कीले सामाजिक सञ्जालमा पोष्ट गरेका विचारहरूलाई आधार मान्ने हो भने निष्पक्ष छानविन हुन्छ भन्ने ठाँउ छैन् ।

    अत्याधिक बल प्रयोगबाट ठूलो धन जनको क्षति :

    जेनजी आन्दोलनमा भएको दमनमा ओली सरकारको दोष छैन भनि दावी गरिरहेका छन् । त्यस दौरानमा भएका घटनाको जिम्मेवारी पनि नलिने तात्कालिन प्रधानमन्त्री र गृहमन्त्रीले घोषणा गरेका छन् । तर त्यो परिस्थिति तयार गर्ने कार्य तात्कालिन सरकारले गरेको हो भन्नेमा कसैको पनि दुई मत छैन । आन्दोलनमा भएको मानवीय तथा भौतिक क्षतिप्रति यति धेरै संवेदनहिन हुन तात्कालिन सरकारलाई मिल्छ कि मिल्दैन ? वातावरण विर्गाने, मैदान छोडेर भाग्ने, देश र जनतालाई भडखालोमा हाल्ने सामान्य नैतिक दायित्व समेत ख्याल नराख्ने जस्ता गैह्रजिम्मेवार कार्यले ओली वदनाम छन् ।

    दोष छैन भने प्रमाणद्वारा पुष्टि गर्न पर्छ कि पर्दैन ? अहिलेसम्म उनले दावी गरेको निर्दोष भएको प्रमाण पेश गर्न नसकेबाट पनि यो परिस्थिति निर्माण गर्नमा मुख्य भूमिका तात्कालिन प्रधानमन्त्री र उनको सरकारको हो भन्ने आधार छ ।

    असंवैधानिक तरिकाबाट सरकार निर्माण र संसद विघटन :

    जेनजी आन्दोलन पछि शुशिला कार्कीको नेतृत्वमा सरकार गठन भएको छ । जुन असंवैधानिक तरिकाले बनेको हो । असंवैधानिक तरिकाले बनेको प्रधानमन्त्रीको सिफारिसमा संसद विघटन भएको छ । ती दुबै कार्यहरू संविधान विपरितका कार्य हुन । ६ महिना भित्र चुनाव गराउने गरी २०८२ फाल्गुन २१ गतेका लागि प्रतिनिधि सभाको निर्वाचनको मिति तोकिएको छ । तर सरकारले निर्वाचनका लागि वातावरण गराउने काम गर्न सकेको छैन् । अहिले पनि प्रहरीसँगबाट लुटिएका हतियारहरू विध्वंंसकारी तत्वहरूको हातमाा छन् । जेलबाट भगाईएका कैयौँ गम्भिर प्रकृतिका अभियुक्तहरू जेल बाहिर छन् । विध्वंस कार्यमा संलग्न व्यक्तिहरू पक्राउ गर्न सरकार अनिक्षुक छ । पक्राउ परेकाहरू पनि सरकारको आदेशमा छाडिएको छन् ।

    सुरक्षा कर्मीको मनोवल उठाउने भन्दा पनि निरुत्साहित गर्ने कार्य भइरहेको छ । शुरुमा आन्दोलनमा पेश भएका मागहरूको आकार बढेको छ । राजनीतिक दलहरूले आफ्‌ना काम कार्यवाहीलाई अगाडि बढाउन सकिरहेका छैनन् । एक किसिमले राजनीतिक दलहरू अघोषित प्रतिबन्धमा छन् । स्वयं जेनजीहरूले पनि सरकारको राजीनामा मागि रहेका छन् । यस्तो परिस्थितिमा चुनाव हुने प्रश्न शंकाको घेराभित्र हुनु अस्वभाभिक होइन ।

    मतदाताहरू जागरुक र सचेत हुन आवस्यक छ :

