• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, असोज ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

देशका विभिन्न ठाउँमा वर्षा

कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

किन झुल्केनन् फेरि घामका किरणहरू?

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ७. हार्दिक शुभकामना

  • ८. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ९. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • १०. आदर्शको पहाड

मिचाहा प्रजातिसम्बन्धी पहिलो राष्ट्रिय सम्मेलन हुँदै


  •   शुक्रबार, मङि्सर १९, २०८२ मा प्रकाशित
  • काठमाडौँ । नेपालमा बाह्य मिचाहा प्रजातिको विविधता, वितरण, प्रभाव, नीतिगत अवस्थाको समीक्षा गर्न मङ्सिर अन्तिम साता पहिलो राष्ट्रिय सम्मेलन हुन लागेको छ ।

    Advertisement

    यही मङ्सिर २६ र २७ गते काठमाडौँमा हुने सम्मेलनमा मिचाहा प्रजातिसम्बन्धी विश्वव्यापी तथा राष्ट्रिय मुद्दामा विविध सरोकार भएकाहरूबीच सचेतना वृद्धि गर्ने उद्देश्य रहेको जनाइएको छ । वन तथा वातावरण मन्त्रालय, वन अनुसन्धान तथा तालिम केन्द्रको मुख्य आयोजनामा हुन लागेको सम्मेलनको नारा ‘बाह्य मिचाहा प्रजाति नियन्त्रणका लागि सहमति निर्माण’ रहेको छ ।

    सम्मेलनमा मिचाहा प्रजाति नियन्त्रण तथा रोकथामका प्रभावकारी नीतिगत र कार्यक्रमगत प्रतिक्रियाका लागि सरोकार भएकाबीच सहकार्य निर्माण गरिने केन्द्रका उपसचिव सुनिता उलकले जानकारी दिनुभयो । मिचाहा प्रजातिका कारणले पारिस्थितिकीय प्रणालीमा क्षति पुर्याउने, जैविक विविधता र कृषि उत्पादनमा ह्रास ल्याउने तथा स्थानीय बासिन्दाको जीविकोपार्जनमा नकारात्मक असर पुर्याउने कार्य निरन्तर भइरहेको उहाँले बताउनुभयो ।

    “यो समस्या थप बढ्दै जाने अवस्था छ । त्यसैले सरकारी तथा शैक्षिक संस्था, संरक्षण तथा विकास साझेदार, गैरसरकारी संस्था तथा निजी क्षेत्रका साथै संरक्षण अभियानमा लागि रहेको प्रतिनिधिलाई एउटै साझा मञ्चमा ल्याएर मिचाहा प्रजातिसम्बन्धी सम्झदारी र सामूहिक कदममा सहमति निर्माण गर्ने उद्देश्यले सम्मेलनको आयोजना गर्न लागिएको हो”, उपसचिव उलकले भन्नुभयो ।

    बाह्य मिचाहा प्रजाति व्यवस्थापनसम्बन्धी पहिलो राष्ट्रिय सम्मेलनले ज्ञान आदानप्रदान, राष्ट्रिय अवस्थाको मूल्याङ्कन, प्रभावकारी व्यवस्थापन उपायहरू पहिचान गर्ने तथा प्रमाणमा आधारित नीति सिफारिसहरू तयार गर्न अवसर प्रदान गर्ने उहाँको विश्वस छ ।

    यसबाहेक सम्मेलनले दिगो विकास लक्ष्य र जैविक विविधता महासन्धिलगायत अन्तरराष्ट्रिय प्रतिबद्धतालाई राष्ट्रिय कार्ययोजनासँग समायोजन गर्न मद्दत गर्ने जानकारहरू बताउँछन् । सम्मेलनले विसं २०७८/७९ मा स्वीकृत राष्ट्रिय बाह्य मिचाहा प्रजाति व्यवस्थापन रणनीति तथा कार्यान्वयन योजनाका उद्देश्य पूरा गर्न योगदान पुर्‍याउने बताइएको छ ।

    सम्मेलनमा जैव–सुरक्षा (वनस्पति तथा जनावर क्वारेन्टिन) तथा जैविक आक्रमण, वन तथा कृषि–वन प्रणालीका लागि विदेशी प्रजातिको प्रयोग, मत्स्य, एक्वाकल्चर तथा एक्वेरियममार्फत विदेशी प्रजातिको आगमन, फ्लोरिकल्चर र आक्रामक बोटबिरुवा परिचय, व्यापार, यात्रा तथा पर्यटनमार्फत आक्रामक प्रजातिको फैलावट तथा पूर्वाधार विकास र जैविक आक्रमणका विषयमा छलफल हुनेछ ।

