काठमाडौँ । आज सोमबार देखि लागु हुने गरी कुखुराको मासुको मूल्य बढेको छ ।
Advertisement
आज राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले सो जानकारी दिएको हो।
मूल्य बढेसँगै जिउँदो कुखुरा प्रतिकिलो २ सय ४० रुपैयाँ कायम भएको छ । यसअघि जिउँदो कुखुरा किलोको २ सय ३० रुपैयाँ थियो ।
यस्तै तयारी कुखुरा मासुको मूल्य पनि बढेको छ । तयारी मासुको मूल्य ३ सय ३० रुपैयाँ पुगेको अध्यक्ष बीसीले बताए । यसअघि तयारी मासु प्रतिकिलो मूल्य ३ सय २० रुपैयाँ थियो ।
अध्यक्ष बीसीका अनुसार जाडो बढ्दै गएपछि कुखुरा उत्पादन घट्ने भएकाले मूल्यवृद्धि भएको हो । ‘चिसोमा उत्पादन कम हुन्छ,’ उनले भने, ‘उत्पादन कम हुँदा बजारमा कुखुरा अभाव हुने र त्यसले मूल्य बढ्ने हुन्छ ।’