• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, कार्तिक १५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कोलम्बियाली विद्रोही शिविरमा भेनेजुएलाको आक्रमण, नौ जनाको मृत्यु

बेनी-दरवाङ सडक सञ्चालन

अनशनरत डा. केसीको स्वास्थ्य बिग्रिँदो

महाकाली सिँचाइ आयोजनाः संरचना बने तर नहरमा पानी आएन

सर्वोच्च अदालतका प्रस्तावित चार न्यायाधीशविरुद्ध आठ उजुरी

रास्वपा प्रधान न्यायाधीशलाई महाभियोग नलगाउने पक्षमा

बाइनान्सको क्रिप्टो चोरीमा उत्तर कोरियाली ह्याकर सङ्लग्न : एफबीआई

जीवनयापनको खर्च र सार्वजनिक सेवाको अवस्थालाई लिएर युरोपभर प्रदर्शन

भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन

लोकप्रिय समाचार

  • १. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • २. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ३. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ६. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ७. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • ८. सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

  • ९. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

  • १०. मूल प्रवाहको पहलमा चार लाख रुपैयाँ प्रारम्भिक क्षतिपूर्ति

इन्डोनेसियाका दिवङ्गत राष्ट्रपति सुहार्तोलाई राष्ट्रिय नायक घोषणा


  •   सोमबार, कार्तिक २४, २०८२ मा प्रकाशित
  • जकार्ता । इन्डोनेसियाका दिवङ्गत पूर्व राष्ट्रपति तथा सैन्य शासक सुहार्तोलाई सोमबार आयोजित विशेष समारोहमार्फत राष्ट्रिय नायकको रूपमा घोषणा गरिएको छ ।

    Advertisement

    उहाँको मानव अधिकार अभिलेखका कारण कार्यकर्ता र शिक्षाविद्हरूको तीव्र विरोध हुँदाहुँदै पनि सरकारको निर्णय अनुसार उहाँलाई राष्ट्रका ‘नायकहरूको सूची’ मा समावेश गरिएको हो ।

    राष्ट्रपतिको सैन्य सचिवले पढेको औपचारिक आदेशअनुसार सुहार्तोलाई यो वर्षका १० नयाँ राष्ट्रिय नायकमध्ये एकका रूपमा घोषित गरिएको हो । तीमध्ये इन्डोनेसियाका पहिलो लोकतान्त्रिक रूपमा निर्वाचित राष्ट्रपति, प्रमुख महिला अधिकार अधिवक्ताहरू, इस्लामिक विद्वानहरू र स्वतन्त्रता सेनानीहरू पनि सामेल छन् । हालसम्म राष्ट्रिय नायकहरूको सूचीमा २०० भन्दा बढी व्यक्तिको नाम सूचीकृत भइसकेको छ ।

    वर्तमान राष्ट्रपति प्रबोवो सुबिआन्तोले सोमबारको राष्ट्रिय नायक दिवसको अवसरमा आयोजित भव्य समारोहको अध्यक्षता गर्नुभयो । प्रबोवो दिवङ्गत सुहार्तोका पूर्व ज्वाइँ समेत हुनुहुन्छ ।

    सुहार्तोलाई राष्ट्रिय नायकको उपाधि दिने तयारीले देशभर विवाद र आक्रोशको लहर उठाएको थियो । सोबारे प्रश्न उठेपछि राष्ट्रपति प्रबोवोको कार्यालयले राष्ट्रपतिलाई उपाधि प्रदान गर्ने संवैधानिक अधिकार रहेको भन्दै निर्णयको बचाउ गरेको थियो ।

    सन् १९६७ मा असफल सैनिक कूपछि सुहार्तोले सत्ता हातमा लिनुभएको थियो र तीन दशकभन्दा बढी समयसम्म इन्डोनेसियामा शासन गर्नुभएको थियो । उहाँको शासनकाल राजनीतिक असहमतिमाथिको कठोर दमन, मानव अधिकार उल्लङ्घन र व्यापक भ्रष्टाचारका आरोपले कलङ्कित बनेको थियो । सन् २००८ मा उहाँको ८६ वर्षको उमेरमा निधन भएको थियो ।

