काठमाडौँ । आगामी मङ्सिर १०–१४ काठमाडौँमा हुने भनिएको अन्तर्राष्ट्रिय महिला विचारगोष्ठी जर्मनीमा हुने भएको छ ।
अन्तर्राष्ट्रिय महिला सङ्घकी एसिया कोअर्डिनेटर दुर्गा पौडेलले सो जानकारी दिनुभएको हो ।
२०८२ असोज १८ गते शनिबार प्रेसविज्ञप्ति जारी गर्दै उहाँले जर्मनी, नेदरल्यान्ड र नेपालका महिला सङ्गठनको हिजो असोज १७ गते बसेको बैठकले सो निर्णय गरेको जानकारी दिनुभयो ।
कार्यक्रम सोही मितिमा जर्मनीमा हुने पनि उहाँले बताउनुभयो ।
विज्ञप्तिमा पौडेलले भन्नुभएको छ : “आगामी मङ्सिर १० देखि १४ गतेसम्म नेपालमा हुने भनिएको अन्तर्राष्ट्रिय महिला विचारगोष्ठीको तयारी बैठक हिजो २०८२ असोज १७ गते काठमाडौँमा बस्यो । बैठकमा जर्मनी, नेदरल्यान्ड र नेपालका महिला सङ्गठनका प्रतिनिधिको उपस्थिति थियो । बैठकले नेपालको वर्तमान विशिष्ट परिस्थितिको मूल्याङ्कन गरेर सो विचारगोष्ठी जर्मनीमा सोही मितिमा गर्ने निर्णय गरेको छ ।”