• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, असोज ०८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

किन झुल्केनन् फेरि घामका किरणहरू?

युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

युगदर्शनलाई आठौँ वर्षको शुभकामना

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ७. हार्दिक शुभकामना

  • ८. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ९. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • १०. आदर्शको पहाड

टी.ओ.बी. अर्थात् तिब्बत ओरिजिन ब्लड : जेनजी आन्दोलनको फ्री तिब्बत कनेक्सन ?


  •   शनिबार, असोज २५, २०८२ मा प्रकाशित
  • काठमाडौँ । कालो टिसर्ट लगाएर बाइकको साइलेन्सरको आवाज पड्काउँदै एक समूह आएपछि भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको माहौल एकाएक खराब भएको केही सहभागीको सूचनाको आधारमा खोजीमा खटिएको गुप्तचर र प्रहरीको अनुसन्धान गर्ने निकायले समूहको पहिचान खुलायो टिओबी ब्लड ।

    Advertisement

    फेसबुकमा टिओबीको अर्थ तिब्बेतियन ओर्जिनल ब्लड लेखिएको छ । त्यसको उद्देश्यमा यो फ्री तिब्बतको पक्षमा छलफल गर्ने लेखिएको छ । फेसबुकमा भेटिएको समूहको पेजमा प्रस्टै यो समूहको उद्देश्य स्वतन्त्र तिब्बतसँग देखिन्छ तर फेसबुकमा भेटिएको समूहमा भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनसम्बन्धी कुनै सामग्री फेला परेन ।

    इन्स्टाग्राममा भने सोसल ग्रुप भन्दै टिओबी ब्लड मात्र लेखिएको छ । आन्दोलनमा सहभागी समूहका केही सदस्यको टिसर्टमा टिओबीसँगै तिब्बतीयन ओर्जिनल ब्लडसमेत लेखिएको छ । यो तिब्बत चीनले लिएपछि विस्थापित भएर विभिन्न देश पुगेका तिब्बतीमूलका नागरिकले प्रयोग गर्ने सङ्केत हो ।

    इन्स्टाग्रामको समूह भदौ २३ र २४ को आन्दोलनमा प्रत्यक्ष संलग्न मात्र नभई आन्दोलन अगाडिको नेपोबेबी अभियानदेखि नै सक्रिय रहेको देखियो । यही समूह सहभागी भएको प्रदर्शनमा कालो झन्डा बोक्ने र टिसर्टमा टिओबी ‘तिब्बतीयन ओर्जिनल ब्लड’ लेखिएको टिसर्ट लगाएकाहरू समेत सहभागी देखिए । उनीहरूले “हाम्रो देश, हाम्रो राज” नारा लगाएका थिए ।

    कालो टिसर्टमा सेतो अक्षर प्रयोग भएकोमा हाकिम टिओबी लेखिएको छ । अर्को कालै टिसर्टमा लेख्दा सुनौलो रङ प्रयोग गरिएको छ । यसमा भने टिओबीसँगै तिब्बतीय ओर्जिनल ब्लड लेखिएको छ । दुबैको कलर फरक भए पनि लोगो भने समान देखिन्छ ।

    प्रदर्शनको माहौल बिगार्ने समूहको टिसर्टमा टिओबी लेखिएको सूचनासँगै सुरक्षा निकायका अधिकारीले अर्को पहिचानका रूपमा हातमा विशेष प्रकारको ट्याटु रहेको जानकारी पाएको खुल्यो । यी सबै विवरण इन्स्टाग्राममा भेटिएको टिओबी ब्लड नामक समूहसँग मिल्छ । यसका अधिकांश सदस्यको शरीरका भागमा ट्याटु देखिन्छ ।

    सो समूहको नेतृत्वकर्ता देखिए तेन्जिङ दाबा । उनी ट्याटु आर्टिस्टसमेत हुन् । उनी टिओबी ट्याटु स्टुडियोमा संलग्न देखिए । सो समूहको सदस्य दाबी गर्दै इन्टाग्राममा भिडियो पोस्ट गरेका विराज खड्काले भाइबहिनीले आन्दोलनमा सहयोग मागेपछि दाबा दाइको नेतृत्वमा आफूहरू आन्दोलनमा सहभागी भएको तर कुनै तोडफोड नगरेको दाबी गरेका छन् ।

