काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक राख्ने ठाउँको खोजीमा रहेको समाचार छ । सो पार्टीको केन्द्रीय समितिको बैठक असोज २७ देखि २९ गतेसम्म बस्नेगरी बोलाइएको छ ।
तीन दिन बस्नेगरी बोलाइएको केन्द्रीय कमिटी बैठक बस्ने स्थानको भने टुंगो नलागेको सो पार्टीले जनाएको छ ।
एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले भइरहेको च्यासलको भवन आगलागीबाट क्षतविक्षत भएकाले बैठक बस्ने स्थान अभाव भएको जानकारी बताए । उनका अनुसार दसैँ बिदा सकिएलगत्तै बैठक बस्ने स्थानको खोजी गरिने छ । ॅबैठक बस्ने स्थानको टुंगो लागिसकेको छैन’, अधिकारीले भने– (दसैँ सकिएपछि कुनै पार्टी प्यालेस खोज्नुपर्ला भन्ने छ ।’
नेकपा एमालेमा झन्डै ३ सय ५५ जना केन्द्रीय सदस्य रहेका छन् । जेनजी आन्दोलनपछि अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्व छाड्न दबाब बढेपनि उनी सहजै नेतृत्व छाड्ने पक्षमा देखिएका छैनन् ।