• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, असोज ०८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

किन झुल्केनन् फेरि घामका किरणहरू?

युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

युगदर्शनलाई आठौँ वर्षको शुभकामना

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ७. हार्दिक शुभकामना

  • ८. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ९. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • १०. आदर्शको पहाड

संविधान खारेज गरी अन्तरिम संविधान बनाउने विचार गलत : मसाल


  •   शुक्रबार, असोज १७, २०८२ मा प्रकाशित
  • काठमाडौँ । नेकपा (मसाल) ले संविधान खारेज गरी अन्तरिम संविधान बनाउने विचारलाई गलत बताएको छ ।

    Advertisement

    महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८२ असोज १७ गते शुक्रबार प्रेसवक्तव्य जारी गर्दै मसालले सो विचार व्यक्त गरेको हो ।

    वक्तव्यमा अहिलेको संविधानमा लिपिबद्ध गरिएको सङ्घीयताप्रति मसालको विरोध रहेको स्पष्ट पार्दै तर त्यो कारणले संविधान खारेज गर्ने विचारलाई गलत बताएको छ ।

    राजाले संविधानसभाको निर्वाचनमार्फत् संविधान बनाउने प्रस्तावलाई बारम्बार खारेज गर्दै आएकोमा २०६२–६३ सालको जनआन्दोलनपछि मात्रै यस खालको संविधान बनेको मसालले स्मरण गराएको छ ।

    गणतन्त्र, धर्मनिरपेक्षता र मौलिक अधिकार यो संविधानका मुख्य विशेषता भएको बताउँदै मसालले संविधानलाई आवश्यकताअनुसार संशोधन गर्न सकिने स्पष्ट पारेको छ ।

    जेनजी आन्दोलनको नाममा ध्वंसात्मक गतिविधि गर्ने विरुद्ध कारबाही अगाडि बढाउनुपर्नेमा गृहमन्त्रीको यस्तो कारबाही तत्काल रोक्ने आदेश गलत भएको मसालको धारणा छ । यस विषयमा स्वयम् जेनजीको ध्यान आकर्षित हुनुपर्ने वक्तव्यमा उल्लेख छ ।

    अहिले देश संविधारक्षाको गम्भीर अवस्थाबाट गुज्र्रिरहेको बताउँदै वक्तव्यमा यसको पक्षमा उभिने राजनीतिक पार्टीमाझ सहकार्य अहिले पनि आवश्यक रहेको बताइएको छ ।

    गाजापट्टीमा शान्तिस्थापनाको नाममा अमेरिकाले अगाडि सारेको प्रस्ताले त्यहाँ अमेरिकी प्र्रभुत्वलाई कायम गराउने बताइएको सो वक्तव्यको पूर्ण पाठ यस्तो छ :

    १. गाजापट्टीमा शान्तिस्थापना गर्न गरिएका प्रस्तावबाट अमेरिकाको साम्राज्यवादी स्वरूप नाङ्गो प्रकारले प्रकट भएको छ । त्यसले गाजामा हमासलाई पूरै नि:शस्त्र हुनुपर्ने कुरामा जोड दिएको छ । त्यस प्रकारको प्रस्तावका पछाडि प्यालेस्टाइनको मुक्ति आन्दोलनलाई पूरै समाप्त गर्ने र गाजापट्टीमा अमेरिकाको प्रभुत्व कायम गर्ने उद्देश्यले काम गरेको कुरा प्रष्ट छ । प्यालेस्टाइनलाई त्यहाँबाट हटाउनका लागि त्यसले योजनाबद्ध प्रकारले काम गरिरहेको छ । अमेरिकाको त्यस प्रकारको साम्राज्यवादी नीतिको रणनीतिको नेकपा (मसाल) ले कडा शब्दमा भत्र्सना गर्दछ र त्यसका विरुद्ध व्यापक समर्थन प्रकट गर्न सम्पूर्ण देशभक्त र न्यायपूर्ण नेपाली जनतासित अपिल गर्दछ ।

