काठमाडौँ । वित्तीय प्रणालीमा रहेको अधिक तरलता नघटेपछि नेपाल राष्ट्र बैंकले आज ३५ अर्ब रुपैयाँ झिक्ने भएको छ ।
Advertisement
राष्ट्र बैंकले पछिल्ला दिनमा अधिक तरलता नघटेपति लामो अवधिका लागि पैसा झिक्दै आएको हो।
निक्षेप सङ्कलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन् । यसरी खरिद गरेको निक्षेप सङ्कलन उपकरण अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने पनि राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।
पछिल्लो तीन वर्षयता बैंकले नियमित रूपमा आइतबार र बुधबार बजारबाट पैसा झिक्दै आएको छ ।
निक्षेप सङ्कलनमा रकम राख्न चाहने बैंक तथा वित्तीय संस्थाले आज दिउँसो २ बजेसम्म अनलाइन बोलकबोल गर्न सकिने राष्ट्र बैंकद्वारा जारी सूचनामा उल्लेख छ ।