काठमाडौँ । मलेखु–मुग्लिङ सडकखण्ड अन्तर्गत बेनीघाट रोराङ गाउँपालिकाको तिङग्राखानीमा दुईवटा बस ठोक्किएका छन् ।
Advertisement
घाइतेहरुलाई उद्धार गरेर अस्पताल पुर्याइएको छ, धेरैजसो घाइतेको अवस्था सामान्य रहेको जोगिमारा प्रहरीले जनाएको छ ।
विपरीत दिशामा रहेका बसहरु आज दिउँसो करिब सवा १२ बजेतिर ठोक्किएका थिए । बस ठोक्किएपछि केही यात्रुहरु त्यहीँ फसेका थिए । फसेका यात्रुहरुलाई झ्यालका सिसा फुटाएर उद्धार गर्नुपरेको थियो ।