बुटवल, रुपन्देही । पूर्व उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले भदौ २४, गतेको जेन–जी आन्दोलनका क्रममा आगजनी गरिएको राष्ट्रिय जनमोर्चा (राजमो) बुटवल कार्यालयको बिहीबार अवलोकन गरेका छन् ।
Advertisement
पौडेलसँगै एमालेका नेता बासुदेव घिमिरेलगायतको टोलीले राजमो कार्यालय पुगेको थियो । टोलीले आगलागीबाट भएको क्षति, भवनको अवस्था र त्यसको पुनर्निर्माणका सम्भावनाबारे स्थलगत जानकारी लिएको बताइएको छ ।
अवलोकनका क्रममा पूर्व उपप्रधानमन्त्री पौडेलले राजनीतिक असहिष्णुता र हिंसात्मक गतिविधिहरूले लोकतान्त्रिक अभ्यासमा नकारात्मक प्रभाव पार्ने भन्दै यस्ता घटनाको तीव्र निन्दा गरेका थिए। उनले राजनीतिक मतभेदलाई संवाद र सहमतिको माध्यमबाट समाधान गर्नुपर्ने आवश्यकता औंल्याए ।
