प्यूठान । नेपाल कम्युनिस्ट पार्टी (एमाले) प्यूठान जिल्ला समितिका सदस्य गोविन्द गिरीले पार्टी परित्याग गरेका छन् । गिरीले असौज २२ गते बुधबार एक वक्तव्य जारी गरी पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।
गिरीले यस पार्टीमा २०६४ साल देखि निरन्तर काम गर्दै प्रजातान्त्रिक राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी प्यूठानको अध्यक्षको साथै युवा संघ नेपालको केन्द्रीय सदस्य समेतरही काम गरेका थिए ।
चार पटकसम्म पार्टीको जिल्ला कमिटी सदस्य रहेका गिरीले पार्टीभित्र व्यक्तिपुजनको प्रवृत्ति, पार्टीका नेताको जिबनशैलीमा विलासितापन र आम जनता एवंम नयाँ पुस्ताका युवाहरूको भावना विपरित सामन्तवादी प्रवृति हाबी भएको बताएका छन् ।
उनले व्यक्तिगत रुपमा देश र जनताको न्योचित आवाज उठाउदै जनसेवामा समर्पीत रहने भाबनाका साथ नेकपा एमाले पार्टीको साधारण सदस्य समेत नरहने गरी यो राजीनामा दिएको घोषणा गरेका छन् ।