नयाँदिल्ली । पूर्वमहासचिव कुलबहादुर थापाकी पत्नी तथा महिलानेतृ नन्दकला थापा (देवी) को निधनप्रति मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले श्रद्धाञ्जली व्यक्त गरेको छ ।
Advertisement
महासचिव त्रिभुवन भट्टराईको हस्ताक्षरमा डिसेम्बर ४, २०२५ तदनुसार २०८२ मङ्सिर १८ गते शोकवक्तव्य जारी गर्दै मूल प्रवाहले श्रद्धाञ्जली व्यक्त गरेको हो ।
वक्तव्यमा नन्दकला थापाले मूल प्रवाहका विभिन्न समितिमा लामो समयसम्म क्रियाशील रहेको स्मरण गरिएको छ ।
अनुशासित, सक्रिय, जुझारु, कर्तव्यनिष्ठ र प्रतिबद्ध नन्दकला थापाको निधनबाट शोकमा परेको परिवारजनप्रति वक्तव्यमा समवेदना व्यक्त गरिएको छ ।

