दार्जिलिङ्ग । भारतको दार्जिलिङ्गमा नेपाली भाषालाई नेपालको भाषा बताउने एक न्यायिक मजिस्ट्रेटले सार्वजनिक रुपमा माफि मागेका छन् ।
Advertisement
मजिस्ट्रेट अलकनन्दा सरकारले अदालती प्रक्रियालाई नेपाली भाषामा चल्नबाट रोक लगाएकी थिइन् । अलकनन्दा सरकारको उक्त आदेशका विरुद्ध दार्जिङ लगायत पश्चिम बंगालका विभिन्न स्थानमा आन्दोलन भएको थियो ।
त्यसका साथसाथै सिलिगुडी कोट परिसरमा समेत कर्मचारीहरूले व्यापक विरोध गरेपछि मजिस्ट्रेट अलकनन्दा सरकारले सार्वजनिक रुपमै लिखित माफी मागेका हुन् ।