काठमाडौँ । नेकपा एमाले निकट पत्रकार संगठन प्रेस चौतारी नेपालले भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनको घटनाका विषयमा छानबिन गर्न बनेको जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीको राजीनामा मागेको छ।
Advertisement
बुधबार चौतारीका अध्यक्ष गणेश पाण्डेले विज्ञप्तिमार्फत कार्कीको राजीनामा माग गरेका हुन्। चौतारीले कार्कीको निष्पक्षतामाथि प्रश्न उठाएको छ।
अध्यक्ष बन्नुअघि जेन-जी आन्दोलनसँग सम्बन्धित फेसबुक स्टाटसलाई लिएर चौतारीले उनको निष्पक्षतामाथि प्रश्न उठाएको हो। फेसबुक स्टाटसबाटै उनको पक्षधरता देखिएको र आयोगकी निष्पक्षतामाथि प्रश्न उठेको अध्यक्ष पाण्डेले विज्ञप्तिमा जनाएका छन्।
