• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

मगर जातिमा थर/उपथर विभाजनको सन्दर्भ

सुनसरी घटनाको सन्दर्भमा

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

ताराखोलाका तीन प्रयोगशाला प्रयोगविहीन


  •   बुधबार, मङि्सर २४, २०८२ मा प्रकाशित
  • गलकोट (बागलुङ) । बागलुङको ताराखोला गाउँपालिकाका तीन प्रयोगशाला प्रयोगविहीन बनेका छन् । गाउँपालिकाले नागरिकलाई सहज स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले स्थापना गरेका प्रयोगशाला गत साउनयता जनशक्ति अभावमा सञ्चालनमा आउन सकेका छैनन् ।

    Advertisement

    हिल, अर्गल र अमरभूमि स्वास्थ्यचौकीमा स्थापित प्रयोगशालामा प्रयोगशाला सहायक कर्मचारी नियुक्ति गर्न नसक्दा सञ्चालनमा आउन नसकेको गाउँपालिकाले जनाएको छ । चार वर्षदेखि सञ्चालमा आएका तीन प्रयोशालाका लागि आवश्यक उपकरण भए पनि जनशक्ति नहुँदा नागरिकले सेवा लिन पाएका छैनन् ।

    स्वास्थ्यचौकीमा प्रयोगशाला स्थापना हुँदा रगत, दिसा, पिसाबलगायत परीक्षणमा सहजता हुनुका साथै शीघ्र रोगको पहिचान र निदानमा सहयोग पुग्ने गरेको ताराखोला–३ हिल स्वास्थ्यचौकीका अनमी कोपिला विकले बताउनुभयो । अहिले प्रयोगशाला सञ्चालनमा नआउँदा सेवा प्रभावित बनेको उहाँको भनाइ छ ।

    उहाँले जनशक्ति अभावमा प्रयोगशाला र भिडियो एक्सरे सेवा दिन नसक्दा बिरामीलाई गलकोट नगर अस्पताल तथा अन्यत्र पठाउनुपर्ने बाध्यता रहेको बताउनुभयो । आकस्मिक सेवाका लागि प्रयोगशालाबाट परीक्षण गर्नुपरेमा ताराखोला स्वास्थ्यचौकीबाट ल्याब असिस्टेन्ट बोलाएर गर्ने गरिएको विकले जानकारी दिनुभयो । उहाँका अनुसार तालिम प्राप्त जनशक्ति सरुवा भएपछि गर्भवतीका लागि गरिने भिडियो एक्सरे सेवासमेत हिल स्वास्थ्यचौकीले प्रदान गर्न सकेको छैन ।

    यस स्वास्थ्यचौकीबाट गत वर्ष ७०० बिरामीले सेवा लिएका थिए भने ११ जना संस्थागत सुत्केरी भएका थिए । चालु आर्थिक वर्षमा पाँच जनाले संस्थागत सुत्केरी सेवा लिइसकेका अनमी विकले जानकारी दिनुभयो ।

    “गाउँपालिकाले ल्याब असिस्टेन्ट पठाउन नसक्दा प्रयोगशालाबाट प्रवाह हुँदै आएका सेवा ठप्प भएका छन् । सोही कारणले यहाँ आउने बिरामीलाई अन्यत्र पठाउनुपर्ने बाध्यता छ”, उहाँले भन्नुभयो, “यहाँबाट हामीले अन्य सेवा प्रभावकारी रूपमा दिए पनि रोग पहिचानका लागि प्रयोगशाला आवश्यक पर्दछ । प्राविधिक जनशक्ति नहुँदा समस्या भएको छ, गाउँपालिकालाई प्रयोगशाला सहायक कर्मचारी पठाउन आग्रह गरेका छौँ ।”

    हिलसँगै अर्गल र अमरभूमि स्वास्थ्यचौकीका प्रयोगशाला पनि कर्मचारी अभावमा सञ्चालनमा आउन सकेका छैनन् । वडा नं ५ ताराखोला स्वास्थ्यचौकीमा मात्रै प्रयोगशाला सञ्चालनमा आएको ताराखोला गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख उदित थापाले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिकाले साउनयता प्राविधिक जनशक्ति नियुक्ति गर्न नसक्दा गाउँपालिकामा रहेका चारमध्ये तीन वटा प्रयोगशाला ठप्प भएका छन् ।

    गाउँपालिकाले स्वास्थ्यचौकीबाट अतिरिक्त स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यले प्रयोगशाला स्थापना गरे पनि महालेखा परीक्षकको कार्यालयले स्रोत तथा सङ्गठन व्यवस्थापनको मूल्याङ्कन नगरी प्रयोगशाला सहायक कर्मचारी राखेको भन्दै करारमा कर्मचारी नराख्न भनेपछि समस्या भएको स्वास्थ्य शाखा प्रमुख थापाले उल्लेख गर्नुभयो ।

    गाउँपालिकालाई कानुन निर्माण गरी स्वास्थ्यचौकीमा प्रयोगशाला स्थापनाका लागि स्रोत तथा व्यवस्थापन मल्याङ्कन गरेर मात्रै प्रयोगशाला सञ्चालनमा ल्याउन सुझाव आएपछि कर्मचारी नियुक्ति गर्न नसकिएको उहाँको भनाइ छ ।

    गाउँपालिकाभित्र एउटा मात्र प्रयोगशाला सञ्चालनमा आउँदा दुर्गमका नागरिकलाई सास्ती भएको उहाँले बताउनुभयो । उहाँले जिल्लाका अन्य स्थानीय तहमा पालिकास्तरीय आधारभूत अस्पताल भए पनि ताराखोलामा आधारभूत अस्पताल नभएको जनाउँदै स्वास्थ्यचौकीले समेत विस्तार गरेको सेवालाई निरन्तरता दिन नसकेको स्विकार गर्नुभयो ।

    बुधबार, मङि्सर २४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह
    नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो
    कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन
    मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश
    देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न
    प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      मगर जातिमा थर/उपथर विभाजनको सन्दर्भ

    • २.
      सुनसरी घटनाको सन्दर्भमा

    • ३.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • ४.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ५.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ६.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ७.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ८.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.