• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ८. सर्वदलीय बैठक जारी

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

पत्रकारको पेशागत सुरक्षाका लागि महासंघको परामर्श


  •   बिहिबार, असार १८, २०७७ मा प्रकाशित
  • काठमाडौं । श्रमजीवी पत्रकारको पेशागत सुरक्षा र अधिकार स्थापित गर्न दबाबमूलक कार्यक्रमका साथै सञ्चार उद्यमीसँग वार्तालाई पनि अघि बढाउन नेपाल पत्रकार महासंघका पूर्वपदाधिकारीले सुझाव दिएका छन् ।

    Advertisement

    महासंघको उपलब्ध पदाधिकारी तथा सदस्यको यही असार १५ को बैठकले यसअघि सञ्चारगृहमा समयसीमासहित बुझाइएको चेतावनीको समेतका आधारमा यही असार १९ गते बबरमहलमा श्रमजीवी पत्रकारको पेशागत सुरक्षा र अधिकार स्थापित गर्न बृहत् प्रदर्शन गर्ने निर्णय गरेको थियो ।

    सो निर्णय कार्यान्वयनका सन्दर्भमा आज महासंघले गरेको छलफलमा पूर्वअध्यक्षहरु डा सुरेश आचार्य, धर्मेन्द्र झा र डा महेन्द्र विष्टसहित विभिन्न पत्रकार संगठनका प्रतिनिधिले श्रमजीवी पत्रकारको रक्षाका लागि महासंघले अघि सारेका कार्यक्रम उपयुक्त भएको बताउँदै वार्ता र अन्य पहलबाट पनि पेशागत सुरक्षा दिलाउनु पर्ने सुझाव दिनुभयो ।

    उहाँहरुले कोरोना भाइरसका कारण सञ्चार क्षेत्रमा आर्थिक संकट आउनु स्वाभाविक भए पनि कतिपय राम्रै आम्दानी गरेर अन्य व्यवसायमा समेत लगानी गरेका सञ्चार गृहले यही बहानामा पत्रकारलाई पहिले निसाना बनाउनु खेदजनक भएको उल्लेख गर्नुभयो ।

    छलफलमा नेपाल प्रेस युनियनका महासचिव अजय शिवाकोटी, प्रेस संगठनका केन्द्रीय नेता मनोज घर्ती, महासंघका पूर्वकेन्द्रीय सदस्यहरु मातृका पौडेल, जनक नेपाल, प्रभात चलाउनेलगाउतले प्रभावकारी कार्यक्रमबाट श्रमजीवी पत्रकारको हित रक्षा गर्न र यसका लागि सम्बन्धित सञ्चार गृहका सञ्चालक र सम्पादकसँग पनि छलफल गर्न आग्रह गर्नुभयो ।

    महासंघका अध्यक्ष गोविन्द आचार्यले प्राप्त सुझावका आधारमा आन्दोलन र अन्य उपचारका लागि क्रियाशील रहने जनाउनुभयो । बन्दाबन्दीको अवधिमा श्रमजीवी पत्रकारलाई निष्काशन गर्ने, बेतलबी बिदामा राख्ने, पारिश्रमिक कटौती गर्ने, काम गर्ने वातावरण नदिने र जिम्मेवारविहीन गराउने जस्ता जटिल समस्या देखिएको महासंघको ठहर छ ।

    महासंघले यही असार २० गतेदेखि आकस्मिकरुपमा धर्ना, घेराउ र कालो ब्यानर राख्नेलगायतका विरोध कार्यक्रमका कार्यतालिका तय गरेको छ । श्रमजीवी पत्रकारको पेशागत सुरक्षाका लागि नेपाल सरकार, संसदीय समिति, पेशागत संघसंगठन, संयुक्त राष्ट्रसंघ, अन्तरराष्ट्रिय पत्रकार महासंघ (आईएफजे), अन्तरराष्ट्रिय श्रम संगठन (आईएलओ) लगायतका राष्ट्रिय, अन्तरराष्ट्रिय समुदायलाई ऐक्यबद्धताका लागि आग्रह गरिसकेको छ ।(रासस)

    बिहिबार, असार १८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते
    करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु
    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.