• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

‘गुजाराको आधार सडकपेटी’


  •   बिहिबार, मङि्सर ११, २०८२ मा प्रकाशित
  • महोत्तरी । “आफ्नो त केही पनि छैन, मकै पोलेर बेच्ने यही सडकपेटी छ । घर पनि रातु नदी उकासको पर्तिमा छ, न लालपुर्जा न त कुनै कागजको चिर्कटो”, मिथिला–१० लालगढको सुन्दर बस्तीकी ४० वर्षीया सरिता दासले भन्नुभयो । उहाँले महोत्तरीको बर्दिबास–१ स्थित बर्दिबास जलेश्वर सडकपेटीमा मकै पोलेर गुजारा चलाइरहनुभएको छ । भन्नुहुन्छ, “हातगोडा चलुञ्जेल त धानौला, थला परेपछि के गति हुने हो ? खै !”

    Advertisement

    हरेक दिन दासको दैनिकी मकैको घोगाबाट सुरु हुन्छ । बिहान ओछ्यानबाट उठ्नासाथ छोरीको खानेकुरा ठीक पारेपछि उहाँलाई विद्यालय जान भनेर आफू हरिया मकैका घोगा किन्न बजार दौडनुहुन्छ । कहिलेकाहीँ नजिककै बर्दिबास, बडहरी र ढल्केबर बजारमा मकै पाइए पनि प्रायजसो सर्लाहीको नवलपुर, हरिऔन र लालबन्दी बजार पुग्नु परेको दासले बताउनुभयो ।

    करिब ३०/३५ किलोमिटर धाएर ल्याएको मकै सडकपेटीमै पसारेर हातमुख जोर्ने बन्दोबस्त गर्ने दासलाई त्यसरी आर्जेको एक गाँस खान पनि निकै हतार हुन्छ । “मकै लिन जाँदै एउटा थैलामा खानेकुरा बोकेर हिँड्छु, यहाँ बर्दिबासको सडकपेटीमा मकै बिसाउनासाथ ग्राहक झुम्मिन्छन्, आपूm खानेकुरा खानु कि ग्राहक हेर्नु हुन्छ”, दास भन्नुहुन्छ, “सधैँको राख्ने ठाउँबाट तावा र कोइला निकाल्छु, हतारहतार दुई गाँस खाएर मकै पोल्न थाल्छु ।”

    उहाँको दैनिकी दसौँ वर्षदेखि चलिरहेको छ । “लाउँलाउँ खाउँखाउँकै उमेरमा पतिको मृत्यु भएपछि मेरा अगाडि कुनै सहारा थिएन, छोरी भर्खर एक वर्ष टेक्दै थिइन्, त्यसैबेला बज्रपात प¥यो”, दासले पीडा सुनाउनुभयो,“छोरीतिर हेरेँ, अनि म सम्हालिन पर्छ भन्ने लाग्यो । यसलाई लेखपढ गराउँछु भन्ने त्यतिखेरै सोचेँ । केही गर्छु भन्ने मनमा आए पनि आपूmसँग पुँजी नभएपछि केही दिन छरछिमेकमा ज्यालामजदुरी गरेर जीवन धान्न थालेँ ।”

    अर्काको अधीनको कामले आपूm र छोरी पालिन धौधौ परेपछि आफ्नै केही पेसा गर्नुपर्छ भन्ने हुटहुटीले मकै पोल्न थालेको उहाँ सम्झनुहुन्छ । “कोइला (दाउराको अँगार) आफ्नै बस्तीका आरनेकाकासँग उधारोमा पाएँ, एउटा ठूलो तावा र मकै चाहियो, त्यसका लागि टोलका तीन÷चार जनासँग मागेर दुई हजार पु¥याएँ”, करिब १० वर्षअघिको कुरा सम्झँदै उहाँ भन्नुहुन्छ, “बस्, भोलिपल्टदेखि नै बर्दिबासको सडकपेटीमा मकै पोल्न थालेँ । यो काम थालेयता दुई÷चार पैसा थैलीमा हुन थालेको छ । छोरी सपनालाई पढाउन पाएको कुरामा सन्तुष्ट छु । सपना (छोरी) राम्रो पढेकी छ भन्छन्, उनका माड्साबले यस्तो सुन्दा दङ्ग पर्छु । आपूmले अक्षर चिनिन, छोरीले राम्रो पढेकी छे भन्ने सुन्दा आफ्नो मन  बुुझाउने ठाउँ पाएकी छु ।”

    सुरुमा एक सय घोगा मकैबाट सुरु गरेको व्यापार हाल दिनहुँ तीन सय घोगासम्म बेच्ने गरेको दास बताउनुहुन्छ । हाल पेसा गरिरहेको सडकबाट हटाउन बेलाबेला दबाब आए पनि उपयुक्त नयाँ ठाउँ नपाएकाले ठाउँ सर्न नसकेको उहाँको भनाइ छ । “कति ठाउँमा फुटपाथ पसलेका सामान कर्मचारीले फ्याँके भन्ने सुनेकी छु, डर लाग्छ, तर मलाईचाहिँ त्यस्तो गरिएको छैन । टेक्ने समाउने अरू ठाउँ नहुँदा यही पेटीलाई सहारा बनाएकी छु । कसैगरी छोरीले राम्रो पढी भने जीवन अलि सहज हुने आसमा यही पेसामा रमाइरहेकी छु”, उहाँ भन्नुहुन्छ ।