    चुनाव सम्बन्धी शंका, उपशंका र संशय जे भएतापनि राजनीतिक पार्टीहरूले आफ्‌ना गतिविधिहरू बढाएर लैजान पर्दछ । देशमा खराब पार्टी मात्र छैनन् । स्वच्छ छवि भएका लामो समयदेखि जनताको बीचमा काम गरेका राष्ट्रिय जनमोर्चा जस्ता पार्टीहरूको पक्षमा मतदान गर्नु मतदाताहरूको कर्तव्य बन्न जान्छ । भ्रष्ट पार्टीहरूले मतदाताहरूलाई गुमराहमा पारेर आफ्‌नो पक्षमा बहुमत ल्याउन अनेक तिगडम चलाई रहन्छन् ।

    भोट दिने बेलामा विवेक पुर्‍याउन नसक्ने विभिन्न जालझेल र प्रलोभनमा परेर भ्रष्ट पार्टी वा व्यक्तिलाई मतदान गर्ने, आशा भने राम्रो कामको गर्ने यो नमिल्ने कुरा हो । भ्रष्ट मानिसले चुनाव जितेर गए पछि सरकार पनि भ्रष्टहरू कै बन्छ । त्यस्तो सरकारबाट राम्रो कामको आशा गर्नु अन्यथा हुन्छ । मतदाताहरूले पनि पटक–पटक गल्ति गरेका छौँ, अब त्यो गल्ती दहोरिनु हुँदैन ।

    प्रत्यक्ष कार्यकारी प्रमुखको माग नेपालका लागि असार्न्दभिक :

    जेनजी आन्दोलनको शुरुवात भ्रष्टचारको बिरोध र सामाजिक सञ्जाल माथिको प्रतिबन्ध फुकुवाको मागबाट भएको थियो । आन्दोलन सेटव्याक हुने वेलासम्म आईपुग्दा अन्तरिम सरकारको गठन र संसद विघटनको तहसम्म पुग्यो । अहिले आएर प्रत्यक्ष कार्यकारी प्रमुखको निर्वाचन र संविधानको खारेजी गर्नुपर्ने माग जोडतोडले उठाइएको छ । प्रत्यक्ष कार्यकरी प्रमुखको मागलाई यसरी अगाडि त्याईएको छ कि मानौ देशका सबै समस्याको हल यसैबाट हुन्छ । कुनै वेला देश संघीय प्रणालीमा जने वित्तिकै जनताका सम्पूर्ण अधिकारहरू प्राप्त हुन्छन् भन्ने भाष्य बनाईएको थियो । त्यसैगरि अहिले प्रत्यक्ष कार्यकारी प्रमुखिय प्रणाली नै सबै रोगको ओखती हो भन्ने मनोविज्ञानले काम गरेको देखिन्छ ।

    प्रमुख कार्यकारी निर्वाचनको बिषयलाई माओवादी, राप्रपा र रास्वपाले लागातार जोड दिदै आएका थिए र छन् । पछिल्लो समयमा जेनजी आन्दोलनका केही समुहहरू पनि यो मागको पक्षमा उभिएका छन् । उनीहरूको तर्क छ प्रत्यक्ष कार्यकारी प्रमुखको निर्वाचन भएमा स्थिरता, पारदर्शिता, भ्रष्टाचारको न्युनिकरण, सुशासनको प्रत्याभूति, विकास र समृद्धि भई अमन चयनको अवस्था सृजना हुन्छ । तर नेपालको सामाजिक संरचना, भौगोकि अवस्थिति, नेपाली नागरिकहरूको चेतना, शक्ति सन्तुलन आदि विविध पक्षलाई विचार गर्दा प्रत्यक्ष कार्यकारी प्रमुखको अवधारणा अनुपयुक्त मात्र होइन घातक पनि छ ।

    नेपाल जस्तो जातिय, भाषिक, धार्मिक, साँस्कृतिक र भौगोलिक दृष्टिले विविधता युक्त मूलुकमा प्रत्यक्ष कार्यकारी प्रमुख प्रणाली प्रतिउत्पादक हुने मात्र होइन अत्याधिक सत्ता केन्द्रीकरणको कारण शक्तिको दुरुपयोगको जोखिम बढि हुन्छ । प्रत्यक्ष कार्यकारी प्रमुख भएका देशहरूको अनुभवबाट पनि शक्ति एकै ठाँउमा केन्द्रीत हुँदा सत्ताले अधिनायकवादी चरित्र ग्रहण गरेका, शक्ति पृथकिरण र सन्तुलनको सिद्धान्त तथा मर्ममा खलल पुर्‍याएका कैयौँ उदाहरण पाइन्छन् । भ्रष्टचार न्युनिकरण भएको पनि पाइँदैन ।

