काठमाडौँ । वरुण ध्वज मल्ल नेकपा (मसाल) मै रहेको बताएका छन् । मल्लले केही दिन पहिला आफ्नो नाम अन्य कुनै पार्टीसँग जोडिएको विषयलाई आज असौज २८ गते सामाजिक सञ्जालमा स्टाटस लेखेर प्रष्ट्याएका छन् ।
यतिवेला भारतको हिमाचल भ्रमणमा रहेका मल्लले लेखेका छन् : “हिमान्चल ## म बुढै मसालमा छु, ने क पा (मसाल) का कयौँ जनबर्गिय मोर्चामा मेरो जिम्वेबारी छ । कुनै दिन मोटो (मशाल) मा त भैगयो भनेर नगको म काँबाट जनयुग पाटिनु जाम तो …॥”
त्यसै सुनिता कुँवर (धादिङ)ले पनि आफु अरु कुनै पार्टीमा नगएको र आफुलाई जानकारी विना नै आफ्नो नाम जोडिएको युगदर्शनसँग बताए ।
‘म अहिले धादिङमा छु, त्यो भेलामा गएको थिएन र मलाई जानकारी विना नै त्यो समितिमा राखिएको छ ।’ कुँवरले भने– ‘त्यसरी कसैलाई जानकारी विना नै नाम जोडेर पार्टी निर्माण गरेकोप्रति आपत्ती जनाउँछु, साथै म राष्ट्रिय जनमोर्चा मै रहेको प्रतिवद्धता प्रकट गर्दछु ।’
;