धनवीर पुनमगर, भरतपुर ।
अखिल नेपाल जनजाति सम्मेलनको पाँचौँ राष्ट्रिय महाधिवेशनले ३१ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । आज असोज २७ गते सोमबार सम्पन्न बन्दसत्रले सम्मेलनको सो नेतृत्व चयन गरेको हो ।
१९ पूर्ण, छ वैकल्पिक सदस्य र पाँच सल्लाहकारसहित सम्मेलनको केन्द्रीय अध्यक्षमा निमबहादुर बुढाथोकी (काठमाडौँ) रहनुभएको छ भने प्रथम उपाध्यक्षमा कुलबहादुर थापा (कास्की), द्वितीय उपाध्यक्षमा रमेशमान गुरुङ (दाङ), तृतीय उपाध्यक्षमा उषा पुन (अर्घाखाँची), महासचिवमा अमरध्वज रानामगर (प्युठान), सचिवमा रामबहादुर जिएम (दाङ) र कोषाध्यक्षमा हुमबहादुर पुन (बागलुङ) रहनुभएको छ ।
त्यस्तै केन्द्र्रीय सदस्यमा नरेश आलेमगर (डोटी), गुमानसिंह पुन (गुल्मी), तमबहादुर घर्तीमगर (बागलुङ), अर्जुन थापा (प्युठान), नरबहादुर घर्तीमगर (कपिलवस्तु), केहरसिंह पुन (कपिलवस्तु), हरिबहादुर राहाडी (रुपन्देही), शेरबहादुर सूर्यवंशी (नवलपरासी पश्चिम), दलबहादुर घर्ती (दाङ), तुलवीर श्रीस (बागलुङ), धनवीर पुनमगर (काठमाडौँ) र थममाया राना (सुर्खेत) रहनुभएको छ ।
एवम् प्रकारले समितिको वैकल्पिक सदस्यमा जितबहादुर थापा (चितवन), तिलबहादुर गुरुङ (कास्की), हरि आले (अर्घाखाँची), शुभराज गोले (मकवानपुर), विष्णु श्रीनेट (रुपन्देही) र देशराज चौधरी (कैलाली) रहनुभएको छ ।
महाधिवेशनले मीनराज राना (प्युठान), प्रकाश थापामगर (काठमाडौँ), मानबहादुर सिँजापति (कपिलवस्तु), छविलाल सर्तुङी (गुल्मी), निरबहादुर स्याङतान (मकवानपुर) र रङ्गबहादुर चाैधरी (कञ्चनपुर) लाई सल्लाहकारमा चयन गरेको छ ।
सचिवालय गठन
महाधिवेशनले निमबहादुर बुढाथोकी, रमेशमान गुरुङ, उषा पुन, अमरध्वज रानामगर, हुमबहादुर पुन र धनवीर पुनमगरलाई सचिवालयमा चयन गरेको छ ।