• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

इरानद्वारा ट्रम्पको धम्कीलाई प्रचारको औजारको संज्ञा

भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक स्वीकृत

मध्य र दक्षिण दिल्ली एरिया समितिको संयुक्त भेला तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो

सुकीप्रति उदार भएको मिन आङ ह्लाइङको दाबी

एल निनो र युद्धले श्रीलङ्काको अर्थतन्त्रमा जोखिम

श्रीलङ्का विस्फोटमा १५ जना दोषी ठहर

अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो

एआईका सम्भावित जोखिम व्यवस्थापनका लागि विश्वव्यापी सहकार्यमा जोड : गुटेरेस

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ८. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ९. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • १०. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

विकासोन्मुख देशहरूका लागि उन्नतस्तरको समर्थन आवश्यक छ : राष्ट्रपति


  •   मङ्गलबार, कार्तिक १८, २०८२ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकासोन्मुख देशहरूका लागि स्रोतका साथै प्राविधिक ज्ञान तथा सीप आवश्यक रहेको र त्यसका लागि एकता, न्याय र साझा जिम्मेवारीमा आधारित उन्नतस्तरको समर्थन आवश्यक रहेको बताउनुभएको छ ।

    Advertisement

    कतारको दोहामा सुरु भएको दोस्रो विश्व सामाजिक विकास शिखर सम्मेलनलाई मङ्गलबार सम्बोधन गर्दै उहाँले सो धारणा व्यक्त गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । “विकासोन्मुख देशहरूका लागि स्रोतका साथै प्राविधिक ज्ञान र सीप पनि आवश्यक छ, न्यायपूर्ण विश्व व्यापार प्रणाली, विकास सहायताका प्रतिबद्धताहरूको कार्यान्वयन, जलवायु वित्त, प्रविधि हस्तान्तरण र लगानीको पनि आवश्यकता छ”, राष्ट्रपति पौडेलले भन्नुभयो ।

    उहाँले गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा र सामाजिक सुरक्षामा सबैको पहुँच सुनिश्चित गर्नु आफूहरूको प्राथमिकता भएको बताउनुभयो । “हाम्रो विकास प्रयासको केन्द्रविन्दुमा समावेशी शासन र सीमान्तकृत समुदायहरू जस्तै महिला, युवा, आदिवासी जनजाति, दलित, अपाङ्गता भएका व्यक्तिलगायतको सशक्तीकरण गर्नुरहेको छ । गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा र सामाजिक सुरक्षामा सबैको पहुँच सुनिश्चित गर्नु हाम्रो प्राथमिकता हो”, राष्ट्रपति पौडेलले भन्नुभयो ।

    उहाँले समावेशीता, न्याय र सामाजिक सुरक्षालाई नेपालले सामाजिक विकासका आधार स्तम्भका रूपमा लिइएको बताउनुभयो । नेपालको संविधानले कोपेनहेगन घोषणापत्रका प्रमुख सिद्धान्तहरूलाई आत्मसात् गरेको तथा आफूहरूले हरेक नागरिकले समान अधिकार, समान अवसर र सम्मानका साथ जीवनयापन गर्न पाउने समाजको परिकल्पना गरेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले राजनीतिक सङ्कल्प र सामूहिक प्रयासका कारण नेपालले उल्लेखनीय उपलब्धिहरू हासिल गरेको बताउनुभयो ।

    सन् १९९५ देखि गरिबी आधा घटेको, दिगो विकासका लक्ष्यहरूको प्रगति विश्वको औसतभन्दा बढी रहेको र ९५ प्रतिशतभन्दा बढी नेपालीले स्वच्छ ऊर्जा प्रयोग गरेको राष्ट्रपति पौडेलको भनाइ थियो । “शिक्षालगायत सबै क्षेत्रमा लैङ्गिक समानता बढेको छ, मातृ तथा बाल मृत्युदरमा उल्लेखनीय कमी आएको छ, नेपालमा हाल सञ्चालित करिब नब्बे सामाजिक सुरक्षा कार्यक्रमहरूले हाम्रा वृद्धवृद्धा, महिला, बालबालिका र अपाङ्गता भएका व्यक्तिहरूलाई सहयोग पुर्‍याउँदै आएका छन्, हाम्रो संविधानले महिला, दलित, आदिवासी जनजाति र अन्य सीमान्तकृत समूहहरूको प्रतिनिधित्व सुनिश्चित गरेको छ”, उहाँले भन्नुभयो ।