    २. जेनजीको प्रतिनिधिमण्डलले राष्ट्रपतिलाई भेटेर वर्तमान संविधानलाई खारेज गर्न र अन्तरिम संविधान बनाउनका लागि माग गरेको समाचारप्रति हाम्रो गम्भीर ध्यान आकर्षित भएको छ । वर्तमान संविधानका सङ्घीयता वा त्यसअन्तर्गतको प्रादेशिक संरचनाप्रति हाम्रो पार्टीको सुरुदेखि नै विरोध रहेको छ र हामीले तिनीहरूलाई खारेज गरेर प्रजातान्त्रिक विकेन्द्रीयता र स्थानीय स्वायत्त शासनमाथि आधारित एकात्मक प्रणालीको स्थापनामा जोड दिँदै आएका छौँ । त्यो र त्यही प्रकारका अन्य कतिपय विषयमा हाम्रो मतभेद भए पनि मूल रूपमा हामीले वर्तमान संविधानलाई रक्षा गर्नुपर्ने आवश्यकतामा जोड दिन्छौँ । नेपालका राजाले संविधानसभाको चुनाव हुन नदिन दशकौँदेखि प्रयत्न गर्दै आएका थिए । नेपाली जनताले दशकौँसम्म राजाको त्यस प्रकारको प्रतिक्रियावादी नीतिको विरुद्ध सङ्घर्ष गरेर नै संविधानसभाको चुनाव भएर वर्तमान संविधानसभा निर्माण भएको थियो । गणतन्त्र, धर्मनिरपेक्षता, मौलिक अधिकार त्यसका मुख्य विशेषता हुन् । एकातिर, राजावादी र अर्कातिर भारतपरस्त तत्त्वले लगातार वर्तमान संविधानलाई खारेज गर्नुपर्ने कुरामा जोड दिँदै आएका छन् । यो कुरा दिनको उज्यालो जत्तिकै स्पष्ट छ, त्यसरी उनीहरूले एकातिर, गणतन्त्र, धर्मनिरपेक्षता तथा अर्कातिर देशको राष्ट्रियता र अखण्डतामा आँच पुर्‍याउने कोसिस गरिरहेका छन् । अहिले संविधानलाई खारेज गर्ने, पुनर्लेखन गर्ने वा अन्तरिम संविधान बनाउने जस्ता प्रयत्नबाट प्रतिगामी वा राष्ट्रघाती तत्त्वलाई नै मदत पुग्नेछ । हाम्रो पार्टीले संवैधानिक प्रक्रियाबाट आवश्यकताअनुसार संविधानमा संशोधन गर्ने कार्यलाई गलत मान्दैन तर वर्तमान संविधानलाई खारेज गर्ने, पुनर्लेखन गर्ने वा अन्तरिम संविधान बनाउनेजस्ता कुनै पनि कार्यलाई गलत मान्दछ र विरोध गर्दछ ।

    ३. संविधान निर्माणको बेलादेखि नै प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा प्रधानमन्त्रीको कुरा उठ्दै आएको छ तर सुरुदेखि नै हाम्रो के मत रहेको छ भने नेपालजस्तो प्रजातान्त्रिक अभ्यास कम भएको देशमा प्र्रत्यक्ष रूपले निर्वाचित प्रधानमन्त्री वा राष्ट्रपतिको प्रणालीबाट देश अधिनायकवादी दिशामा जाने नै बढी सम्भावना रहनेछ । अमेरिकाजस्तो लामो प्रजातान्त्रिक अभ्यासको इतिहास भएको देशमा पनि ट्रम्पजस्तो राष्ट्रपतिका कारणले अहिले त्यहाँ कति धेरै अधिनायकवादी वा फासिस्ट शासन प्रणाली अगाडि आएको छ र त्यसको प्रत्यक्ष अनुभव हाम्राअगाडि छ । त्यस प्रकारको पृष्ठभूमिमा नेपालमा प्र्रत्यक्ष निर्वाचित प्रधानमन्त्री वा राष्ट्रपतिको चुनाव प्रणाली नेपालका लागि गम्भीर प्रकारले अवाञ्छित हुने कुरा प्रष्ट छ । त्यसकारण त्यस प्रकारको चुनाव प्रणालीको पार्टीले कडा शब्दमा विरोध गर्दछ र त्यसतर्फ जनताको गम्भीर ध्यान आकर्षित गर्र्न चाहन्छ ।

