• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

इरानद्वारा ट्रम्पको धम्कीलाई प्रचारको औजारको संज्ञा

भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक स्वीकृत

मध्य र दक्षिण दिल्ली एरिया समितिको संयुक्त भेला तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो

सुकीप्रति उदार भएको मिन आङ ह्लाइङको दाबी

एल निनो र युद्धले श्रीलङ्काको अर्थतन्त्रमा जोखिम

श्रीलङ्का विस्फोटमा १५ जना दोषी ठहर

अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो

एआईका सम्भावित जोखिम व्यवस्थापनका लागि विश्वव्यापी सहकार्यमा जोड : गुटेरेस

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ८. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ९. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • १०. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

वामपन्थी तथा प्रजातान्त्रिक शक्तिबिच पनि एकता हुन सक्छ : सिंह


  •   शुक्रबार, कार्तिक १४, २०८२ मा प्रकाशित
  • बुटवल । नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले पुँजीवादी व्यवस्थामा वामपन्थीसँग मात्र नभई प्रजातान्त्रिक शक्तिबिच पनि कार्यगत एकता हुन सक्ने बताउनुभएको छ ।

    Advertisement

    २०८२ कात्तिक १४ गते शुक्रबार प्रगतिशील पत्रकार सङ्घको आयोजनामा सम्पन्न पत्रकार सम्मेलनमा जिज्ञासालाई प्रष्ट्याउँदै उहाँले सो धारणा राख्नुभएको हो ।

    नेपालमा वामएकताको सम्भावनाबारे राखेको प्रश्नको जवाफ दिँदै पुँजिवादी व्यवस्थामा वामपन्थी तथा प्रजातान्त्रिक शक्तिबिच कार्यगत एकता हुन सक्छ ।

    महामन्त्री सिंहले भन्नुभयो– ‘वर्तमानको जमाना पुँजीवादी प्रजातान्त्रिक जमाना हो । प्रजातान्त्रिक शक्तिसँग पनि कार्यगत एकता हुन सक्छ, पार्टीएकता विचार मिल्ने शक्तिसँग मात्रै हुन्छ ।’

    उहाँले थप्नुभयो– ‘हामीले २०४६ मा पञ्चायतका विरुद्धमा पञ्चायत विरोधी दलका विरुद्ध २०६२–६३ मा प्रतिगमनका विरुद्धमा र त्यसपछि पनि प्रतिगमनका विरुद्धमा विभिन्न वामपन्थी तथा प्रजातान्त्रिक शक्तिका कार्यगत एकता गरेका थियौँ ।’

    महामन्त्री सिंहले प्रतिनिधिसभा विघटन र अन्तरिम सरकारको गठनलाई प्रतिगमनको सङ्ज्ञा दिनुभयो ।

    सिंहले जेनजीको आन्दोलनपछि प्रतिनिधिसभा विघटन, आन्तरिक सरकार गठन र देशव्यापी रूपमा भएको ध्वंसात्मक कार्यले कारण देश झनै सङ्कटमा परेको बताउनुभयो ।

    उहाँले व्याप्त भ्रष्टाचार, कुशासन, ओली सरकारले सामाजिक सञ्जालमाथि अनधिकृत रूपले लगाएको प्रतिबन्धका कारण वर्तमान अवस्था सिर्जना भएको बताउनुभयो ।

    जेनजीको आन्दोलनको नाममा भएको ध्वंसात्मक कार्य हुनुमा मुख्य जिम्मेवार ओली र उनको नेतृत्वमा परिचालित सरकार भए पनि त्यसका पछाडि अन्य शक्तिको पनि हात रहेको महामन्त्री सिंहको भनाइ थियो ।

    कानुन बनाएर सामाजिक सञ्जाल नियमन गर्नुपर्नेमा ओली सरकारले जबरजस्ती प्रतिबन्ध लगाउने कोसिस गरेपछि देशमा जेनजी आन्दोलन सुरु भएको महामन्त्री सिंहले बताउनुभयो ।