    शासकिय संरचनाको हिसाबले विश्वमा तीन किसिमका शासकिय स्वरुप प्रचलनमा छन् । ती शासकिय संरचना मध्य विश्वको ६६ वटा देशमा संसदबाट कार्यकरी प्रधानमन्त्री निर्वाचन हुने प्रणाली, ५५ वटा देशमा प्रत्यक्ष निर्वाचनबाट कार्यकारी प्रमुख निर्वाचन हुने प्रणाली र २५ देशमा मिश्रीत निर्वाचन प्रणली ( राष्ट्रपति र प्रधानमन्त्रीमा कार्यकारी अधिकार रहने व्यवस्था) अभ्यासमा छन् । ती देशहरू मध्य तुलनात्मक रुपमा संसदिय लोकतान्त्रिक शासन प्रणाली भएको मुलुकमा कम भ्रष्टाचार हुने गरेको बताइन्छ ।

    यसको अर्थ यो हो कि प्रचलनमा रहेका शासकिय प्रणलीबाट न जनताका वास्तविक अधिकार स्थापित हुन्छन् न भ्रष्टाचारको न्युनिकरण भई सुशासनको प्रत्याभूति हुन्छ । हुनत संसदीय लोकतान्त्रिक शासन प्रणलीलाई संसारको उत्कृष्ट शासन व्यवस्था भनेर व्याख्या गर्ने गरिन्छ । यो नै जनताको आधारभूत आवस्यकता पुरा गर्ने र सम्पूर्ण समस्या समाधानको अचुक व्यवस्था भन्ने गरिन्छ ।

    अमेरिकाले आफुलाई एकमात्र प्रजातान्त्रिक र संसारको सर्वश्रेष्ठ शासन व्यवस्था भएको देश भनेर घोषणा गरेको छ । अमेरिकाको राष्ट्रप्रमुख प्रत्यक्ष निर्वाचनबाट निर्वाचित हुन्छ, तर त्यहाँ पनि खासमा प्रजातन्त्र छैन । अनेक किसिमका विभद र अन्याय अत्याचारबाट जनता प्रताडित छन् । यदि घोषणा गरिए जस्तै अमेरिका प्रजातन्त्रको मसिहा हुन्थ्यो भने त्यसप्रकारका विभेद र अन्यायको नामोनिसाना हुँदैनथ्यो । संसारका कमजोर देशमा अमेरिकाले प्रत्यक्ष तथा अप्रत्यक्ष हस्ताक्षेप गरेर मनपरितन्त्र चलाइरहेकोछ ।

    लोकप्रियतावाद देश र आन्दोलनका लागि घातक :

    नेपालमा लोकप्रियतावाद गम्भिर खतराको रुपमा उदाएको छ । जनताको चेतनास्तर कमजोर हुँदा यसले मौलाउने मौका पाउँछ । त्यसमाथि सरकारका गलत नीति र क्रियाकलापका कारणले जनतामा उत्पन्न निराशा, कुण्ठा आक्रोसले लोकप्रियतावादलाई मलजल गर्दछ । अकाट्य प्रमाण, सत्य र तत्थ्यलाई आधार बनाउनुको साटो झुटको साहारा लिएर भ्रमको खेती गर्छ । यसको मुख्य बिशेषता अप्रमाणित र सस्ता कुराको माध्यामबाट मानिसहरूको ध्यान आक्रषर्ण गर्नु हो । विचार विहिन, सिद्धान्त विहिन र कुनै पनि योगदान नभएको व्यक्तिहरूले फैलाएका झुठ, फरेव र गालीका आधारमा आफैलाई देवदूतको रुपमा प्रस्तुत गर्नु लोकप्रियतावादीहरूको अर्को बिशेषता हो ।

