काठमाडौँ । देशको समसामयिक परिस्थितिबारे जनताको चेतनास्तर उठाउन राष्ट्रिय जनमोर्चाले गुल्मीमा आयोजना गरेको सभालाई नेकपा (मसाल) ५ नम्बर ब्युरो प्रवक्ता तिलक जिसीले सम्बोधन गर्नुहुने भएको छ ।
Advertisement
राजमो केन्द्रीय कार्यालयले युगदर्शन मिडियालाई सो जानकारी दिनुभएको हो ।
यसअघिको प्रेसवक्तव्यमा सो जिल्लामा राजमो केन्द्रीय सदस्य राजेन्द्र ढुङ्गानाले सम्बोधन गर्ने लेखिएकोमा सच्याइएको राजमोले जनाएको छ ।
राजमोले मङ्सिर २१ देखि मसान्तसम्म देशैभरिका २१ भन्दो बढी जिल्लामा सभा सम्पन्न गर्ने सो वक्तव्यमा जनाइएको थियो । त्यसका लागि केन्द्रले वक्ताको समेत ठेगान गरिसकेको छ ।