• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, असोज ०८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

किन झुल्केनन् फेरि घामका किरणहरू?

युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

युगदर्शनलाई आठौँ वर्षको शुभकामना

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ७. हार्दिक शुभकामना

  • ८. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ९. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • १०. आदर्शको पहाड

कार्की सरकार खारेज गर्दै संविधान लेखन आयोग गठन गर्न नेकपा विप्लवको माग


  •   आइतबार, कार्तिक ०२, २०८२ मा प्रकाशित
  • काठमाडौँ । नेकपा (विप्लव) पक्षले सुशीला कार्की सरकार खारेज गर्दै संविधान संशोधन गर्न संविधान लेखन आयोग गठन गर्न माग गरेको छ ।

    Advertisement

    महासचिव नेत्रविक्रम चन्दको हस्ताक्षरमा २०८२ कात्तिक २ गते आइतबार नेपाल प्रज्ञा–प्रतिष्ठानमा पत्रकार सम्मेलन गर्दै सो माग गरेको हो ।

    बहालवाला सुशीला कार्कीको सरकार खारेज गर्न माग गर्दै नेकपाले त्यसको स्थानमा जेनजी, किसान, मजदुर, महिला, दलित, जनजाति, मधेसी, बुद्धिजीवी, राजनीतिक दल सम्मिलित सर्वपक्षीय अन्तरिम सरकार गठन गर्न माग गरेको छ ।

    “नयाँ बन्ने अन्तरिम सरकारले विशेष परिस्थितिमा कार्यकारी अधिकारको प्रयोग गर्दै संविधान संशोधन गर्नुपर्छ । एउटा उच्चस्तरीय संविधान लेखन आयोग गठन गर्नुपर्दछ” प्रेसवक्तव्यमा भनिएको छ– “संविधानको पुनर्लेखन गर्दै राज्यलाई पुनर्संरचना गर्दै प्रत्यक्ष कार्यकारी प्रमुखको व्यवस्था गर्दै उत्पीडित जातिको अग्राधिकारसहितको समाजवादी सङ्घीय राज्य निर्माण गर्नुपर्दछ ।”

    वक्तव्यमा नेकपा आगामी फागुन २१ गतेको चुनावमा भाग लिन इच्छुक रहेको उल्लेख छ तर राजनीतिक तहको उच्चस्तरीय संयन्त्रविना सो चुनाव हुन नसक्ने सो पार्टीले निष्कर्ष निकालेको छ ।

    “यो स्थितिमा राजनीतिक तहमा रूपान्तरित समझदारी एवम् संरचना खडा नगरेर वर्तमान अन्तरिम सरकारले सहजै चुनाव गर्न सक्ने स्थिति छैन” वक्तव्यमा उल्लेख छ ।

    त्यस्तै नेकपाले तात्कालिक राजनीतिक परिस्थितिमा निकास दिन गोलमेच सम्मेलन आयोजना गर्नुपर्नेमा जोड दिएको छ ।

    यस प्रसङ्गमा वक्तव्यमा भनिनएको छ– “देशलाई शान्ति, स्थिरता, स्वाधीनता र अग्रगामी निकास दिनका लागि नेकपाले देशभक्त, समाजवादी, वामपन्थी, कम्युनिस्ट शक्ति सम्मिलित राजनीतिक गोलमेच सम्मेलन आयोजना गर्न पहल गर्नेछ ।”

    पार्टीले त्यसका लागि नागरिक, व्यवसायी र बुद्धिजीवीसँग अन्तरक्रिया गर्ने, त्यस सम्बन्धमा राष्ट्रपतिको ध्यान आकर्षण गराउन ज्ञापनपत्र बुझाउने र कात्तिक २० गते काठमाडौँमा जनसभा आयोजना गर्ने बताएको छ ।

    वक्तव्यमा नेकपाले “नयाँ आर्थिक मार्ग” अन्तर्गत आत्मनिर्भर प्रणाली उत्साहजनक तरिकाले अगाडि बढेको, त्यस क्रममा बर्खेबाली सोचेभन्दा बढी उत्पादन भएको र सम्भव भएसम्म एकीकृत स्वामित्वअन्तर्गत कृषिउद्योग सञ्चालन गर्ने योजना रहेको बताएको छ ।

    एवम् प्रकारले कालोधनबाट बचाउने भन्दै नेकपाले पाँच सय र हजारका नोट छाप्न बन्द गर्न माग गरिएको छ ।

    गत असोज २६ देखि ३० गतेसम्म कपिलवस्तुमा बसेको बैठकले गरेका निर्णय सार्वजनिक गर्न सो पत्रकार सम्मेलन गरिएको बताइएको छ ।

     

     

    आइतबार, कार्तिक ०२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित
    ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख
    अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच
    मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक
    सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी
    प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    भर्खरै

    • १.
      एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

    • २.
      ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

    • ३.
      अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

    • ४.
      मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

    • ५.
      सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

    • ६.
      प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    • ७.
      किन झुल्केनन् फेरि घामका किरणहरू?

    • ८.
      युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.