    लोकप्रियता शब्द सुन्दा राम्रा लाग्छ । लोकप्रिय हुने कुरा कसरी गलत हुन सक्छ भन्ने पनि लाग्न सक्छ । धेरै जसो मानिसहरू लोकप्रिय हुने धुनमा अनेक क्रियाकलाप गर्दछन् । लोकप्रियतावादले पछिल्लो समयमा मात्र होइन विगतका दिनमा पनि असर गरेको थियो । बुझ्‌नै पर्ने कुरा के छ भने लोकप्रियतावाद कुनै सिद्धान्त र दर्शनमा आधारित हुँदैन । समाजमा रहेको विभेद, विसंगति, अन्याय अत्याचार भ्रष्टाचार र कुशासनबाट उत्पन्न असन्तुष्टिलाई प्रयोग गरेर समाजलाई आफु अनुकुल हिडाउन खोज्छ । तर्क र वैचारिक विर्मशलाई स्वीकार गर्न सक्दैन । व्यक्ति नै सर्वेसर्वा हो भन्ने ठान्छ ।

    नेपालमा यस्ता प्रवृति हावी हुँदै गएको छ । नेपालको राजनैतिक इतिहासलाई नियाल्दा पञ्चायत काल, जनआन्दोलन, मोआवदी कथित जनबिद्रोह, केपी आलीको रेल र पानीजहाजको कथा, कुलमान घिसिङको उज्यालो नेपाल, राजावादी समुहको राजा आउ देश बाउको नारा, रवि लामिछानेको रास्वपाको उदय, दुर्गा पर्साइका अराजक गतिविधि, वालेन, हर्क साङपाङ र यहाँसम्म कि जेनजी आन्दोलनमा समेत लोकप्रयतावादले काफिहदसम्म असर गरेको देखिन्छ ।

    विश्वमा पनि यस खालको उदाहरण पाइन्छन् । जर्मनमा हिटलरको उदय पपुलिज्मका आधारमा भएको थियो । भनिन्छ हिटलर जर्मन महिलाहरूले अत्याधिक रुचाइएका पात्र हुन् जसका कारण जर्मनमा फासिवादको उदयका लागि आधार तयार भयो ।

    निर्ष्कश :

    वास्तविक जेनजीहरूले गरेको २३/२४ भाद्रको आन्दोलन स्वतस्फूर्त थियो । देशी तथा विदेशी स्वार्थी तत्वहरूले त्यसलाई तोडफोड, आगजनी र ध्वंसात्मक गतिविधिमा परिणत गरे जसका कारण मानविय तथा भौतिक सम्पत्तीमा अपुर्णिय क्षती हुन पुग्यो । व्यवस्था सुधारको अपेक्षा सहित आन्दोलनमा उत्रेका युवामाथि सरकारको अनावस्यक वल प्रयोगले वातावरण थप उत्तजित भयो । मौकाको ताकमा रहेका स्वार्थी समुहहरूलाई आन्दोलनलाई गलत दिशा दिने अवसर मिल्यो ।

    निश्चित सिद्धान्त राजनीति विचार र संगठन बिनाको आन्दोलनले उथलपुथलकारी परिर्वतन त ल्याउन सक्छ तर अन्तिम उद्देश्य प्राप्त गर्न सकिदैन भन्ने पाठ यो आन्दोलनले सिकाएको छ । राज्यद्धारा गरिएको वल प्रयोगले होनाहार युवाहरूको ज्यान गयो । त्यसको जति निन्दा गरेपनि कम हुन्छ । राज्यद्धारा गरिएको वल प्रयोगको तात्कालिन सरकारले जिम्मेवारी नलिने कुरा गर्नु अनुचित कार्य हो ।

    आन्दोलनमा भएको मानवीय तथा भौतिक क्षेतिको दायित्व लिनुपर्छ । सत्य तथ्यका आधारमा दोषीहरूलाई कार्यवाहीको दायरामा ल्याउनु पर्दछ । नेपालको लोकतन्त्रको लागि लोकप्रियतावाद बलियो चुनौतिको रुपमा उदायको छ भन्दा अत्तियुक्ति नहोला । एक किसिमले भन्ने हो भने लोकप्रियतावादले लोकतन्त्रको जरा हल्लाई दिएको छ ।

    सोमबार, मङि्सर २९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.