टेकराज भुसाल ,अर्घाखाँची ।
अर्घाखाँची, प्युठान लगायतका जिल्लाको आकाश तथा मकै, धान लगायत अन्य बाली भएको क्षेत्रमा सलह किरा व्यापक रुपमा देखापर्नुका साथै बाली नष्ट पारेको छ।
Advertisement
सलह गाउँगाउँमा पनि फैलिएपछि किसान चिन्तित बन्दै गएका छन् । खेतबारीमा भएको मकै, धान लगायतका अन्य बालीभरी सलह किराले ढाकेको किसानहरुले बताएका छन् ।
आगो बाल्ने, थाल ठटाउने, ठुलाठुला स्पिकर बजाउने जस्ता तरिका अपनाए पनि सलह नभागेको प्रगति कृषक सहकारी संस्था भुनपा १ र २ ढाकावाङ अर्घाखाँचीका अध्यक्ष भुवानन्द भुसालले बताउनुभयो ।
अर्घाखाँचीको भुमिकास्थान, सन्धिखर्क नगरपालिका र मालारानी गाउँपालिका तथा प्युठानका प्यूठान नगरपालिका क्षेत्रको झिमरुक फाँट, मल्लरानी, झिमरुक र गौमुखी गाउँपालिका क्षेत्रको आकाश तथा बालीमा व्यापक रुपमा सलह किरा फैलिएको छ ।