काठमाडौं । बझाङको केदारस्युँ गाउँपालिका ८ मल्लेसीमा गएराति पहिरो जाँदा कम्तिमा १७ घर बगाएको छ । पहिरोमा परी ७ जना वेपत्ता भएको प्रहरीले जनाएको छ ।
Advertisement
स्थानीका अनुसार पहिरोले एउटा पावरहाउस पनि बगाएको छ । सदरमुकामबाट झण्डै पाँच घण्टा टाढा पैदल दूरीमा रहेको घटनास्थलतर्फ प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले बझाङले जनाएको छ ।
सिंगो गाउँ नै पहिरोको चपेटामा परेकाले स्थानीयको बिचल्ली भएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

