• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

शिक्षामन्त्री सस्मित पोखरेल तत्काल राजीनामा दिनुपर्छ : जिसी

मगर जातिमा थर/उपथर विभाजनको सन्दर्भ

सुनसरी घटनाको सन्दर्भमा

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

असोजसम्म दर्ता भएका एक सय २४ दलको सूची सार्वजनिक, राजमो सत्ताइसौँ नम्बरमा


  •   शनिबार, कार्तिक ०८, २०८२ मा प्रकाशित
  • काठमाडौँ । निर्वाचन आयोगले असोज मसान्तसम्म दर्ता कायम रहेका एक सय २४ राजनीतिक दलको अद्यावधिक विवरण सार्वजनिक गरेको छ ।

    Advertisement

    सो विवरणमा राष्ट्रिय जनमोर्चा सत्ताइसौँ नम्बरमा दर्ता भएको छ । अध्यक्ष चित्रबहादुर केसी रहनुभएको राजमोको चुनाव चिह्न गिलास हो ।

    आयोगले सार्वजनिक गरेको सूचीमा प्रत्येक दलको दर्तामिति, प्रमुख पदाधिकारी र तिनका निर्वाचन चिह्नसमेत समावेश गरिएको छ ।

    सूचीको पहिलो स्थानमा नेपाल मजदुर किसान पार्टी रहेको छ, जसको चिह्न मादल हो । दोस्रो नम्बरमा नेकपा (माले) छ, जसको चुनाव चिह्न हँसिया र तारा हो ।

    त्यस्तै नेकपा (एमाले) तेइसौँ नम्बरमा छ, जसको चुनाव चिह्न सूर्य हो । पच्चिसौँ नम्बरमा नेकपा (माओवादी केन्द्र) छ, जसको चुनाव चिह्न गोलाकारभित्र हँसिया–हथौडा रहेको छ । नेपाली कङ्ग्रेस छब्बिसौँ नम्बरमा दर्ता भएको छ, जसको चुनाव चिह्न रुख हो ।

    एवम् प्रकारले जनमत पार्टी (सीके राउत) पचहत्तरौँ नम्बरमा, नेकपा (एकीकृत समाजवादी) अठासिऔँ नम्बरमा र लोकतान्त्रिक समाजवादी पार्टी (महन्थ ठाकुर) उनानब्बेऔँ नम्बरमा रहेका छन् ।

    नेतृत्व परिवर्तन र फुटपछिका दल पनि दर्ता कायम छन् । नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी विप्लव समूहसँग आबद्ध भए पनि पार्टी आयोगमा कायम छ । त्यस्तै नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम नेकपा (एस) मा समाहित भइसके पनि उनको पार्टी दर्तासूचीमै छ ।

    त्यसबाहेक आम जनता पार्टी (प्रभु शाह), जनता प्रगतिशील पार्टी नेपाल (हृदयेश त्रिपाठी), नागरिक उन्मुक्ति पार्टी (रन्जिता श्रेष्ठ), नेपाल समाजवादी पार्टी (डा. बाबुराम भट्टराई) र राष्ट्रिय स्वतन्त्र पार्टी (रवि लामिछाने) पनि अद्यावधिक सूचीमा छन् ।

    नयाँ दलमध्ये जनता समाजवादी पार्टी (अशोककुमार राई), राष्ट्रिय मुक्ति पार्टी नेपाल (राजेन्द्र महतो) पनि हालै दर्ता भएका हुन् । अन्तिम अर्थात् एक सय चौबिसौँ नम्बरमा जनमत पार्टी फुटेर बनेको जनस्वराज पार्टी २०८२ असोज २८ मा दर्ता भएको छ, जसको अध्यक्ष दीपककुमार साह छन् ।

    यी सबै दल निर्वाचन आयोगमा दर्ता भइसकेकाले आगामी फागुन २१ गते तोकिएको प्रतिनिधि सभा निर्वाचनमा सहभागिता जनाउने योग्यता राख्छन् तर आयोगले निर्वाचन प्रयोजनका लागि दल दर्ता र नवीकरण प्रक्रियामा सहभागी हुनुपर्ने कानुनी प्रावधान भने यथावत् रहन्छ ।

    शनिबार, कार्तिक ०८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शिक्षामन्त्री सस्मित पोखरेल तत्काल राजीनामा दिनुपर्छ : जिसी
    आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह
    नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो
    कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन
    मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश
    देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      शिक्षामन्त्री सस्मित पोखरेल तत्काल राजीनामा दिनुपर्छ : जिसी

    • २.
      मगर जातिमा थर/उपथर विभाजनको सन्दर्भ

    • ३.
      सुनसरी घटनाको सन्दर्भमा

    • ४.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • ५.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ६.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ७.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ८.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.