    गत हप्ता करिब ५०० नागरिक समाजका प्रतिनिधि, मानव अधिकारकर्मी र शिक्षाविद्हरूले संयुक्त रूपमा राष्ट्रपति प्रबोवोलाई सार्वजनिक पत्र पठाउँदै सुहार्तोलाई नायक घोषणा नगर्न आग्रह गरेका थिए । पत्रमा भनिएको थियो, “सुहार्तोलाई उपाधि प्रदान गर्नु लोकतान्त्रिक मूल्यहरूको अपमान हो र इतिहासको खतरनाक विकृति हो, जसले उहाँका पीडितहरूलाई पुनः घाइते बनाउँछ ।”

    मानव अधिकार समूह कोन्ट्रासका संयोजक डिमास बागुस आर्याले एएफपीसँग कुरा गर्दै सुहार्तोलाई राष्ट्रिय नायक घोषणा गर्नु ‘अनैतिक कदम’ भएको बताउनुभयो । उहाँका शब्दमा, “मानव अधिकार उल्लङ्घन र राज्य हिंसामा संलग्न भएको आरोप लागेका व्यक्ति राष्ट्रका नायक कहलिन योग्य हुँदैनन् । यस्तो निर्णयले दण्डहीनतालाई सामान्य बनाउन सहयोग गर्छ ।”

    तर राज्य सचिव प्रसेतियो हादीले भने सरकारको निर्णयको बचाउ गर्दै भन्नुभयो, “यो निर्णय हाम्रो इतिहास र पूर्व नेताहरूको योगदानप्रति सम्मान प्रकट गर्ने एक हिस्सा हो । सुहार्तोले पनि आफ्नो समयमा राष्ट्र र जनताका लागि उल्लेखनीय योगदान गर्नुभएको छ ।”

    सोमबारको समारोहमा सुहार्तोकी छोरी सिती हरदियन्ती रुक्माना र छोरा बाम्बाङ त्रिहातमोद्जो समेत उपस्थित हुनुहुन्थ्यो । समारोहपछि सितीले सञ्चारकर्मीहरूलाई सम्बोधन गर्दै भन्नुभयो, “कृपया मेरा बुबाले देशका लागि युवावस्थादेखि बुढेसकालम्म गरेका सङ्घर्षहरू सम्झनुहोस् । उहाँले इन्डोनेसियाका जनताको हितका लागि आफ्नो जीवन अर्पण गर्नुभएको थियो ।”

    यस वर्ष सम्मानित अन्य नौ व्यक्तिमध्ये श्रमिक अधिकारका लागि लड्दा मारिएकी कार्यकर्ता मार्सिना र सन् २००९ मा निधन भएका पूर्व राष्ट्रपति अब्दुर्रह्मान वाहिद पनि सामेल हुनुहुन्छ ।

    प्रबोवोले नेतृत्व गर्नुभएको यो निर्णयले इन्डोनेसियामा पुनः पुराना घाउहरू चर्काउने र राजनीतिक तथा नैतिक बहसलाई पुनः जीवित बनाएको विश्लेषकहरूले बताएका छन् ।

    सोमबार, कार्तिक २४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कोलम्बियाली विद्रोही शिविरमा भेनेजुएलाको आक्रमण, नौ जनाको मृत्यु
    बाइनान्सको क्रिप्टो चोरीमा उत्तर कोरियाली ह्याकर सङ्लग्न : एफबीआई
    जीवनयापनको खर्च र सार्वजनिक सेवाको अवस्थालाई लिएर युरोपभर प्रदर्शन
    भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन
    नाइजेरियामा ४८ लडाकु मारिएको सेनाको दाबी
    इथियोपियामा ड्रोन आक्रमण हुँदा बालबालिकासहित १४ जनाको मृत्यु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • २.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ३.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ६.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    भर्खरै

    • १.
      कोलम्बियाली विद्रोही शिविरमा भेनेजुएलाको आक्रमण, नौ जनाको मृत्यु

    • २.
      बेनी-दरवाङ सडक सञ्चालन

    • ३.
      अनशनरत डा. केसीको स्वास्थ्य बिग्रिँदो

    • ४.
      महाकाली सिँचाइ आयोजनाः संरचना बने तर नहरमा पानी आएन

    • ५.
      सर्वोच्च अदालतका प्रस्तावित चार न्यायाधीशविरुद्ध आठ उजुरी

    • ६.
      रास्वपा प्रधान न्यायाधीशलाई महाभियोग नलगाउने पक्षमा

    • ७.
      बाइनान्सको क्रिप्टो चोरीमा उत्तर कोरियाली ह्याकर सङ्लग्न : एफबीआई

    • ८.
      जीवनयापनको खर्च र सार्वजनिक सेवाको अवस्थालाई लिएर युरोपभर प्रदर्शन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.