• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

सार्वजनिक सवारीसाधन नचल्दा यात्रुलाई सास्ती


  •   सोमबार, असार २२, २०७७ मा प्रकाशित
  • सञ्चिता घिमिरे,काठमाडौं ।
    हरिसिद्धि बस्दै आउनुभएका महेश श्रेष्ठलाई हिजोआज मङ्गलबजारस्थित पसल आउन जान गाह्रो भएको छ । झण्डै पाँच किमी दूरीमा कहिले हिँडेरै त कहिले कसैले रोकिहाल्दा मोटरसाइकल वा गाडीमा ओहोरदोहोर गरेको उहाँले बताउनुभयो । कोरोनाको त्रासका कारण धेरैले मोटरसाइकल वा गाडी रोक्नै खोज्दैनन् ।

    Advertisement

    कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि सरकारले जारी राखेको बन्दाबन्दीका कारण लामो समय थुनिएको पसल अहिले खोल्नुपर्ने बाध्यता रहेको श्रेष्ठले बताउनुभयो । सामान्य अवस्थामा सार्वजनिक सवारीसाधन पर्याप्त चल्ने हुँदा गाह्रो नभए पनि अहिले उहाँलाई आफ्नो निजी सवारीसाधन आवश्यकता महसुस भएको छ । सामान्य अवस्थामा पसलमा उहाँ र श्रीमती बस्ने गर्नुभएको थियो । अहिले व्यापार कम भएकाले उहाँ मात्रै जानुहुन्छ । पाँच वर्ष पहिले नाकाबन्दीका समयमा पनि सार्वजनिक सवारीसाधन चढ्नै मुस्किल थियो । तर त्यतिबेला जो कोहीले रोक्ने गरेको उहाँले बताउनुभयो । अहिले आफूलाई पनि कोरोना लागेका मान्छे हो कि भन्ने आफैँलाई पनि डर हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले हत्तपत्त कसैले रोक्नै नखोज्ने भएकाले हिँडेरै आउने जाने गरेको छु ।’

    महेशजस्तै सार्वजनिक सवारीसाधन नचल्दा जोरपाटीकी अञ्जना सुवेदीलाई पनि गाह्रो भएको छ । अनामनगरस्थित एउटा निजी कम्पनीमा कार्यरत उहाँ सामान्य अवस्थामा माइक्रोमा आउने जाने गर्नुभएको थियो । अहिले बिहान श्रीमान्सँग आउने र फर्कदा चाबहिलमा रहेको श्रीमान्को कार्यालयसम्म हिँडेरै जानुहुन्छ । आफ्नो ५ बजे र श्रीमान्को ६ः३० मा छुट्ने भएकाले बस्नुभन्दा हिँडेरै जाने गरेको उहाँले बताउनुभयो । कार्यालय नजाँदा तलब काटिने भएकाले आवतजावत गाह्रो भए पनि दैनिक कार्यालय जाने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘तीन महिनाको तलब आएन, अहिले पनि काम नगरे के खानु छ र ?’

    गत चैतदेखि जारी बन्दाबन्दी खुकुलो गरेसँगै काठमाडौँ उपत्यकामा अधिकांश कार्यालय र पसल खुलेका छन् । तर यातायातका साधन सहजरुपमा नचल्दा उपत्यकावासीलाई ओहोरदोहोरमा कठिनाइ भएको छ । आफ्नो निजी सवारीसाधन नभएर सार्वजनिक यातायातमै भर परेका नागरिक अहिले कष्टकर यात्रा गर्न बाध्य भएका छन् । कतिपय घण्टौँ हिँडेर गन्तव्य पुग्छन् । कतिपयले अरुसँग लिफ्ट माग्छन् । यातायातका साधन नचल्द कतिपय अहिले पनि काममा जान नसकेर घरमै बस्न बाध्य भएका छन् ।

    यातायात क्षेत्रका अभियानकर्मी राम थापा सरकारले कि पहिलेजस्तै बन्दाबन्दी जारी राख्नुपर्ने कि निजी जस्तै सार्वजनिक यातायात खुला गर्नुपर्ने बताउनुभयो । सार्वजनिक यातायातका साधन नचल्दा उपत्यकामा मध्यम र निम्न वर्गका मानिसले कष्टकर यात्रा गर्नुपरेको उहाँले बताउनुभयो । यात्रुलाई समस्या हुँदाहुँदै पनि सरकारले पर्याप्त तयारी गरेर मात्रै सवारीसाधन खुलाउनुपर्ने उहाँको भनाइ छ । सरकारले व्यवसायीको दबाबमा अरु व्यवसाय खोल्ने र यातायात व्यवसायीको दबाबकै कारणले मात्रै तयारी नगरी सार्वजनिक यातायात खुलाउन नहुने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘सार्वजनिक यातायात खुलाउँदा आमनागरिकको स्वास्थ्यमा असर पुग्छ पुग्दैन विचार गरेर र सावधानी अपनाएर खोल्नुपर्छ ।’

    सार्वजनिक यातायात सञ्चालन नहुँदा एकातिर व्यवसायी, यातायातका कर्मचारी र आश्रित परिवारलाई आर्थिक समस्या भएको र अर्कातिर यात्रुलाई गाह्रो भएको राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले बताउनुभयो । चैत ११ मा सरकारले बन्दाबन्दी जारी गरेसँगै केही मालवाहक सवारीसाधन सञ्चालन भए पनि यात्रुवाहक सवारीसाधन ठप्प छन् । सवारीसाधन तीन महिनाभन्दा बढी समयदेखि थन्किएकाले मर्मतमै धेरै खर्च लाग्ने उहाँले बताउनुभयो ।

    सवारीसाधन नचलेको समयमा बैंक किस्ता, सवारीसाधनका विभिन्न करलगायतमा सहुलियको माग महासंघले गर्दै आएको छ । सवारीसाधन ग्यारेजबाट सडकसम्म आउने वातावरण सरकारले बनाउनुपर्नेमा उहाँको जोड छ । उहाँले भन्नुभयो, ‘हामी पनि सवारीसाधन सधैँ थन्काउन होइन सडकमा गुडाउनै चाहन्छौँ तर त्यसका लागि सरकारले चालक, सहचालकको स्वास्थ्य र हाम्रो लगानीको सुनिश्चित गर्नुपर्छ ।’

    यातायात व्यवस्था विभागले स्वास्थ्य सावधानीसहित सार्वजनिक सवारीसाधन सञ्चालनका लागि खाकासहितको कार्यविधि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पेश गरेको छ । कार्यविधिमा सिट क्षमताभन्दा आधा मात्रै यात्रु राख्नुपर्ने, आवश्यक स्वास्थ्य सामग्रीको व्यवस्थापनलगायतका विषय समावेश छन् । सवारीसाधन कसरी सञ्चालन गर्न सकिन्छ भनी छलफल भइरहेको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताउनुभयो ।

    सार्वजनिक सवारीसाधन सञ्चालनको निर्णय मन्त्रिपरिषद्को बैठकले गर्ने भए पनि निर्णयपछि सवारीसाधन सञ्चालनका लागि तयारी अवस्थामा रहन व्यवसायीलाई भनिएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘आफ्नो सवारीसाधन मर्मत गरेर चल्नसक्ने अवस्थामा राख्नु उहाँहरुको कर्तव्य हो ।’

    सोमबार, असार २२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.