    सम्बोधनका क्रममा राष्ट्रपति पैडेलले विश्वका कतिपय मुलुकमा सुशासनका पक्षमा युवा पुस्ताले ल्याएको उभारजस्तै नेपालमा पनि गत भदौ २३ र २४ मा जेनजीका नाममा प्रदर्शन भएको तर आफूहरूले  संविधान र लोकतान्त्रिक प्रणाली जोगाउँदै मुलुकलाई सुरक्षित अवतरण गरेर फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन घोषणा गरेको उल्लेख गर्नुभयो । निर्वाचनले नेपाललाई राजनीतिक निकास दिँदै सुशासन, विकास र समृद्धिको बाटोमा अगाडि बढाउने उहाँको विश्वास छ ।

    “इतिहासले हामीलाई सिकाएको छ– समावेशिता र साझा समृद्धि दिगो शान्ति, उन्नति र मानवीय मर्यादाको आधारशिला हो, आज हामीले जे गर्छौँ त्यसैले भविष्य निर्माण गर्ने हो, तसर्थ हामी त्यस्तो भविष्यको संरचना तयार गरौँ, जसले सबैका लागि सामाजिक–आर्थिक विकास सुनिश्चित गरोस्”, राष्ट्रपति पौडेलले भन्नुभयो ।

    इतिहासको महत्त्वपूर्ण मोडमा नेपाल रहेको र जनताका अपेक्षाहरू पूरा गर्नका लागि विश्वव्यापीस्तरमा ठोस र समन्वयात्मक कार्य गर्ने यो महत्त्वपूर्ण समय भएको उहाँको भनाइ थियो ।  “आममानिसमा तीव्र गति र स्तरमा सूचनाको पहुँच पुगेसँगै अति कम विकसित र विकासोन्मुख मुलुकका जनताको पनि अपेक्षा चुलिएको छ, उनीहरू तत्कालै गुणस्तरीय जीवन, शिक्षा, स्वास्थ्य र सम्मानजनक रोजगारी चाहन्छन्, तर सीमित स्रोतसाधन र संस्थाहरूको क्षमताको सीमितताका कारण यथार्थ अवस्था फरक छ”, राष्ट्रपति पौडेलले भन्नुभयो ।

    न्यायपूर्ण, समावेशी र समतामूलक विश्व र सामाजिक विकासका सिद्धान्तमा आधारित रहेर जलवायु परिवर्तन र यसले नेपाली जनजीवनमा पारेको प्रतिकूल असरबारे जानकारी गराउँदै उहाँले कार्बन उत्सर्जनमा नगण्य योगदान दिए पनि नेपालले जलवायु परिवर्तनको सबैभन्दा खराब असरहरूको मार खेपिरहेको बताउनुभयो । “यसमा हाम्रो किमार्थ दोष छैन, जलवायु परिवर्तनको असमानुपातिक प्रभावले पनि नेपालको सामाजिक–आर्थिक विकासको यात्रामा समस्या सिर्जना गरेको छ, यस सन्दर्भमा मुलुकहरूको विकास प्रयासलाई अघि बढाउन विश्वव्यापी ऐक्यबद्धता, समर्थन र सहयोगको महत्त्वपूर्ण भूमिका रहन्छ”, राष्ट्रपति पौडेलले भन्नुभयो ।