    यस्तै, कृषि तथा खाद्यसुरक्षामा आक्रामक प्रजातिको खतरा, आदिवासी तथा स्थानीय समुदायमा यसको प्रभाव, वन व्यवस्थापनमा यसको नियन्त्रण एकीकृत गर्ने, संरक्षित क्षेत्र तथा रामसार क्षेत्रमा मिचाहा प्रजातिको व्यवस्थापनबारे पनि छलफल हुने जनाइएको छ । यसका साथै सहरी योजना तथा सहरी जैविक विविधता व्यवस्थापनमा यसको संयोजन, विदेशी प्रजातिको आगमन, फैलावट तथा नियन्त्रणमा विभिन्न निकाय, साझेदार र सरकारी संस्थाको भूमिका, विद्यालय तथा विश्वविद्यालयको पाठ्यक्रममा जैविक आक्रमण र स्थानीय तहको भूमिका मिचाहा प्रजाति व्यवस्थापनसम्बन्धी समन्वय, सहकार्य र नीतिबारेमा छलफल हुनेछ ।

    सम्मेलनमा नीतिनिर्माता, सरकारी अधिकारी, शोधकर्ता, शैक्षिक क्षेत्रका व्यक्ति, गैरसरकारी संस्थाका प्रतिनिधि, सामूदायिक सङ्गठनहरू, निजी क्षेत्र तथा मिचाहा प्रजाति व्यवस्थापनमा संलग्न सरोकार भएकालगायत करिब २०० सहभागी रहने आयोजकले जनाएको छ ।

    नेपालमा २९ प्रकारका मिचाहा प्रजाति
    तालिम केन्द्रका महानिर्देशक डा राजेन्द्र केसीले नेपालमा पछिल्लो समय जलवायु परिवर्तनलगायत कारणले बाह्य प्रजातिको चुनौती बढ्दो रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नेपालमा हालसम्म २९ प्रकारका मिचाहा प्रजातिका वनस्पति देखिएको केन्द्रको तथ्याङ्क छ ।

    यिनले अन्य स्थानीय वनस्पतिलाई दबाउँछ, वृद्धि हुन दिँदैन । सूर्यको प्रकाश पर्न नदिनेलगायत असर गर्दछ । मिचाहा प्रजाति आफैँ भने जटिल परिस्थितिमा पनि बाँच्न सक्छ ।”

    विदेशमा हुने यात्रा र सँगै ल्याइने विभिन्न सामान, विदेशबाट ल्याइने वन पैदावार, काठ, बीउलगायत माध्यमले मिचाहा प्रजातिको प्रवेश हुने र अनुकूल हावापानीमा तीव्र रूपमा बढेर अन्य वनस्पतिलाई मासिदिने गरेको डा केसीले बताउनुभयो । मिचाहा वनस्पतिको उपयोग गर्दा वतावरणीय दृष्टिले दिगो नहुने यस क्षेत्रका विज्ञहरूको भनाइ छ ।

    हाल झापामा उल्टेकाँडा झार निकै फैलिएको बताइन्छ, जुन तत्कालीन समयमा भुटानी शरणार्थीको घर छाउन भारतबाट ल्याइएको खरसँगै आयात भएको अध्ययनले देखाएको छ । राष्ट्रिय निकुञ्जका वनमा पाइने वनमारा र माइकेनिया झार, तालतलैयामा पाइने जलकुम्भी, बाँझो जमिनमा फैलिने निलोगन्धे झारलगायत प्रमुख मिचाहा प्रजाति हुन् ।

    मिचाहा प्रजातिले खासगरी कृषिमा धेरै हानि पुर्‍याउने र सुक्खायाममा सुकेर डढेलोका प्रमुख कारक बन्ने गरेका छन् । नेपालका मिचाहा प्रजातिको आयात २०० देखि २५० वर्षदेखि भएको मानिन्छ ।

    शुक्रबार, मङि्सर १९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देशका विभिन्न ठाउँमा वर्षा
    कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
    एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित
    ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख
    अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच
    मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    भर्खरै

    • १.
      देशका विभिन्न ठाउँमा वर्षा

    • २.
      कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

    • ३.
      एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

    • ४.
      ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

    • ५.
      अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

    • ६.
      मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

    • ७.
      सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

    • ८.
      प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.