    ४. अन्तरिम सरकारका प्रधानमन्त्रीले सत्तामा आएदेखि जेनजी आन्दोलनको दौरानमा भएका सबै तोडफोड, आगजनी वा ध्वंसात्मक कार्यका लागि जिम्मेवार व्यक्तिमाथि निस्पक्ष छानबिन गरेर कडा कारबाही गर्ने कुरामा जोड दिँदै आएका थिए तर अब नयाँ गृहमन्त्रीले त्यस प्रकारको कारबाहीलाई शिथिल पार्ने प्रकारको निर्देशन दिन थालेका छन् । त्यस प्रकारका निर्देशन अन्तरिम सरकारको घोषित नीतिका विरुद्ध छन् र जेनजी आन्दोलनको दौरानमा विभिन्न प्रकारका तोडफोड आगलागी वा ध्वंसात्मक कार्यका लागि दोषी व्यक्ति विरुद्धको कारबाहीलाई शिथिल पार्ने प्रकारको कुनै पनि नीतिको हामीले कडा शब्दमा विरोध गर्दछौँ ।

    ५. जेनजी आन्दोलनसित सम्बन्धित कतिपय प्रवक्ताले उनीहरूको आन्दोलन पूरै शान्तिपूर्ण भएको र कुनै पनि प्रकारको हिंसात्मक कार्य गर्ने उनीहरूको नीति नरहेको कुरा बताएका छन् । उनीहरूले सरकारका गलत नीति वा त्यो आन्दोलन घुसपैठ गरेका व्यक्तिका कारणले नै त्यस प्रकारको ध्वंसात्मक कार्यका भएको बताएका छन् । उनीहरूको त्यो भनाइसित हाम्रो पनि सहमति छ । भदौ २३ गते प्रदर्शनकारीमाथि जुन निर्मम प्रकारको दमन गरियो, छाती र टाउकोमा समेत गोली हान्ने काम गरियो, त्यो कारणले पनि भदौ २४ गतेको आन्दोलन बढी उग्र बन्न गएको थियो भन्ने हाम्रो पनि मत छ । पूर्व प्रधाननमन्त्री ओलीले भदौ २३ गते प्रदर्शनकारीमाथि गरिएको त्यस प्रकारको कारबाहीमा प्रहरीको हात नभएको र कुनै बाह्य घुसपैठियाले नै त्यस प्रकारका कारबाही गरेको बताएका छन् । उनको त्यस प्रकारको दाबीबारे पनि गम्भीरतापूर्वक छानबिन गरिनुपर्दछ भन्ने हाम्रो मत रहेको छ तर त्यो कुरा जे भए पनि स्वयम् जेनजीका प्रवक्ताले पनि भदौ २४ गतेको तोडफोड वा ध्वंसात्मक कार्य उनीहरूले नगरेको र घुसपैठियाबाट नै त्यस प्रकारको कारबाही भएको स्वीकार गरेका छन् । त्यो अवस्थामा उनीहरूले त्यस प्रकारका कारबाहीको कडा शब्दमा निन्दा गर्नुपर्दछ र त्यस प्रकारको कारबाहीका लागि जिम्मेवार व्यक्तिमाथि कडा कारबाहीको माग गर्नुपर्दछ तर त्यस सन्दर्भमा स्वयम् उनीहरूको तर्फबाट मनोनित भएका गृहमन्त्रीका तर्फबाट त्यस प्रकारको कारबाहीलाई शिथिल पार्ने वा रोक्ने प्रकारको जुन निर्देशन आएको छ, त्यो अत्यन्त रहस्यमय र शङ्काको विषय बन्न जान्छ । त्यसप्रति स्वयम् जेनजी युवाको पनि ध्यान जानुपर्ने आवश्यकता छ ।

