काठमाडौँ । नेपाली कांग्रेसले भारतीय गृहमन्त्रीको पूर्वस्वकीय सचिवलाई काँग्रेसबाट सांसद उमेदवार बनाउने भएको छ । सन्दीप रानालाई फागुन २१ गते हुने निर्वाचनका लागि पाल्पा–१ बाट उम्मेदवार बनाउँन एकल सिफारिस हो ।
भारतमै राजनीति गरेर शक्तिकेन्द्रसँग राम्रो सम्बन्ध बनाएका सन्दीप ६ वर्षअघि मात्रै नेपाल आएका हुन् । भारतमा रहेर रानाले भारतका विभिन्न प्रशासनिक क्षेत्रमा समेत राम्रो पहुँच रहेको थियो । त्यसका साथसाथै उनले भारतीय राजनीतिमा समेत दखल राख्द थिए ।
रानाले पाल्पा–१ मा टिकट पाउँने पक्का भएपछि भारतीय गृहमन्त्री अमित साहको स्वकीय सचिव बनेर काम गरेका कारणले सन्दीपलाई एकल सिफारिस गरेको भन्दै कांग्रेस वित्तमा समेत विवाद भइरहेको बताइएको छ । सन्दीप रानालाई शक्तिकेन्द्रकै योजनामा टिकट दिने पक्कापक्की भएको भन्दै कांग्रेसका नेता कार्यकर्ताहरूले तिव्र असन्तुष्टी जनाउँन थालेका छन् ।
कट्टर हिन्दुवादी सन्दीप अहिले पनि उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग सरल पहुँच राख्ने गरेको र भाजापाका नेताहरू नेपाल आएको समयमा उनीहरूको रेखदेखको जिम्मेवारी सन्दीपले नै लिने गरेको समाचार सर्वत्र चर्चा भइरहको छ ।
लामो समयसम्म भारतमा रहेर भारतको राजनीतिक केन्द्रीय तहमासमेत दखल पुर्याएका सन्दीप रानाले आम नेपालीहरूमा पर्ने समस्याप्रति भने कुनै प्रकारको भूमिका खेल्न सकेका थिएनन् । पढेलेखेका तथा नेपाली दूतावास र केन्द्रीय स्तरको राजनीतिक परिधि भित्र नै रहेर नेपाल फर्किएका रानाले नेपालको राजनीतिक वृत्तमा नेपाल र नेपालीको पक्षमा कति भूमिका निर्वाहन गर्नेछन् त्यो भविष्यको गर्भमै छ ।

