काठमाडौं । १२ दिनदेखि अनसनरत युवाहरु र सरकारबीच १२ बुँदे सहमति भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र युवाहरुबीच आरडीटी बन्द गर्ने लगायतका सहमति भएका हुन् ।
Advertisement
आरडीटी रोकेर पीसीआर परीक्षण बढाउनुपर्ने, कोरोना नियन्त्रणका लागि सरकारले प्रभावकारी काम गर्नुपर्नेलगायतका माग राखि अघिल्लो शुक्रबारदेखि ‘ई’, पुकार बमलगायतका युवाहरु अनसन बसेका थिए । सहमतिपछि आज (मंगलबार) उनीहरुले अनसन स्थगित गर्दैछन् ।
इनफ इज इनफ अभियानका अनसनकारीसँग सोमबार साँझ स्वास्थ्य मन्त्रालयका तर्फबाट डा. रोशन पोखरेल, डा. सन्तोष पौडेल र डा. समीर अधिकारीले वार्ता गरेका थिए ।