    ६. भदौ २४ गते भएको व्यापक तोडफोड वा ध्वंसात्मक कार्यका लागि जेनजी युवा जिम्मेवार नभए पनि ती सबै कार्य उनीहरूको आन्दोलनको नाममा नै भएको कुरा सत्य हो । त्यसले के बताउँछ भने उनीहरू भ्रष्टाचार वा सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धजस्ता सही विषयलाई लिएर आन्दोलनमा उत्रिएको भए पनि त्यो आन्दोलनको सिलसिलामा भएका सबै अवाञ्छित कार्यक्रमलाई रोक्न उनीहरू सफल भएनन् । त्यसको कारण के थियो भने उनीहरूको आन्दोलन सही सिद्धान्त, नीति, कार्यक्रम वा नेतृत्वको आधारमा चलेको थिएन र त्यो एक प्रकारको स्वत:स्फूर्त प्रकारको आन्दोलन थियो । त्यसरी कैयौँ गलत तत्त्व त्यसमा घुसपैठ गर्ने वा आफ्ना निहित स्वार्थको पक्षमा उपयोग गर्न सफल भए । त्यसबाट आवश्यक सैद्धान्तिक स्पष्टता, राजनीतिक परिपक्वता, पर्याप्त अनुभव र एउटा परिपक्व नेतृत्वविना चल्ने कुनै आन्दोलनले अराजकतावादी रूप लिने नै बढी सम्भावना हुन्छ भन्ने कुरा नेपालको जेनजी आन्दोलनको अनुभवबाट पनि प्रष्ट भएको छ । त्यसबाट सम्पूर्ण नेपाली जनताले शिक्षा लिनुपर्ने आवश्यकता छ । त्यस प्रकारको जेनजी आन्दोलनको बलमा बनेको वा उनीहरूको निर्देशनमा चल्ने अन्तरिम सरकारले पनि कहाँसम्म देशको हितमा काम गर्न सक्नेछ ? त्यो कुरा क्रमश: व्यवहारबाट प्रष्ट हुँदै जानेछ ।

    ७. जुन प्रकारको अवस्थामा जेनजी आन्दोलन भयो र त्यस दौरानमा देशव्यापी रूपमा ध्वंसात्मक कार्य भए, त्यसका लागि ओली सरकारका गलत नीति र क्रियाकलाप पनि जिम्मेवार छन् तर त्यसका लागि ओली सरकारलाई मात्र जिम्मेवार ठहर्‍याउनु अवस्तुवादी कुरा हुनेछ । नेपालमा २०४६ सालपछि आएका विभिन्न सरकारका भ्रष्ट वा गलत नीति वा कार्यक्रमका कारणल नै जनतामा बहुदलीय व्यवस्था र गणतन्त्रप्रति पनि गम्भीर प्रकारको असन्तोष र एक प्रकारको निराशाको वातावरण तयार भएको थियो । त्यसले नै भदौ २३ र २४ गतेको आन्दोलनका लागि पृष्ठभूमि तयार पार्‍यो र त्यसलाई विभिन्न प्रतिगामी, साम्राज्यवादी वा असामाजिक तत्त्वले पनि बहुदलीय व्यवस्था, गणतन्त्र वा संविधानका विरुद्ध उपयोग गर्ने अवसर पाए । हामीले सुरुदेखि नै विभिन्न सत्तारूढ राजनीतिक पार्टीका त्यस प्रकारका गलत नीति र क्रियाकलापका विरुद्ध आवाज उठाउँदै र तिनीहरूका कारणले देश प्रतिगमनतिर जाने सम्भावनाबारे उच्च प्रकारको सतर्कता अपनाउनुपर्ने कुरामा जोड दिँदै आएका थियौँ तर त्यसप्रति पर्याप्त ध्यान जान नसकेकाले कैयौँ प्रकारका अवाञ्छित गतिविधि हुन गएका थिए ।

