काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशन आगामी मंसिर २७ देखि २९ गतेसम्म पोखरामा सम्पन्न हुने भएको छ ।
Advertisement
ललितपुरमा जारी केद्रीय कमिटी बैठकमा अध्यक्ष केपी ओलीले मिति र ठाउँ प्रस्ताव गरेका हुन् । अध्यक्ष ओलीले बुधबार गरेको प्रस्ताव ३ दिनसम्म जारी केन्द्रीय कमिटी बैठकले औपचारिक रूपमा निर्णय लिने बताइएको छ। अहिले अध्यक्ष ओलीको प्रस्तावमाथि छलफल बैठकमा जारी रहेको छ।
एमालेमा ओलीलाई नेतृत्वबाट बिदा गर्नेुपर्ने बहस चलिरहेको छ । तर, अध्यक्ष ओलीले भने फेसबुकले भन्दैमा नेतृत्व नछाड्ने भन्दै पार्टी कमिटीले भने मात्रै छाड्ने बताउदै आएका छन्।