धनगढी । कैलालीमा अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्घको जिल्ला समिति गठन गरिएको छ ।
Advertisement
केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष नरेन्द्र विष्टको प्रमुख आतिथ्यमा २०८२ असोज २१ गते आयोजित भेलामाझ सो समिति गठन गरिएको हो ।
चन्द्रबहादुर विष्टको अध्यक्षतामा अघि बढेको उक्त भेलाले आगामी मङ्सिर ५ गते जिल्ला भेला गर्ने निर्णय गरिएको बताइएको छ ।
भेला सफल पार्नका लागि खेमराज बडु संयोजक रहनुभएको आयोजक समिति गठन गरिएको छ ।
समितिको सदस्यमा कुन्तीदेवी पाण्डेय, विष्णु केसी, बाबुराम आचार्य, इन्द्र कँडेल, जगदीश राना र मीना काकी विष्ट रहनुभएको छ ।