    दिनहुँ मध्याह्नपछि थालिने मकै पोल्ने र बेच्ने कामले रु सात÷आठ सयसम्म कारोबार हुने गरेको र यसले आमाछोरीको गुजारा र छोरीको पढाइ धानिरहेको दासले बताउनुभयो । उहाँकै छिमेकी अघनियाँ महराले पनि उहाँबाट प्रभावित भएर मकै पोल्ने पेसा अँगाल्नु भएको छ । बर्दिबासचोककै सडकपेटीमा मकै पोलेर बेच्ने ५५ वर्षीया महराको जीवन पनि दासको जस्तै छ । पति रौदी महराको २० वर्षअघि मृत्यु हुँदा दुई छोरी र छोरा सबै १० वर्षमुनिका थिए । बस्ती वरपर बनिबुतो (मजदुरी) गरेर जहानको गुजारा चलाएका पतिको मृत्युपछि कतिपय दिन भोकभोकै सुत्नु परेको महराको सम्झनामै छ । “कतिले दयामाया गरेर एकमुठी खानेकुरा दिन्थे, ससाना लालाबालालाई अब भोलि खाउँला भनेर थुमथुम्याउँदै सुताउँथे”, अप्ठ्यारा दिनहरू सम्झँदै उहाँ भन्नुहुन्छ, “सरिताले मकै पोल्न थालेकी थिइन्, उनैको सल्लाहले बनिबुतोको पैसा जम्मा गरेर मैले पनि थालेँ । यसले जीवन धानिएको छ ।”

    महराले मकै पोलेर बेचेको पैसाले नै दुई छोरीको विवाह गर्नुभयो । छोराको पनि बिहे भयो । नाति काखमा छ । छोराबुहारी दुवै सहयोगी हुँदा व्यापारमा साथ पाएको उहाँ बताउनुहुन्छ । “अब छोरा विदेश जाने भन्दैछ, त्यसका लागि रकम जम्मा गर्दैछौँ, ऊ गएपछि सासूबुहारी मिलेर यहाँको काम चलाउँछौँ,” भविष्यको मीठो सपना सँगाल्नुभएकी उहाँ भन्नुहुन्छ, “छोराले दुःख बुझेको छ । पक्कै हाम्रा दिन फेरिएलान् नि !”

    दास र महराजस्तै बर्दिबास–२ बारनचौडीकी ६० वर्षीया जयकलादेवी मुखिया पनि बर्दिबासको भोलावसन्तचोक छेउकै सडकपेटीमा मकै पोलेरै जीवन निर्वाह गरी रहनुभएको छ । पारिवारिक अवस्था भने मुखियाको दास र महराभन्दा निकै कहालिलाग्दो छ । पति सत्यनारायण मुखिया रक्सीको कुलतले ३० वर्षअघि बित्नुभयो । चार छोरामध्ये हुर्केका दुई छोरा रक्सीकै कुलतले मरे । साइँलो छोरो हराएको २५ वर्ष भयो । घरमा अब कान्छो छोरा, बुहारी र आपूmसहित तीन जनाको गुजारा मकै पोलेरै गर्नुपरेको मुखियाले बताउनुभयो । उहाँले मकै पोलेर गुजारा चलाउन थालेको २० वर्ष भइसकेको छ ।

    “पति हुँदा पनि सहारा त थिएनन्, दिनभरि भट्टीतिरै हुन्थे, गुजाराका लागि आफैँ बनीबुतो गर्नुपथ्र्यो । पछि केही पैसा जम्मा गरेर मकै पोल्न थालेकी हुँ, यसले धानेको छ । हाल दिनमा चार सय घोगासम्म मकै बेचेर दैनिक रु एक हजार जति कारोबार हुने गरेको छ”, मुखिया भन्नुहुन्छ, “कामले थोरै सन्तोष दिए पनि छोरो र विगत सम्झदा विरक्त लाग्छ । पति रक्सीले नै मरे, छोराहरूको पनि त्यही कुलतले ज्यान गयो । एउटा मरेबाँचेको अत्तोपत्तो छैन ।”

    यसरी बर्दिबासमा सडकपेटीमा ससाना व्यवसाय गर्ने धेरै छन् । यिनलाई प्रोत्साहन गर्दै निर्धक्क पेसा गर्ने वातावरण बनाउन आवश्यक रहेको सामाजिक अभियन्ता महिला बर्दिबास–२ की नगिना महतो बताउनुहुन्छ ।

    बिहिबार, मङि्सर ११, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.