    ८. हाम्रो यो कुराप्रति पनि गम्भीर ध्यान गएको छ कि आज देशमा एकातिर, जनताको लामो आन्दोलन तथा त्याग र बलिदानद्वारा प्राप्त उपलब्धि र अर्कातिर, देशको राष्ट्रियता र अखण्डतामािथ पनि गम्भीर खतरा उत्पन्न भएको छ । हामीले प्रतिगमनका विरुद्ध भएका सबै राजनीतिक शक्तिका बिचमा कार्यगत एकता वा गठबन्धनका लागि बारम्बार जोड दिँदै आएका थियौँ र कैयौँ पल्ट त्यो दिशामा सही कदम पनि उठाइएका थिए तर विभिन्न राजनीतिक पार्टीको नेतृत्व त्यस प्रकारको कार्यगत एकता वा गठबन्धनप्रति इमानदार रहन सकेन र उनीहरूको जोड देशमा राष्ट्रिय समस्याप्रति भन्दा सत्ताको लुछाचुँडीतिर नै बढी केन्द्रित हुन गयो । त्यसैले त्यस प्रकारका कार्यगत एकता वा गठबन्धनना कार्य सफलतापूर्वक अगाडि बढ्न सकेनन् र त्यसका कैयौँ गलत दुष्परिणाम अगाडि आए । हामीले आउने दिनमा सही राजनीतिक समझदारीको आधारमा त्यस प्रकारको कार्यगत एकता वा गठबन्धनलाई सुदृढ पार्नुपर्ने आवश्यकतामा पुन: जोड दिन्छौँ ।

    ९. नेपाल अहिले वास्तवमा गम्भीर सङ्कटको मुखमा उभिएको छ । देशमा देखा परेको यस प्रकारको स्थितिका लागि नेपालभित्र मात्र होइन, विदेशी साम्राज्यवादी शक्तिको पनि गम्भीर र खतरनाक प्रकारको भूमिका हुन सक्ने सम्भावनातिर पनि हाम्रो ध्यान जानुपर्ने आवश्यकता छ । कुनै पनि देशमा अमेरिकी साम्राज्यवाद कुन हदसम्म जान सक्दछ ? त्यो कुरा अहिले त्यसले गाजामा अपनाएको नीतिबाट पनि प्रष्ट हुन्छ । त्यसले आफ्नो इन्डोप्यासिफिक रणनीतिअन्तर्गत नेपाललाई आफ्नो रणनीतिक अखडा बनाउने योजनाअन्तर्गत काम गरिरहेको छ र त्यसका कैयौँ एजेन्सीले नेपालमा काम गरिरहेका छन् । भारतीय साम्र्राज्यवादले पनि नेपाललाई भारतीय सङ्घमा सामेल गर्ने सरदार पटेलको राजनीतिलाई कार्यान्वयन गर्ने दिशामा काम गरिरहेको कुरा आम रूपमा थाहा भएको कुरा हो । उनीहरूले नेपालमा कैयौँ प्रतिगामी वा राष्ट्रघाती शक्तिलाई उपयोग गरेर पनि आफ्ना ती उद्देश्य पूरा गर्न प्रयत्न गर्न सक्दछन् । अहिले नेपालमा चलिरहेको जेनजी आन्दोलन वा अन्तरिम सरकारलाई पनि उनीहरूले आफ्ना निहित स्वार्थ पूरा गर्न घुसपैठ गर्ने वा उपयोग गर्ने सम्भावनातिर पनि गम्भीर ध्यान दिनुपर्ने आवश्यकताप्रति नेकपा (मसाल) ले सम्पूर्ण नेपाली जनता वा राजनीतिक शक्तिको ध्यान आकर्षित गर्न चाहन्छ ।”

    शुक्रबार, असोज १७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित
    ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख
    अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच
    मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक
    सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी
    प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    भर्खरै

    • १.
      एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

    • २.
      ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

    • ३.
      अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

    • ४.
      मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

    • ५.
      सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

    • ६.
      प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    • ७.
      किन झुल्केनन् फेरि घामका किरणहरू?

    • ८.
      युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.