काठमाडौं । नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी गंगा दाहालले संयोजकको सचिवालयबाट राजीनामा दिएकी छन्।
उनले आइतबार सामाजिक सञ्जालमार्फत् विज्ञप्ति जारी गर्दै आफ्नो राजीनामाको घोषणा गरेकी हुन् ।
Advertisement
गंगाले पछिल्लो समयमा आफूविरुद्ध विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएका भ्रामक समाचार र चरित्र हत्या गर्ने अभियानप्रति गम्भीर ध्यानाकर्षण भएको बताएकी छन्।