वीरेन्द्रनगर । सुर्खेतमा राष्ट्रिय जनमोर्चाको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
केन्द्रीय उपाध्यक्ष जनकराज शर्माको प्रमुख आतिथ्यमा २०८२ कात्तिक २५ गते मङ्गलबार प्रदेश कार्यालय वीरेन्द्रनगरमा सो कार्यक्रम सम्पन्न भएको हो ।
“जेनजी आन्दोलन र त्यसले दिएको शिक्षा” विषयक सो कार्यक्रममा आएका जिज्ञासाको स्पष्टीकरण प्रमुख अतिथि शर्माले जेनजी आन्दोलनले ओली सरकारलाई पतन गराए पनि उनीहरू आफै स्पष्ट विचार र सङ्गठित नभएको जिकिर गर्नुभयो ।
राजनीतिक अपरिपक्वता र असङ्गठित शक्ति भएकाले जेनजी आन्दोलनलाई अमेरिकी साम्राज्यवादले उपयोग गरेको धारणासमेत उहाँले राख्नुभयो ।
कार्यक्रममा राजमो केन्द्रीय सदस्य रत्नविक्रम प्यासी, नेकपा (मसाल) सुर्खेतका प्रवक्ता मोहन थापामगर, नेकपा (माओवादी केन्द्र) का टोपबहादुर पुलामी, नेकपा समाजवादीका खड्क बिसी, क्रान्तिकारी कम्युनिस्ट पार्टीका सचिव रतन वली, नेकपा बहुमतका मायाराम न्यौपाने, नेपाल पत्रकार महासङ्घ सुर्खेतका अध्यक्ष सुशीलप्रसाद शर्मा, वामपन्थी बुद्धिजीवी शिवप्रसाद उपाध्याय, प्रगतिशील साहित्यकार डा. दीपक गोतम, कानुन व्यवसायी टिका पोखरेल, साहित्यकार पृथ्वीबहादुर सिंहलगायत धारणा राख्नुभएको थियो ।

अवधारणापत्र वाचन राजमो कर्णाली प्रदेश समितिका सदस्य लालबहादुर नेपालीले गर्नुभएको थियो ।
राजमो कर्णाली प्रदेश समितिका अध्यक्ष पूर्णबहादुर शाहीको स्वागत तथा राजमो सुर्खेतका सचिव विष्णुप्रसाद शर्माको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रम राजमो सुर्खेतका अध्यक्ष गोविन्दप्रसाद सुवेदीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