    जेनजी आन्दोलनको नाममा विभिन्न अराष्ट्रिय तत्त्वको घुसपैठ हुँदा देशले भयावह अवस्था भोग्नुपरेको महामन्त्री सिंहको धारणा थियो ।

    ‘जेनजी आन्दोलन र अन्तरिम सरकारका पछाडि अमेरिकी साम्राज्यवादको भूमिका रहेको बताउँदै अमेरिकाले नेपाललाई इन्डोप्यासिफिक रणनीतिमा तान्ने र चीन विरुद्ध रणनीति अघि बढाउने प्रयास गरिरहेको छ’ सिंहले भन्नुभयो– ‘नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख (राष्ट्रपति) प्रणाली ल्याउने सोचलाई अधिनायकवादको ढोका खोल्ने सोचको रूपमा आएकाले नेपालजस्तो देशमा त्यस्तो प्रणालीले प्रजातन्त्र र राष्ट्रियता दुवैलाई खतरा पुग्नेछ ।’

    उमेरलाई मात्र आधार बनाउने सोच गलत हो । नेतृत्वका लागि उमेर होइन, सोच, दृष्टिकोण र इमानदारिता नै मुख्य मापदण्ड हुनुपर्ने भनाइ उहाँको थियो ।

    राजनीतिमा पुस्तान्तरणको प्रश्नमा सिंहले अगाडि भन्नुभयो– ‘देशको विकास तब मात्र सम्भव छ, जब भ्रष्टाचार नगर्ने, निष्कलङ्क छवि भएका नेता विजयी हुन्छन् । पुरानो वा नयाँ दलको होइन, इमान्दार दल र नेता देशको लागि खाँचो छ, जो राष्ट्रिय जनमोर्चा मात्रै हो ।’

    महामन्त्री सिंहले राजमो राजनीतिक रूपमा इमानदार र निष्कलङ्क पार्टी भएको बताउनुभयो । पैसा बाँडेर चुनाव जित्ने सत्तामा पुगेर राजनीतिलाई उद्योगको रूपमा प्रयोग गर्ने प्रचलनको अन्त्य नहुँदासम्म देशको विकासले गति लिन नसक्ने सिंहको भनाइ थियो ।

    ‘संविधान खारेज गर्दा देश झन सङ्कटमा फस्ने भएकाले संविधान संशोधन गरेर सङ्घीयता खारेज गर्नुपर्दछ’ अहिले संविधान खारेज गर्नुपर्छ भन्ने चर्चा चलिरहेकोबारे चर्चा गर्दै सिंहले भन्नुभयो– ‘संविधानले गणतन्त्र, धर्मनिरपेक्षता, मौलिक अधिकार र बहुदलीय व्यवस्था दिएकाले यो संविधान खारेज गर्नहुँदैन ।’

    शुक्रबार, कार्तिक १४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इरानद्वारा ट्रम्पको धम्कीलाई प्रचारको औजारको संज्ञा
    भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक स्वीकृत
    मध्य र दक्षिण दिल्ली एरिया समितिको संयुक्त भेला तथा सांस्कृतिक कार्यक्रम सम्पन्न
    नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो
    सुकीप्रति उदार भएको मिन आङ ह्लाइङको दाबी
    एल निनो र युद्धले श्रीलङ्काको अर्थतन्त्रमा जोखिम

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      इरानद्वारा ट्रम्पको धम्कीलाई प्रचारको औजारको संज्ञा

    • २.
      भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक स्वीकृत

    • ३.
      मध्य र दक्षिण दिल्ली एरिया समितिको संयुक्त भेला तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

    • ४.
      नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो

    • ५.
      सुकीप्रति उदार भएको मिन आङ ह्लाइङको दाबी

    • ६.
      एल निनो र युद्धले श्रीलङ्काको अर्थतन्त्रमा जोखिम

    • ७.
      श्रीलङ्का विस्फोटमा १५ जना दोषी ठहर

    • ८.
      अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.