    उनले आफूहरूले प्रदर्शनको क्रममा बाइक भने पड्काएको भन्दै उनले माफी माग्दै आफूहरू शान्तिपूर्ण आन्दोलनमा सहभागी भएको दाबी गरेका छन् । तेन्जिङ दाबाले नै आफ्नो फेसबुक पेजमा नौ सेप्टेम्बरमा “स्टे म्याड” लेख्दै राखेको पोस्टमा “बाइक पड्काएको देख्ने मान्छेले त्यही सोच्दा हुन्छ । हामीलाई केही मतलब छैन । सिधा कुरा, प्रोटेस्टका लागि गएका हौँ । हामीले केही गर्‍यौँ तिमिले गरेनौँ” लेखेका छन् ।
    उनले पोस्टमा प्रदर्शनमा सहभागी सबैले पड्काऊ भनेपछि बाइक पड्काएको र यसमा समर्थन र घृणा गर्ने दुवै रहेको भन्दै भन्दै लेखेका छन्– “हामीलाई मतलब छैन । चिलाउनेको चिलाउँछ ।”

    टिओबी ग्रुपमा राखिएको भिडियोमा यो बाइकर्सको समूहसमेत भएको देखिन्छ । त्यही समूहमा राखिएको हाकिम गुरुङको एक पोस्टमा आन्दोलनको दिन टिओबी ब्लड समूहबाट एक सय ५० जना सहभागी भएको, जेनजी पुस्ताको आन्दोलन भएकाले २८ वर्षभन्दा कम उमेरका मात्र सहभागी रहेको उल्लेख गर्दै कालो झन्डा बोक्ने र कालो कपडा लगाउनेले आगो लगाएकोलगायतका दाबी गरेको भन्दै आफ्नो समूहका कुनै सदस्यले कानुन विपरीतको कुनै काम गरेको भए कानुनअनुसार सजाय भोग्न तयार रहेको लेखेका छन् ।

    उनले समूहमा देखिएको कालो झन्डा आफ्नो समूहको रहेको र त्यसमा समूहको लोगोसमेत रहेको लेखेका छन् । उनी पनि यो समूहको अर्को नेतृत्वकर्ता देखिए ।

    सो समूहबारे अनुसन्धान गरिरहेका एक सुरक्षा अधिकारीले आन्दोलनको दिनमा बाइक लिएर भिडमा जाने, साइलेन्सर पड्काएर माहोल आतङ्कित बनाउनेलगायतका गतिविधिमा सो समूहका सदस्य संलग्न देखिएको र अन्य तोडफोड र हिंसामा उनीहरूको संलग्नताबारे अनुसन्धान जारी रहेको जानकारी दिए ।

    “सो समूह अनुसन्धानै छ तर उनीहरूको संलग्नता कुन कुन घटनामा छ भन्ने खुलिनसकेकाले सबै पक्षबारे अनुसन्धान भइरहेको छ” ती सुरक्षा अधिकारीले भने ।

    जेनजी आन्दोलनको पहिलो दिन पानी बाँड्न स्वयम्सेवकको रूपमा आन्दोलनमा खटिएका हामी नेपालका सुदन गुरुङ अहिले जेनजी समूहको नेतृत्वको रूपमा राजनीतिक गतिविधिमा संलग्न छन् । उनको संस्था “हामी नेपाल” को सम्बन्ध प्रत्यक्ष रूपमा स्वतन्त्र तिब्बतको पक्षमा काम गर्ने संस्थासँग रहेको खुलिसकेको छ ।

    (उकेरा डट कमबाट, शीर्षक परिवर्तन गरिएको छ)

    शनिबार, असोज २५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित
    ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख
    अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच
    मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक
    सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी
    प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    भर्खरै

    • १.
      एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

    • २.
      ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

    • ३.
      अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

    • ४.
      मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

    • ५.
      सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

    • ६.
      प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    • ७.
      किन झुल्केनन् फेरि घामका किरणहरू?

    • ८.
      युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.