धनगढी । ११औँ राष्ट्रिय महाधिवेशन प्रतिनिधि चयनको विषयमा असन्तुष्टि जनाउँदै बैतडीको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले नेकपा एमाले परित्यागको घोषणा गरेका छन् ।
Advertisement
१३ मंसिरमा भएको प्रतिनिधि चयनमा एकलौटी र गुटबन्दी गरिएको भन्दै चन्दले सामाजिक सञ्जाल फेसबुकमार्फत् पार्टी परित्याग गरेको जानकारी दिएका थिए । तर, बुधबार फेरि सामाजिक सञ्जालमार्फत नै उनले एमालेमै क्रियाशील रहने निर्णय गरेको उल्लेख गरेका छन् ।