• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

इरानद्वारा ट्रम्पको धम्कीलाई प्रचारको औजारको संज्ञा

भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक स्वीकृत

मध्य र दक्षिण दिल्ली एरिया समितिको संयुक्त भेला तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो

सुकीप्रति उदार भएको मिन आङ ह्लाइङको दाबी

एल निनो र युद्धले श्रीलङ्काको अर्थतन्त्रमा जोखिम

श्रीलङ्का विस्फोटमा १५ जना दोषी ठहर

अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो

एआईका सम्भावित जोखिम व्यवस्थापनका लागि विश्वव्यापी सहकार्यमा जोड : गुटेरेस

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ८. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ९. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • १०. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

प्रचण्डको पिपलपाते बोली : मिलेर चुनाव लड्नुपर्छ माओवादी–जेनजी भोलि


  •   बुधबार, कार्तिक ०५, २०८२ मा प्रकाशित
  • काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल पिपलपाते बोलीका लागि चिनिन्छन् । तत्कालको शक्तिसन्तुलन हेरेर सोर्‍याक् पारेर बोल्नु उनको विशेषता हो । आज उनले यस्तै बोली बोलेका छन् महोत्तरीमा ।

    Advertisement

    जेनजीको आक्रोश सबैभन्दा बढी पार्टीका पुराना नेता विरुद्ध थियो, खासगरी सत्ताधारी दलका नेतृत्वकर्ता विरुद्ध । त्यस लिस्टमा ओली र देउवासँगै प्रचण्ड पनि छन् । यही आक्रोशमा प्रचण्डको घर जलाइयो र उनका छोरीहरू विरुद्ध पनि आक्रोश देखा पर्‍यो ।

    त्यसो त उनी र उनका परिवारलाई नै लक्षित गरेर ‘नो नट अगेन’ देखि ‘नोप बेबी’ जस्ता अभियान पनि चल्ने गरेका छन् ।

    तिनै प्रचण्डले आगामी चुनावमा आफूअनुकूल वातावरण मिलाउन २०८२ कात्तिक ५ गते महोत्तरीको रामगोपालपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेनजी र माओवादी मिलेर चुनाव लडे मात्रै जेनजीका माग पूरा हुने बताए ।

    ‘अब जेनजी र माओवादी मिलेर चुनाव लड्नुपर्छ र मात्रै जेनजीका माग पूरा हुन सक्छन्’ उनले भने– ‘अरू कसैले जेनजीका माग पूरा गर्दैनन् ।’

    प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र समावेशी लोकतन्त्रको मुद्दा विगतदेखि नै माओवादीले उठाउँदै आएको चर्चा गरेका दाहालले यस विरुद्ध रहेकाले जेनजीको भावना बुझ्न नसक्ने बताए ।

    ‘जो प्रत्यक्ष निर्वाचित कार्यकारीको विरुद्धमा छ, जो पूर्ण समानुपातिक निर्वाचन प्रणालीका विरुद्धमा छ, जो समावेशी लोकतन्त्रको विरुद्धमा छ, उनीहरूले जेनजीको भावनालाई बुझ्न सम्भव छैन’ उनले थपे– ‘यसकारण मैले पेरिसडाँडाबाट पनि पत्रकारसँगको कुराकानीमा पनि जेनजीलाई लगातार अपिल गर्दै आएको छु ।’

    यस सन्दर्भमा यो पनि उल्लेखनीय छ, जेनजीमा माओवादीबाट पनि घुसपैठ भएका थियौँ । यस सन्दर्भमा विद्यार्थी सङ्गठनको महासचिवजस्तो पदमा चुनाव लडेका नै संसद् भवन तोडफोडमा संलग्न थिए ।

    त्यस्तै कार्यक्रममा प्रवेश गरेको नवप्रवेशीतर्फ इङ्गित गर्दै माओवादीमा ६० प्रतिशतजति जेनजी प्रवेश गरेको पनि बताए ।

    उनले भने– ‘मैले कहिलेकाहीँ भन्छु, हिजो हामीले जनयुद्ध र जनआन्दोलन गर्दा जेनजी नै थियौँ, आज मधेसमा सयौँको सङ्ख्यामा पहिलोचोटी जेनजी आन्दोलनपछिको अति भव्य सार्वजनिक कार्यक्रममा सयौँ, हजारौँ वरिपरि, ६० प्रतिशत जेनजी कुन पार्टीमा प्रवेश गरे ? माओवादी केन्द्रमा ।’

    बुधबार, कार्तिक ०५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इरानद्वारा ट्रम्पको धम्कीलाई प्रचारको औजारको संज्ञा
    भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक स्वीकृत
    मध्य र दक्षिण दिल्ली एरिया समितिको संयुक्त भेला तथा सांस्कृतिक कार्यक्रम सम्पन्न
    नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो
    सुकीप्रति उदार भएको मिन आङ ह्लाइङको दाबी
    एल निनो र युद्धले श्रीलङ्काको अर्थतन्त्रमा जोखिम

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      इरानद्वारा ट्रम्पको धम्कीलाई प्रचारको औजारको संज्ञा

    • २.
      भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक स्वीकृत

    • ३.
      मध्य र दक्षिण दिल्ली एरिया समितिको संयुक्त भेला तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

    • ४.
      नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो

    • ५.
      सुकीप्रति उदार भएको मिन आङ ह्लाइङको दाबी

    • ६.
      एल निनो र युद्धले श्रीलङ्काको अर्थतन्त्रमा जोखिम

    • ७.
      श्रीलङ्का विस्फोटमा १५ जना दोषी ठहर

    • ८.
      अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.