ढोरपाटन । रक्तिम साँस्कृतिक अभियानले बागलुङमा प्रशिक्षण कार्यक्रम आयोजना गरिएको छ ।
कार्यक्रममा रक्तिमका केन्द्रीय अध्यक्ष गिरीप्रसाद बुढा र राजमो केन्द्रीय सदस्य गौरीश्वर पाण्डेले सैद्धान्तिक प्रक्षिण दिनुभएको छ । त्यस्तै नृत्यतर्फ उषा तरामी मगरले र गीत संगीतको प्रशिक्षण सविन अर्गेजाले दिनुभएको छ ।
असौज २५ गतेबाट २९ गतेसम्म चल्ने उक्त प्रशिक्षण कार्यक्रमको उद्घाटन कार्यक्रमको अध्यक्षता सविन अर्गेजाले र सञ्चालन कुल बहादुर छन्त्यालले गर्नुभएको थियो । कार्यक्रमका सहभागिहरूलाई रुनमायाँ थापाले स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा रक्तिमका केन्द्रीय अध्यक्ष गिरीप्रसाद बुढाको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै राजमो केन्द्रीय सदस्य गौरिश्वर पण्डे, रक्तिमका प्रगति बुढा, उषा तरामी, अखिल नेपाल शिक्षक संघ केन्द्रीय सदस्य टीका बहादुर पुुन, राष्ट्रिय जनमोर्चा बागलुङका दिपक थापा, रक्तिम बागलुङका पूर्ण बहादुर भुजेल, सवराज छन्त्याल, अखिल छैठौँका विमल खरेल, रक्तिम ढोरपाटनका अध्यक्ष झक प्रसाद श्रेष्ठ लगायतले अतिथि आसनग्रहण गर्नुभएको थियो ।
कार्यक्रमको उद्घाटन गिरीप्रसाद बुढाले गर्नुभएको थियो ।
विमल खरेल, टीका पुन, दिपक थापा र गौरिश्वर पाण्डेले शुभकामना मन्तव्य दिनुभएको थियो ।