    राष्ट्रपति पौडेलले अन्तरराष्ट्रिय समुदायले विकासोन्मुख देश एवं खासगरी अतिकम विकसित मुलुकहरूको विकास प्रयासलाई सघाउन ठोस कदम चाल्ने विश्वास व्यक्त गर्दै शिखर सम्मेलन नेपालजस्ता देशका लागि अर्थपूर्ण हुनेछ भन्नुभयो । “दोहा घोषणापत्रले हाम्रा भविष्यका कदमहरूलाई मार्गदर्शन गर्ने विश्वास छ,” उहाँले भन्नुभयो । उहाँले शिखर सम्मेलनपश्चात् ठोस र समन्वयात्मक कदमहरू चाल्न आवश्यक छ साथै प्राथमिकताहरू पुनःसमीक्षा गरी तदनुरूप स्रोत परिचालन गर्नुपर्नेमा जोड दिनुभयो ।

    तीस वर्षअघि जारी गरिएको कोपेनहेगन घोषणापत्र न्यायपूर्ण, समावेशी र समतामूलक विश्वतर्फको सामूहिक यात्राको ऐतिहासिक क्षण रहेको स्मरण गर्दै उहाँले उक्त घोषणापत्रमार्फत हामीले सामाजिक विकासका सिद्धान्तहरूलाई विश्व एजेन्डामा समावेश गरेका छौँ र जनताका अधिकार, मर्यादा र कल्याणलाई  सर्वाङ्गीण विकास प्रयासको केन्द्रमा राख्ने प्रतिबद्धता जनाएका छौँ भन्नुभयो ।

    “ कोपेनहेगन घोषणापत्र जारीदेखि अहिलेसम्म हामीले उल्लेखनीय प्रगति गरेका छौँ, गरिबी घटेको छ, शिक्षा र स्वास्थ्य सेवामा पहुँच विस्तार भएको छ, सामाजिक सुरक्षा सुदृढ भएको छ, महिलाको सहभागिता र नेतृत्व बढेको छ, सरदर आयु बढेको छ, मातृ तथा बाल मृत्युदर घटेको छ”, राष्ट्रपति पौडेलले भन्नुभयो । नेपालले प्राप्त गरेका यी उपलब्धिहरू पर्याप्त नभएको उल्लेख गर्दै उहाँले न्यायपूर्ण, समानतामा आधारित र समावेशी समाज निर्माण गर्ने हाम्रो आकांक्षा पूरा हुन बाँकी नै छ भन्नुभयो ।

    राष्ट्रपति पौडेलले थप न्यायपूर्ण, समावेशी, समतापूर्ण र दिगो विश्व निर्माण गर्ने साझा प्रतिज्ञाका रूपमा दोहा घोषणापत्र आएको र समानता, मर्यादा र अवसरमा आधारित साझा भविष्यका प्रतिज्ञालाई मूर्तरूप दिन दोहा घोषणापत्रले सबै मुलुकहरूलाई आह्वान गरेको उल्लेख गर्नुभयो ।

    मङ्गलबार, कार्तिक १८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इरानद्वारा ट्रम्पको धम्कीलाई प्रचारको औजारको संज्ञा
    भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक स्वीकृत
    मध्य र दक्षिण दिल्ली एरिया समितिको संयुक्त भेला तथा सांस्कृतिक कार्यक्रम सम्पन्न
    नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो
    सुकीप्रति उदार भएको मिन आङ ह्लाइङको दाबी
    एल निनो र युद्धले श्रीलङ्काको अर्थतन्त्रमा जोखिम

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      इरानद्वारा ट्रम्पको धम्कीलाई प्रचारको औजारको संज्ञा

    • २.
      भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक स्वीकृत

    • ३.
      मध्य र दक्षिण दिल्ली एरिया समितिको संयुक्त भेला तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

    • ४.
      नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो

    • ५.
      सुकीप्रति उदार भएको मिन आङ ह्लाइङको दाबी

    • ६.
      एल निनो र युद्धले श्रीलङ्काको अर्थतन्त्रमा जोखिम

    • ७.
      श्रीलङ्का विस्फोटमा १५ जना दोषी ठहर

    • ८.
      अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.